logo

पाँच नम्बर प्रदेशमा क्यान इन्फोटेकको तयारी पूरा

‘केन्द्र विकेन्द्रीकृत अवधारणाअनुसार मेला आयोजना हुँदै’

बुटवल, फागुन २
सातौं स्टाटअप क्यान इन्फोटेकको तयारी पुरा भएको छ । आयोजकले जनाएअनुसार सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजनागरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रीकृत अवधारणअनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । ‘सातै प्रदेशका मुख्य सहरहरुमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ । उनले भने । यसअघि काठमाडांै केन्द्रीय इन्फोटेकलाई देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पाँच नम्बर प्रदेशमा हुन लागेको उनले बताए । अवलोकनकर्ता धेरै भित्र्याउने मुख्य उद्देश्य रहेको भन्द,ै उनले सूचना प्रविधिबारे ज्ञान दिने गरी कार्यक्रम गरिएको बताए । जिल्ला अध्यक्ष नारायण श्रेष्ठले सातौ संस्करणका रुपमा आयोजना गरिन लागेको इन्फोटेकको सबै तयारी पुरा भएको भन्दै विगतमा भन्दा फरक र नयाँ विशेषता सहित आमदर्शकहरुले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रदर्शनी गरी उपभोक्ताहरुलाई खरीदबिक्रीका लागि सहज हुने बताए । फाल्गुन दुईदेखि छ गतेसम्म सञ्चालन हुने मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रविधियुक्त घर निर्माण गरिएको उनले बताए । मेलाको उद्घाटन नेकपा एमाले प्रदेश नम्बर पाँचका संसदीय दलका नेता माननीय शङ्कर पोखरेलले गर्ने उनले बताए ।
मेलाको मुख्य प्रायोजक स्टाटअपको सञ्चालक सन्तोष गौतमले प्रविधि सिकाउने रुपमा मेला आयोजना भएको बताए । अवलोकनकर्ताहरुले स्टाटअपको स्टलमा विशेष छुट पाउने व्यवस्थासमेत गरिएको उनले बताए । इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिक म्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहनेछन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । सो प्रदर्शनीमा फ्री सर्भिस क्याम्प, नेपाली टाइपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, आइसिटी क्विज, भर्चुवल गेमिङलगायत पनि आकर्षणको रुपमा रहने सचिव वीरबहादुर क्षेत्रीले बताए । सूचना प्रविधि सम्बन्धी जानकारीमूलक एक सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको...

कर्णाली प्रदेशमा लगानी सुरक्षाको चिन्ता नगर्न निजी क्षेत्रलाई आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्नको लागि सुरक्षाको चिन्ता...

हेमबहादुर मल्ल पुरस्कार लोकसेवा अध्यक्ष मैनालीलाई

साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान पुरस्कार लोकसेवा आयोगका अध्यक्ष...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै