logo
565 x 90 pixel-01.png

वैजनाथ मन्दिरमा ‘रुपाली होली’को रौनक

 

भीमदत्तनगर, फागुन १६
कञ्चनपुरको भीमदत्तनगरस्थित वैजनाथ मन्दिरमा अहिले परम्परागत रुपमा मनाइने ‘रुपाली होली’को रौनक छाएको छ । डडेल्धुराको रुपाल भन्ने ठाउँबाट बसाइँसरी कञ्चनपुरका विभिन्न स्थानमा बसोवास गर्दै आएका रुपाली समुदायका स्थानीयवासीले परम्परागत रुपमा मनाइने होलीलाई रुपाली होली भनिएको छ । यो वर्ष उनीहरुले मन्दिरमा रुपाली होली खेलिरहेका छन् । तत्कालीन डडेल्धुराको रुपाल गाविसमा बसोवास गर्ने स्थानीयवासीलाई यहाँको स्थानीय भाषामा रुपालवासी भनेर चिन्ने गर्दछन् । भीमदत्तनगरलगायत यहाँका विभिन्न बस्तीमा छरिएर रहेका रुपालीबीचको एकता र रंगिन पर्वसीत जोडिएको होली पर्व पुस्तौंदेखिको संस्कृति जगर्नेको माध्यम पनि बनेको रुपाली होली समाज भीमदत्तनगरका अध्यक्ष अर्जुनदेव जोशीले जानकारी दिए । होली समिति नै बनाएर कञ्चनपुरमा रुपालवासीले हरेक वर्ष धार्मिकरुपमै होली पर्वलाई आत्मसाथ गर्दै आइरहेका छन् । एकादशीदेखि भीमदत्तनगरस्थित वैजानथ मन्दिरमा विधिवत् रुपले शुरु हुने होली पर्व पूर्णिमासम्म सञ्चालन हुने अध्यक्ष जोशीले जानकारी दिए । ‘भीमदत्तनगरमा मात्रै दुई सय भन्दाबढी परिवार रुपालवासीको बसोवास छ,’ अध्यक्ष जोशीले भने– “यो पटक चार दिन मात्रै होली हुने भएकाले मन्दिरमै होली खेल्ने निर्णय भएको हो ।” विगतमा रुपालवासीको घर÷घरमा होली खेल्ने गरिन्थ्यो ।
‘त्रयोदशी तिथि नभएकाले यो पटक धेरै लामो समय होली नहुने भएकाले रुपालवासी मन्दिरमै आएर होली खेलिरहेका छन्’ उनले भने– “भारतको कुमाउदेखि नै रुपालवासीले यो होलीलाई निरन्तरता दिँदै आएका हुन ।” यहाँस्थित वैजनाथ मन्दिरमा होलीका लागि ल्याएको पित्तलको ढोल बाजालाई पूजाअर्चना गरेर रुपाली होली मनाउन शुरु गरेको छ । ‘मन्दिरमै होली खेल्ने र यही आएर समितिलाई दान, दक्षिणा दिने भनेका छौं’ अध्यक्ष जोशीले भने– “सोहीअनरुप स्थानीयवासी जम्मा भएर होली मनाउदैछन् । ” वैजनाथ मन्दिरमै भगवानको आशिष लिएर होली विसर्जन गर्ने परम्परा रहेको उनको भनाइ छ । प्रदेश नं ७ मै ऐतिहासिक होलीका रुपमा लिइने रुपाली होलीको आफ्नै मौलिक विशेषता रहेको रुपालबाट भीमदत्तनगर बसाइँ सरेका समाजसेवी लोकबहादुर ठकुराठीले बताए । ‘नयाँ पुस्ताका लागि पनि रुपाली होली परम्परागत ज्ञानको भण्डार नै हो,’ उनले भने– “होलीको निरन्तरताले संस्कृति संरक्षण पनि भएको छ ।” परम्परागत शैलीमा खेलिने होली रुपाली समुदायका हरेक उमेर समूहका व्यक्ति गोलबद्ध भएर खेल्ने गर्छन् । यसको परम्परागत भाकामा होली गाइने चलन छ । जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपालीवासीको होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्वका रुपमा पनि लिइने गरिन्छ । होलीबाट संकलन भएको रकम मन्दिरकै विकास एवं विस्तारमा खर्च गर्ने गरिएको होली समितिले जनाएको छ । ‘जसको घरमा बिहे र सन्तान भएको छ, उसले फगुवाहरुलाई होलीका मौकामा विशेष भोजन समेत गराउने चलन छ ।’ उनले भने– “यसले पम्परागत मान्यतालाई पनि बढावा मिलेको छ ।” रुपालवासीको डडेल्धुराबाट २०१७ सालदेखि तराईमा बसाइँसराइ गर्ने क्रम शुरु भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै