logo

साञ्जेन जलविद्युत् ८७ करोडको साधारण सेयर फागुुन ११ बाट

काठमाडौं, फागुुन २
साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले फागुुन ११ गतेबाट ८७ करोड ६० लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी दुुई चरणमा ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु¬)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गर्न लागेको हो ।
ती कम्पनीहरुका लागि क्रमशः १९ दशमलव पाँच प्रतिशत, तीन दशमलव पाँच प्रतिशत र एक प्रतिशत सेयर छुुट्याइएको छ । कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँबराबरको सेयर पहिलो चरणमा निष्काशन गर्नलागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँ रहनेछ । कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् ।
सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँबराबरको सेयरका लागि सञ्चयकर्ताले ११–३० फागुन, २०७४ सम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिनसक्ने आयोजनाले बताएको छ । यस कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको सेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिनसक्नेछन् ।
यसैगरी, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्म सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुका लागि तीन करोड ६५ लाख रुपैयाँबराबरको सेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरुले ५–१३ चैत, २०७४ सम्म आवेदन दिनसक्ने बताइएको छ । आवेदन दिँदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी—आस्बा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।
साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको अधिकृत पुँजी तीन अर्ब ७५ करोड तथा जारी पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३९ दशमलव ३६ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, रसुवाका स्थानीय तहको एक दशमलव २८ प्रतिशत संस्थापक सेयर छ ।
कम्पनीले निर्माण गरिरहेको माथिल्लो साञ्जेन (१४.८ मेगावाट) र साञ्जेन (४२.५ मेगावाट) जलविद्युत् आयोजनाको अनुमानित लागत क्रमशः दुई अर्ब २२ करोड र पाँच अर्ब २ करोड रुपैयाँ छ । यो रकम ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाइने व्यवस्था गरिएको छ । यी दुवै आयोजनाहरुको औसत प्रतिमेगावाट लागत १२ करोड ६४ लाख रुपैयाँ रहेको छ । भूकम्प, नाकाबन्दी विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यनलगायतका कारणले लागत अनुमानमा केही फरक पर्ने देखिएता पनि ठेक्का सम्झौता हँुदाका बखत अनुमानित लागतभन्दा कममा भएकोले यसले समग्रमा आयोजनाका लागतमा ठूलो असर नपर्ने कम्पनीले बताएको छ ।
हालसम्म समग्रमा माथिल्लो साञ्जेनको ६८ प्रतिशत र साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । साञ्जेनको भने नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हब– त्रिशूली ३ बी २२० केभी प्रसारणलाइनसँग समन्वय गरी काम अगाडि बढाउनुपर्ने रहेकोले उक्त प्रसारणलाइन निर्माण हुने अवधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माणकार्य सक्ने गरी निर्माणकार्य अगाडि बढाइएको उनले जानकारी दिए । साञ्जेन माथिल्लोबाट वार्षिक रुपमा आठ करोड २४ लाख र साञ्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धको रुपमा नागरिक लगानी कोष रहेको छ भने सह–बिक्रीप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड र प्रभुु क्यापिटल लिमिटेड रहेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भन्सारको १० करोड राजस्व अपचलन गरी एजेन्ट फरार

भन्सार विभागबाट भन्सार एजेन्टको काम गर्न ०१४ बाट दर्ता कायम भई लामो समयदेखि विराटनगर भन्सारमा भन्सार एजेन्टको...

दलहरु आफैँ मापदण्ड बनाउँदै आफैँ मेट्दै

समानुपातिकमा कुनैपनि दलले आफुलेबनाएका मापदण्ड पछिसम्म पालना गरेनन त्यसमध्ये नेपाली कांग्रेस त झनैयसो गनेृमा...

दोलखामा नयाँ १४६ किलोमिटर विद्युत् प्रशारणलाइन निर्माण सुरु

आगामी केही वर्षभित्र उत्पादन हुने जलविद्युत् आयोजनाहरुलाई लक्षित गरी दोलखामा नयाँ एक सय ४६ किलोमिटर प्रशारण...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै