logo

सामसुङ एस ९ का विशेषताहरु

एजेन्सी
बार्सिलोना, फागुन १७
दक्षिण कोरिया स्मार्टफोन निर्माता सामसुङले आफ्नो नयाँ उत्पादन एस९ र एस९ प्लस सार्वजनिक गरेको छ । गत सोमबार स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेसमा कम्पनीले आफ्नो महत्वपूर्ण स्मार्टफोन सार्वजनिक गरेको हो । यी दुवै स्मार्टफोन प्रयोगको लागि निकै महत्वपूर्ण रहेको बताइएको छ ।
व्यापारिक हिसाबमा निकै आशा गरिएका स्मार्टफोनहरुमा एप्पलको आईफोन एक्समा समेत नभएका फिचरहरु रहेको पाइएको छ । उक्त फिचरहरुकै कारण कम्पनीले एप्पलका पछिल्ला बिल्कुलै नयाँ आईफोन ८, आईफोन ८प्लस र आईफोन एक्ससँग प्रतिस्पर्धा गर्नकै लागि सामसुङ तत्पर रहेको देखिएको छ ।
क्यामेरामा बढी ध्यान दिइएको स्मार्टफोनहरुमा ड्युल अपर्चर क्यामराको फिचर दिइएको छ । यसमा सेन्सर लाइटिङ अवस्थाको हिसाबले क्यामराको अपर्चरलाई एफ÷१.५ देखि एफ÷२.४ सम्म सिफ्ट गरिदिन्छ । यो फिचर आईफोन एक्स र अन्य ब्राण्डेड स्मार्टफोनमा छैन । त्यसका साथै विश्व मोबाइल सम्मेलनका क्रममा कम्पनीले बताएअनुसार ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसमा एप्पलको आईफोन एक्सजस्तै ३डी एनिमोजी दिइएको छ । यसमा कम्पनीले आईफोन एक्सभन्दा धेरै एनिमोजीको अप्सन मिल्ने गरी बनाइएको छ । ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसमा प्रयोगकर्ता आफैँले इमोजी क्रिएट गर्न सक्नेछन् ।
योपटक कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोनमा स्टोरियो स्पिकर्स दिएको छ । दुवै स्मार्टफोन आईफोन एक्सभन्दा फरक किसिमले दुवै तर्फ स्टोरियो स्पिकर्स दिइएको छ । एप्पलले आफ्नो फ्ल्यागशिप स्मार्टफोनमा हेडफोन ज्याक दिएको थिएन तर सामसुङले भने आफ्नो हेडफोन ज्याक दिएको छ । अहिले पनि प्रयोगकर्ताहरु ३.५ एमएमको हेडफोन ज्याक प्रयोग गर्छन् । यो आईफोन एक्स र गुगलको पिक्सेल डिभाइसमा मिल्दैन ।
एप्पलले पहिलोपटक आईफोन एक्स, आईफोन ८ र आईफोन ८प्लस मा वायरलेस चार्जिंगको फिचर प्रस्तुत गरेको थियो । सामसुङले आफ्नो स्मार्टफोनमा यो फिचर दुई वर्षअघि नै दिएको थियो । अहिले सामसुङले ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसको वायरलेस चार्जिंग पहिले देखि नै ५० प्रतिशत छिटो रहेको दाबी गरेको छ । अहिले नयाँ स्मार्टफोनमा फेस अनलकको फिचर दिन थालिएको छ तर धेरैले यसलाई सुरक्षित मान्दैनन् । एप्पलको आईफोन एक्समा केवल फेस अनलकको फिचर दिइएको छ, पिंmगरप्रिन्ट सेन्सर छैन तर ग्यालेक्सी एस९ का प्रयोगकर्ताले भने फेस अनलक सेन्सरका साथै पुरानो फिंगरप्रिन्ट सेन्सर पनि दिएको छ । यो सेन्सरलाई स्मार्टफोनमा पछाडिपट्टि क्यामराभन्दा तल दिइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...

एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी

फेसबुक कम्पनीको सेयर बजारमा व्यापक गिरावट आएको छ । सोमबारको बजारमा कम्पनीको सेयर बजारमा ३७ अर्ब अमेरिकी...

गुगल र एप्पलविरुद्ध कानुनी कारबाही गर्ने फ्रान्सको तयारी

फ्रान्सले गुगल र एप्पल कम्पनीको विरुद्धमा व्यावसायिक दुरुपयोगको आरोपमा मुद्दा लगाउने भएको छ । फ्रान्सका...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै