logo

नदीमा मानवीय चाप घटाउन माछापालन

 

रत्ननगर, चितवन, फागुन २५
राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ । ‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो । राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम शुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिए । चितवनको जगतपुरस्थित केरुङग मध्यवर्ती क्षेत्रको दुईवटा ठाउँ तथा नवलपुरको पिठ्यौली र देवचुलीको तीनवटा ठाउँमा माछापोखरी निर्माण गरी स्थानीयवासी विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो । यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम शुरु गरिएको हो ।
चारवर्षे कार्यक्रमअन्तर्गत पहिलोचरणमा पाँच पोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञचालन गरिनेछ । विशेष गरी नदी छेउमा बस्ने स्थानीयवासी माछा मार्न नदीमा जान्छन् । सो क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछासमेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम शुरु भएको हो । चारवर्षे कार्यक्रमअन्तर्गत स्थानीयवासीलाई स्वरोजगार बनाइ नदीमा आश्रय कम गर्नु यसको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताए । पछिल्लो समयमा चितवन र नवलपरासीमा बोटे, माझी र मुसहर समुदायलाई सहभागी गराएर संरक्षण कार्य अघि बढाइएको छ । यहाँ उनीहरुलगायत चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य सम्मिलित ‘घडियाल गार्ड ग्रुम’ गठन गरी संरक्षण अभियान थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए । सो समूहलाई जिपिएस् र क्यामरासमेत दिएर घडियालको नियमित अनुगमनका लागि परिचालन गरिएको छ । पछिल्लो समयमा प्राकृतिक वासस्थामा घडियाल गोही लोप हुँदै गएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चौबीस लाखको कृषि उपकरण वितरण

कञ्चनपुरको बेदकोट नगरपालिकाले आज नगरक्षेत्रका किसानलाई रु २४ लाख बराबरको कृषि उपकरण वितरण गरेको छ । परम्परागत...

कुलो बनेपछि कृषकलाई सहज

दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ...

बास्कुनामा ‘एफएम भिलेज’ अभियान

धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै