logo

मेलम्चीमा सङ्गीत महोत्सव सम्पन्न

सिन्धुपाल्चोक, फागुन २७
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा सिन्धुपाल्चोकको मेलम्चीमा आयोजना गरिएको सांस्कृतिक बहस र विविध सांस्कृति प्रस्तुतिहरुसहितको सङ्गीत महोत्सव– २०७४ भव्यताका साथ सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको महोत्सवमामा मेलम्ची नगरपालिकाद्वारा सहकार्य गरिएको थियो भने जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक र ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समतिले स्थानीय व्यवस्थापन गरेका थिए ।
महोत्सव पहिलो दिन बुधबार सिन्धुपाल्चोक जिल्लाको सांस्कृतिक अवस्थाका विषयमा स्थानीय संस्कृतिकर्मी डम्बर रसिक भारतीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेले टिप्पणी गरेका थिए । जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका प्रमुखको प्रमुख आतिथ्यता र प्राज्ञ उदय श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सिंगो सिन्धुपाल्चोक क्षेत्रको सांस्कृतिक अवस्थाका बारेमा विचार विमर्श गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्ने क्रममा भारतीले विभिन्न जाति, धर्म र संस्कृतिहरु रहेको सिन्धुपाल्चोक जिल्ला सांस्कृतिक विविधताले भरिएकोले यसको संरक्षण र सम्वद्र्धन गरिनु महत्वपूर्ण रहेको बताए । विचार गोष्ठीमा सिन्धुपाल्चोक जिल्लाको सांस्कृतिक अवस्थाको अध्ययन अनुसन्धान गरी ऐतिहासिक दस्तावेज तयार गरिएमा लोक संस्कृतिको उचित संरक्षण र पहिचान हुनुका साथै भविष्यमा समेत यस क्षेत्रको पहिचानका लागि विशेष भूमिका खेलिने बताएका थिए । मेलम्ची नगरपालिकाको हलमा सम्बन्धित क्षेत्रमा विद्वान्, प्रतिभा, कलाकार बुद्धिजीवी, संस्कृतिकर्मीहरुसँग भएको चार घण्टा लामो बहसमा सिन्धुपाल्चोक क्षेत्रलाई सांस्कृतिक रुपमा समृद्ध बनाई छुट्टै पहिचान गराउने विषयका छलफ भएको थियो । विचार गोष्ठीमा उपस्थित सहभागीहरुले पहिचान र समृद्धिका लागि सांस्कृतिक पहिचान महत्वपूर्ण हुने भएकोले यस प्रकारका बहस, छलफल, अध्ययन अनुसन्धान आवश्यक रहेको बताए ।
महोत्सवको दोस्रो दिन बिहीबार विविध सांस्कृतिक प्रस्तुतिहरुको कार्यक्रम रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, उपकुलपति शम्भुजीत बासकोटा, जिल्ला समन्वय समिति संयोजक कृष्णगोपाल तामाङ, प्रदेशसभा सदस्य माननीय इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिका मेयर डम्बरबहादुर अर्याल, उपमेयर भगवती नेपाल, समाजसेवी धर्मकृष्ण श्रेष्ठ, प्राज्ञ उदय श्रेष्ठ, स्थानीय व्यवस्थापन संयोजक उपेन्द्र तामाङ र उपस्थिति अतिथिहरुले पञ्चेबाजाको धुनमा संयुक्त रुपमा नेपालको राष्ट्रिय भण्डा फहराएर महोत्सवको उद्घाटन गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको सभापतित्व आयोजित कार्यक्रममा स्थानीय तथा राष्टिय कलाकारहरुको बजोड प्रस्तुति रहेको थियो । स्थानीय विभिन्न लोक तथा परम्परागत संस्कृतिहरु, लोक गायनको र राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिले सिंगो मेलम्ची बजारलाई सांगीतिक माहोल बनाएको थियो । सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका स्थानीय लोक तथा परम्परागत गीत सङ्गीतहरुको प्रस्तुतिमा पञ्चेबाजा, नेवारी झाँकी नृत्य, गरुङ संस्कृतिको नृत्य, तामाङ्ग नृत्य, क्षेत्री बाह्मणका लोक संस्कृति खैजडी भजन, झाँक्री नृत्य, बालन भजन, सेर्पा नृत्य र माझि संस्कृतिका गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । महोत्सवमा उपस्थित दर्शकहरुले यस प्रकारका विविध सांस्कृतिक प्रस्तुतिहरु एउटै मञ्चमा प्रदर्शन भएको पाउँदा उत्साहित भएका थिए । पञ्चेबाजाको धुन, खैजडी भजन, झाँक्री नृत्य, तामाङ नृत्य र गुरुङ नृत्यमा दर्शकहरुले अत्यधिक रुचाए । राष्टियस्तरमा ख्याति प्राप्त कलाकारहरुको उपस्थितिले स्थानीय बासीहरुलाई मञ्चसम्म तानेको थियो । कार्यक्रममा मनोहर सुनामले सेक्सोफोनमा विभिन्न धुनहरु सुनाएका थिए भने विश्व नेपाली र निशा देशारले कोटी कोटी बोलको गीत गाएका थिए । प्रस्तुतिकै क्रममा साजन राई, मञ्जु थापा, जितेन्द्रप्रसाद चौधरी, टीका प्रसाई, सञ्जय तुम्रोक, निशा देशार, अमृत खातिले चर्चित आधुनिक गीतहरु प्रस्तुति गरेका थिए । काठमाडौंबाट पाल्नुभएका पाहुना कलाकारहरुको प्रस्तुतिमा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रमको स्वागत मन्तब्य सुप मेलम्चीका अध्यक्ष तथा महोत्सवको स्थानीय व्यवस्थापनका संयोजक उपेन्द्र तामाङले उपस्थित सबैलाई स्वागत गर्दै प्रज्ञा प्रतिष्ठानको मेलम्चीमा उपस्थिति महत्वपूर्ण भएको र यसले मेलम्ची जिल्लाको सांस्कृतिक समृद्धिका लागिसमेत बाटो खोलेको बताए । कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रम संयोेजक प्राज्ञ उदय श्रेष्ठले राजधानीबाट नजिकैको सिन्धुपाल्चोक जिल्ला भौगोलिक दूरी नजिकै भएर पनि हालसम्म कार्यक्रम नगरिएको तथापि सांस्कृतिक रुपमा समृद्ध यस क्षेत्रमा महोत्सवको आयोजनाले नेपाली लोक संस्कृतिको उन्नयनका लागि आयोजना गरिएको बताए । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त स्थानीय कलाकारहरुमा नवराज घोरासैनी, भीमसेन खतिवडा, उमा श्रेष्ठको प्रस्तुति समेत रहेको थियो । स्थानीय कलाकारहरु आफ्नै थलोमा प्रज्ञा प्रतिष्ठानबाट गरिएको कार्यक्रममा भाग लिन पाउँदा हर्षित भएका थिए भने दर्शकहरु प्नि आफ्नै क्षेत्रका कलाकारहरुको गायन प्रस्तुति सुन्न पाउँदा उत्साहित भएका थिए । कार्यक्रमका अवसरमा प्रज्ञा प्रतिष्ठानले स्थानीय कलाकार जगन्नाथ आचार्य र नवराज घोरासैनीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा बोल्दै उपकुलपति शम्भुजीत बासकोटाले लोक संस्कृतिले समृद्ध मेलम्ची क्षेत्रका लोक तथा परम्परागत संस्कृतिको जगेर्ना गर्न, लोक संस्कृतिको हस्तान्तरण, नवप्रतिभाहरुलाई अवसर प्रदान गर्नका साथै सामाजिक एकता र सदभावका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथिले सिन्धुपाल्चोक जिल्लामा प्रज्ञा प्रतिष्ठानले कार्यक्रम आयोजना गरिएको धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले मेलम्चीको संस्कृति संरक्षण महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रमको अन्त्यसम्म दर्शकहरुले साथ दिएका थिए । दर्शकहरुले यस प्रकारका कार्यक्रमहरु आयोजनाले मेलम्ची क्षेत्रको सांस्कृतिक पहिचानका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताएका थिए ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका...

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै