logo
565 x 90 pixel-01.png

एसएबी सांस्कृतिक दिवस सम्पन्न

काठमाडौं, फागुुन २०
सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक दिवसको आयोजना गरेको छ ।
चर्चित अभिनेत्री केकी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित नेपाली लोकगीत गायन तथा नृत्य प्रतियोगितामा कार्यक्रम निर्देशक पे्रम वली, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यार्थीहरु, अतिथिहरु तथा अभिभावक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तथा सूर्योदय एजुकेसन फाउण्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले नेपालीहरु संस्कृतिमा निकै धनी रहेको र यसको संरक्षण नगरे विदेशी संस्कृतिले प्रश्रय पाई आफ्नो मौलिक संस्कृति लोप हुने सम्भावनातर्फ युवापुस्तालाई सजग तथा सतर्क पार्न एसएबी सांस्कृतिक दिवसको स्थापना गरिएको विचार व्यक्त गरे ।
सो अवसरमा स्वागतमन्तव्य दिँदै विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भोजबहादुर शाहले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले भरिएको हुँदा एसएबी पब्लिक स्कूलले सदैव राष्ट्रियतालाई प्राथमिकता दिने भएकोले नेपाली संस्कृतिलाई जीवन्त राख्न यस्तो कार्यक्रम गर्नुपरेको विचार व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि अभिनेत्री केकी अधिकारीले विद्यार्थीहरुले संसारमा देश र राष्ट्रको पहिचान भनेको नै आफनो कला र संस्कृति भएकोले पढाइको साथसाथै सांस्कृतिक जगेर्ना गर्नेतर्फ युवापुस्तालाई लाग्नुपर्नेमा जोड दिए ।
सो प्रतियोगितामा लोकगीत गायनतर्फ स्वरुप सिग्देल प्रथम, द्वितीय तिलास्मी थपलिया तथा उषा भूषालले तृतीय स्थान तथा सम्झना भट्टराई र मन्जुश्री नेपालीले सान्त्वना भएका थिए भने खुल्ला नृत्य प्रतियोगितातर्फ गृश्मा हुमागाईं, प्रसिद्धि पराजुली र चर्चित थामा क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान तथा अनुष्का भट्टराई र उषा भुषालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।
विभिन्न जातजाति र भाषाभाषीहरुको मैत्रीपूर्ण सद्भाव र समन्वयबाट नेपालीहरुको शिर उच्च रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु विभिन्न खाले जातीय पोशाकमा सजिएका देखिन्थे । कार्यक्रममा बोल्दै संगीतकार डेनी निरौला र कुन्ती सिमालीले संस्कृति बिर्सिँदै गएको वर्तमान अवस्थामा लोकगीत गायन तथा नृत्य प्रतियोगिता गराएकोमा एसएबी पब्लिक स्कूललाई धन्यवाद ज्ञापन गरे ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै