logo

८६ करोड खर्चेर मर्मत गरेको बिजुली काम लागेन

बझाङबासी बत्तीमुनिको अँध्यारोमा÷मैनबत्ती बालेर बस्नुपर्ने बाध्यता

आशिष बहादुर सिंह
बझाङ, फागुन २
विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडीस्थित सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत कार्य सम्पन्न भएको एक वर्ष नबित्दै पुनः काम नलाग्ने भएको छ ।
यति ठूलो रकम लगानी गरेर दुई सय किलोवाट क्षमताको भएको उक्त विद्युत् मर्मत गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले आफैँले निमार्ण गर्ने हो यति नै रकममा ५ किलोवाटभन्दा बढी क्षमताको नयाँ आयोजना निर्माण गर्न सकिने भए पनि पुरानैलाई टालटुल गरेको छ ।
बझाङ जिल्लाको सदरमुकाम र आसपास क्षेत्रका बासिन्दाका लागि २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सुर्मादेवी साना जलविद्युत् आयोजनाको मर्मत कार्य पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो । विगत सन् २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेको प्रमाणपत्र पाइसकेको जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना वर्ष नबित्दै विद्युत् सेवा पटक–पटक अवरुद्ध हुँदै आएको थियो । तोकिएको समयमा सबै काम सम्पन्न नगरी बीचैमा काम छोडेका कारण विद्युत् सेवा नियमित गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणसँग सो विद्युत् भाडामा लिएर चलाइरहेको निजी कम्पनी सुर्मादेवी विद्युत् प्रालि स्रोतले बताएको छ ।
स्रोतका अनुसार मर्मत कार्यको डिजाइनमा नै त्रुटि रहेकोले बाँधबाट इन्टेकमा पानी पठाउने ठाउँमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत् नियमित हुन नसकेको हो । बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर पनि विभिन्न ठाउँमा चुहिने र वर्षायाममा पानीले बाँध नै भत्किने समस्याले स्थानीयले चाहेको समयमा बत्ती पाउनसकेका छैनन् ।
निर्माण सम्पन्न भएको दुई महिनाजति दैनिक आठ घण्टा लोडसेडिङ हुने गरेको यहाँको विद्युत् अहिले एक महिनायता दैनिक २४ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको छ । विद्युत् अनियमित हुँदा यहाँको सरकारी कार्यालयको काम, बन्द व्यापार र उद्योग व्यवसाय प्रभावित भइरहेको व्यापारी जनक धामीले बताए ।
सरोकारवालाले चासो नदेखाएको नागरिक समाजका अगुवा धर्मजङ्ग सिंहले भने, ‘कुनै नेतालाई पाल्नको लागि आएको बजेट हो, जनताको विकासको लागि बजेट आएको भए त जनतालाई हरेक दिन विद्युत् बाल्न पाउँथे होला ।’ उनले यसमा स्थानीयको गुनासो रहेको बताए ।
कुनै त्रुटि भएमा सच्याउने जिम्मा पनि जापान सरकारकै हुन्छ । यसको लागि प्राधिकरणले पहल गरिरहेको छ । ठूलो रकममा सानो आयोजनाको मर्मत स्वीकार्न प्राधिकरणलाई बाध्यता रहेको र अनुदान दिने दाताहरुको आफ्नो देशका मानिसहरुलाई रोजगारी दिने मनसाय हुने भएकोले मर्मतको खर्च अचाक्ली बढी भएको उनको भनाइ छ । विद्युत् क्षेत्रका जानकारहरु भने वर्षात्को समयमा खोलामा बाढी आउने र बाढीले बगाएर ल्याएका ढुङ्गा र काठपातहरु छान्नेमा अड्किएर केही वर्षभित्रै आयोजना कामै नलाग्ने हुने बताउँछन् । सुर्मादेवी विद्युत् प्रालिका एक कर्मचारीले भने, ‘आयोजनालाई दिगो रुपले सञ्चालन गर्नेभन्दा पनि टालटुल गरेर काम भएको छ । चुहिने नहर मर्मत भएको छैन । छान्नेमा जतिबेला पनि फोहोर अड्किने सम्भावना छ । प्राधिकरणसँग पनि गोताखोर स्ट्यान्डबाई राख्नसक्ने क्षमता छैन । समग्रमा भन्दा यो आयोजना काम नलाग्ने हुन्छ ।
सुरुदेखि नै आफूहरुले यो आयोजनाले सुविधा दिनेभन्दा पनि केही नेता, कर्मचारी र दाताहरुको स्वार्थपूर्ति गर्नका लागि बनाइएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको बताए । बत्ती आएको छ या छैन भनेर टर्च जलाएर बिजुली खोज्नुपर्ने बाध्यता रहेको छ । बझाङ्गीहरुले मोबाइलमा चार्ज समेत गर्न सास्ती खेप्दै आइरहेका छन् भने नगरवासी जनता विद्युत्मुनिको अँध्यारोमा बस्न बाध्य छन् । सरोकारवालाको ध्यान अझै जान नसकेको स्थानीयको गुनासो छ । फोटो क्याप्सन वरिपरि पानीले घेरेको छ । चैनपुर बजारलाई बझाङ्गीवासी भने अँध्यारोमा बस्न बाध्य छन् ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भन्सारको १० करोड राजस्व अपचलन गरी एजेन्ट फरार

भन्सार विभागबाट भन्सार एजेन्टको काम गर्न ०१४ बाट दर्ता कायम भई लामो समयदेखि विराटनगर भन्सारमा भन्सार एजेन्टको...

दलहरु आफैँ मापदण्ड बनाउँदै आफैँ मेट्दै

समानुपातिकमा कुनैपनि दलले आफुलेबनाएका मापदण्ड पछिसम्म पालना गरेनन त्यसमध्ये नेपाली कांग्रेस त झनैयसो गनेृमा...

दोलखामा नयाँ १४६ किलोमिटर विद्युत् प्रशारणलाइन निर्माण सुरु

आगामी केही वर्षभित्र उत्पादन हुने जलविद्युत् आयोजनाहरुलाई लक्षित गरी दोलखामा नयाँ एक सय ४६ किलोमिटर प्रशारण...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै