logo

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ, फागुन २ 

सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानाडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।

 

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानाडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टु मै यथावत् रहने सम्भावना बढी हुन्छ । डिभिजन टु को शीर्ष दुई स्थानमा रहने टोली वल्र्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टु मै यथावत् रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा आज शीर्ष स्थानमा रहेको क्यानाडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो । 

आज नेपालले क्यानाडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।
अहिलेसम्मको अंक तालिका यसप्रकार छः

 

देश म्याच जित हार बराबरी अंक रनरेट
क्यानाडा ४ ३ १ ० ६ १।११६
नामिबिया ४ ३ १ ० ६ ०।७८७
नेपाल ४ ३ १ ० ६ –०।१५८
युएइ ४ २ २ ० ४ १।२२१
ओमान ४ १ ३ ० २ –०।६२९
केन्या ४ ० ४ ० ० –२।१९८

 

नेपालको विश्वकप खेल्ने सम्भावना कति

 

सन् २०१९ को विश्वकप क्रिकेटमा १० देश मात्र सहभागी हुनेहुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । विश्वकपमा पुग्नका लागि सबैभन्दा पहिलो खुड्किलोका रुपमा रहेको विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा स्थान बनाउन नसक्दा गत असोजमा नेपाल डिभिजन टुमा घटुवा भएको थियो ।

 

विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा रहन नसकी डिभिजन टुमा झरे पनि नेपालको सम्भावना समाप्त भने भएको छैन । किनकी दोस्रो डिभिजनको लिगमा शीर्ष दुईमा रहने टोलीले पनि छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । आज सोही दुई टोलीको छिनोफानो नामिबियामा हुँदैछ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ छन् । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नामिविया लक्ष्य पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोली लिग जुन लक्ष्यका लागि नामिबिया गएको थियो, त्यसमा सफल भएको छ । आइसीसी वल्र्ड...

विद्यालयस्तरीय उपत्यकाव्यापी भलिबल प्रतियोगिता हुँदै

भलिबल खेलका राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल सावित बनेको भक्तपुरको आर्दश ज्योति स्कूलले चौँथो आदर्श...

लायन्स मल्टिपल फेस्टिभल मोटर ¥याली हुने

काठमाडौं देखि विराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर ¥याली आयोजना गरिने भएको छ । फागुन ३ गते काठमाडौंबाट...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै