logo

प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना


पोखरा, फागुन २३
खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस प्रदेशभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको वक्ताहरूले बताएका छन् । पूर्वाधार विकास गरी यस प्रदेशलाई खेल पर्यटनको विशिष्ट स्थलका रुपमा विकास गर्नुपर्ने सहभागिले सुझाव दिएका छन् । कार्यक्रममा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले यस क्षेत्रको खेल विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने निर्णय गरिएको बताए ।
पूर्वाधार विकासका माध्यमबाट अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता यही प्रदेशमा सञ्चालन गरिनु आवश्यक भएकोमा जोड दिँदै उनले भने, “पूर्वाधार विकासका दृष्टिले हामी धेरै पछि परेका छौँं, आवश्यक पूर्वाधारको विकास गर्दै अघि बढ्नु अपरिहार्य छ ।” प्रदेशमा खेलकुदको विकासका लागि नीतिगत समस्या भए त्यसको समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै उनले त्यसका लागि स्पष्ट मार्गचित्रसहित आउन सम्बद्ध क्षेत्र र निकायलाई आग्रह गरे । कार्यक्रममा ‘खेल पर्यटन र सम्भावनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले प्रदेश नं ४ खेल पर्यटनको सम्भावनायुक्त स्थल भएको बताउँदै यसको विकासका लागि प्रदेश सरकारको सक्रियता जरुरी भएको बताए । पूर्वाधार विकास गर्ने विषय सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रदेश नं ४ मा खेलकुदको अवस्था र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल खेलकूद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले काठमाडौँंबाट नजिक विमानस्थल, होटल र यहाँको पर्यटकीयस्थल रहेकाले खेलकूदसँग सम्बन्धित एवं अन्य व्यक्तिलाई आकर्षित गर्ने स्थलका रुपमा प्रदेश नं ४ रहेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दृढ इच्छाशक्तिका साथ लाग्ने हो भने प्रदेश नं ४ लाई खेलकुद पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने बताउँदै यसका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने धारणा राखे । खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले प्रदेश नं ४ मा खेल पर्यटनको सम्भावनाको पहिचान र त्यसको उजागरमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । अन्तक्र्रियामा उठेका विषयले यस क्षेत्रको विकासका लागि मार्ग निर्देश गर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी, इन्द्रधारा विष्ट र मोहन रेग्मी, नेपाल खेलकूद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज आचार्य, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिक, पर्यटन व्यवयायी गणेशबहादुर भट्टराई, सञ्जयकान्त सिग्देललगायतले खेल पर्यटनका लागि प्रदेश नं ४ सम्भावनायुक्त ठाउँ भएर पनि पूर्वाधार विकासका दृष्टिले पछि परेको धारणा राखेका थिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस...

इपिएल–चितवनको पहिलो जित

चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट...

मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौँ चरणसम्म लिगमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै