logo

माइक्रो फाइनान्सले महिलालाई मुखिया बनाउँदै छ


कालीकोट, फागुन २४
कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमान्सँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ । श्रीमान्ले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको उनको भनाइ छ । उनले विगत सात वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक पाँच हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गरेको हो । सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमान्सँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आएकी छन् । जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उनलाई भ्याइनभ्याई छ । अहिले समूहका महिला सदस्यको विश्वासबाट तीन लाख रुपैयाँभन्दा बढी कर्जा लिएकी उनले मासिक रुपमा कर्जाको किस्ता तिर्छिन्। यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई अनमिसम्म पढाउन सफल पनि भएकी छन् ।
पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरुलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरु बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् ।
नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउछन् । यस अतिरिक्त उनी तरकारी खेती पनि गर्छिन् । । खुद्रा पसलबाट व्यवसाय शुरु गरेको बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिएकी थिइन् । त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लिले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाइयो । कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गरे । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउछीन् । छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आएकी छन । उनले भनीन्, “माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रुपमा तिर्न सफल भएको छु ।” अहिले माइक्रो फाइनान्स समूहबाट तीन लाख ६० हजार रुपैयाँ कर्जा लिएको उनी बताउछीन् । आफूहरुलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरुले दिनुपरेको बुढाको भनाइ छ ।
रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उनको खुद्रा पसल गर्ने चाहना भएपनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बसीन् । अन्ततः इच्छा मुताबिक उनले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गरीन। गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गरेको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिर्दै गइन् । उनले भनीन्, “आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरुका लागि माइती जस्तै भएको छ ।” स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाएका मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहेका छन् । चार वर्षअघि २३ जना महिलाको अगुवा भएका मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउछन् । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउछिन् । उनका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् ।
बोहराले भनीन्, “समाजमा हेलाँको दृष्टिले हेरिने एकल महिला पनि समूहमा आबद्ध भई व्यवसायी बन्न सफल भएका छन् । उनीहरुको व्यवसाय समाजका लागि उदाहरणीय बनेका छन् ।” कुमालगाउँ निवासी रत्ना भण्डारा एकल महिला हुन् । उनले गाउँमा कुखुरापालन गरेर राम्रो कमाइ गरिरहेकी छीन् । पहिले पहिले गाउँमा खुद्रा पसल शुरु गर्दा अर्कै नजरले हेर्नेहरु आफूले शुरु गरेको कुखुरापालन व्यवसाय र खुद्रा व्यापार देखेर छक्क पर्ने गरेको उनी बताउछिन् । श्रीमान् हुने महिलाका लागि आफू उदाहरण बनेको र घर खर्चका लागि कुनै कठिनाइ नभएको उनको भनाइ छ । जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताएका छन् । उनले भने, “पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यावसायिक दक्षता बढ्न थालेको छ ।” सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ । महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरुलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताए । उनले भने, “महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ ।
कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ । कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आएका दीपक विष्ट बताउछन् । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरुलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताउछन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै