logo

गलकोटमा ‘क्यानोनिङ’को सफल परीक्षण

 

बागलुङ, फागुन २५
गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ छाँगारोहणको सफल परीक्षण भएको छ । क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका थिए । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको वाड नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए । उनकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्ने योजनाले सार्थकता पाएको हो । ओझेलमा परेको सहस्रधारा झरना ‘क्यानोनिङ’कै कारण एकाएक चर्चामा आएको छ । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने अध्यक्ष भण्डारीले बताए ।
‘थप पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौं,’ उनले भने– ‘क्यानोनिङ खेलले यसको महत्वलाई उजागर गरेको छ ।’ वडा कार्यालयले चालु आवमा छुट्याएको बजेटबाट ‘क्यानोनिङ’ खेलको सम्भाव्यता अध्ययनको काम भएको हो । ‘क्यानोनिङ’ खेलको दिगो विकासका लागि पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी भएको अध्यक्ष भण्डारीले बताए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले यस क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ’ उनले भने– “यसले पर्यटक भित्र्याउन पक्कै सघाउ पुग्छ ।”
पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो । परीक्षण अभ्यासमा ‘क्यानोनिङ’ गरेका वडा अध्यक्ष भण्डारीले यस खेलबाट आफूले रोमाञ्चक अनुभव बटुलेको बताए । सदरमुकामदेखि ४५ किमिको दुरीमा अवस्थित सहस्रधारा झरना पुग्न हटियादेखि ३० मिनेटको पैदलयात्रा तय गर्नुपर्छ । सन् २००७ बाट नेपालमा शुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...

रिचार्जर एपबाट मोबाइल किन्दा टिभी सित्तैमा अफर एक साता चल्ने

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभी सित्तैमा दिने अफर...

भायनेटको विश्वकप अफर

चार वर्षमा एक पटक आउने विश्वकप फुटबलको अवसर पारेर भायनेट कम्युनिकेसन्सले विश्वकप अफर ल्याएको छ । जसअन्तर्गत...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै