logo

उपत्यकाब्यापी भलिबल प्रतियोगिताको तयारी पूरा

भक्तपुर, फागुन २४
फागुन २४ देखि २७ गतेसम्म हुने चौथो आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । भलिबल खेलका राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति स्कूलले गर्न लागेको विद्यालयस्तरीय एजे कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको विद्यालयले जनाएको छ ।
सरकारले भलिबललाई राष्ट्रिय खेल बनाइसकेको अवस्थामा खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गर्न लागेको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा छात्र र छात्रा विद्यार्थीबीच छुट्टै स्पर्धा हुनेछ । ‘विं.सं. २०७१ सालदेखि प्रतियोगिता गर्दै आएका छौं, यसले विद्यालयलाई मात्र नभएर विद्यार्थीलाई पनि फाइदा पुगिरहेको छ, विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट टाढा राख्न र पढाइप्रति लगाव बढाउन खेलकुद सहायकसिद्ध भएकोले खेलअन्तर्गत भलिबल प्रतियोगतालाई निरन्तरता दिइरहेका हौं ।’ पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले भने । सम्मेलनमा विद्यालयका ईसिए इन्चार्ज एवं प्रतियोगिता संयोजक रामकुमार रानाले विद्यालयस्तरीय उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका गरी ११ विद्यालयको सहभागिता रहेको जानकारी दिए । एजे स्पाट्र्स क्लबको विशेष सहयोग रहेको सो प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ७ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलमा छात्रतर्फ ९९ जना र छात्रातर्फ ६६ गरी कूल १६५ खेलाडीहरु रहेका छन् ।
प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाउनेछ ।
नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृतसमेत गरिने छ ।
पत्रकार सम्मेलनमा भलिबल खेलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले भलिबलको उत्थानको लागि गर्न लागिएको प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...

रिचार्जर एपबाट मोबाइल किन्दा टिभी सित्तैमा अफर एक साता चल्ने

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभी सित्तैमा दिने अफर...

भायनेटको विश्वकप अफर

चार वर्षमा एक पटक आउने विश्वकप फुटबलको अवसर पारेर भायनेट कम्युनिकेसन्सले विश्वकप अफर ल्याएको छ । जसअन्तर्गत...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै