logo
565 x 90 pixel-01.png

दोस्रो सहकारी महासम्मेलन चैत २१ र २२ गते हुने

काठमाडौं,फागुन २
दोस्रो सहकारी महासम्मेलन चैत २१ र २२ गते हुने भएको छ । नेपालको सहकारी अभियानको हालसम्म भएका उपलब्धीहरुको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि दिशानिर्देशन गर्ने उद्देश्यका साथ राष्ट्रीय सहकारी महासंघ नेपाल र सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत २१ र २२ गते काठमाडौंमा दोस्रो सहकारी महासम्मेलन हुने भएको हो ।
महासम्मेलनमा विश्व सहकारी अभियानकोे शीर्षस्थ निकाय अन्तर्राष्ट्रीय सहकारी महासंघका नवनिर्वाचित अध्यक्ष एरियल ग्वार्काे विशेष अतिथिको रूपमा र अन्तर्राष्ट्रीय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रीय बोर्डका सदस्यहरूको अतिथिको रूपमा सहभागिता रहने भएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय, प्रादेशिक र संघीय सरकारको भूमिका, संरचना र नीति, दिगो विकास लक्ष्य प्राप्तिको कार्यान्वयनमा सहकारी क्षेत्रको सहभागिता, नेपालको सहकारी अभियानको सन् २०२२ सम्मको परिकल्पना, तीन खम्बे अर्थनीतिको सन्दर्भमा सार्वजनिक, सहकारी र निजी क्षेत्रबीचको सहकार्य लगायतका विषय वस्तुहरूमा देश÷विदेशका विषय विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरी निष्कर्ष निकालिने भएको छ ।
सहकारी संघ÷संस्था, सहकारी सम्बद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू करिब एक हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ । महासम्मेलन भव्यरुपमा सम्पन्न गर्नका लागि आइतबार बसेको राष्ट्रीय सहकारी महासंघ, नेपालको सभाहलमा मूल समारोह समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा महासंघका पदाधिकारीहरू, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रीय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेल, सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मी तथा एवं विषयगत केन्द्रीय संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकले मूल समारोह समितिले गरेका निर्णयहरुलाई छिटोछरितो कार्यान्वयन गर्नका लागि महासंघका अध्यक्ष केशवप्रसाद बडालको संयोजकत्वमा १३ सदस्यीय स्टेरिङ कमिटी निर्माण गरेको छ ।
समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण मन्त्रालयाका सचिव गोपीनाथ मैनाली, राष्ट्रीय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, सञ्चालकद्वय रवीन्द्र केसी र सुरेन्द्र भण्डारी , सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीलगायत रहेका छन् । महासम्मेलनलाई व्यवस्थित र प्रभावकारीरुपमा आयोजना गर्नका लागि महासंघका सञ्चालक माधव दुलालको संयोजकत्वमा व्यवस्थापन उपसमिति, सञ्चालक रमेशप्रसाद पोखरेलको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन उपसमिति, सञ्चालक चन्द्रप्रसाद ढकालको संयोजकत्वमा सूचना तथा प्रचार–प्रसार उपसमिति गठन गरेको छ । यसअघि पहिलो राष्ट्रीय सहकारी महासम्मेलन २०७० को चैत ११देखि १३सम्म काठमाडौंमा भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गरे । यसअघि...

एलाइभ बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

एलाइभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले निर्वाचन...

‘एउटै लौकाको तौल १५ किलो’

सामान्य अवस्थामा एक किलो, दुई किलोको लौका फल्ने गरे पनि बाँकेमा एउटा अचम्म खालको लौका फलेको भेटिएको छ । बाँकेकोे...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै