logo

प्रेम दिवसको अवसरमा के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

हात खाली नजाने उपहार पनि !

काठमाडौं, फागुन २
केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको हो । आज फेब्रुवरी १४लाई प्रेम दिवसको रुपमा मनाइँदैछ ।
मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ । चाबहिल चुच्चेपाटीस्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ ‘अफरसहित अफरभित्र पनि अफर’ नामको मोबाइल मेला आयोजना गरेको हो । मंगलबारदेखि सुरु भएको मेला भोलि बिहीबारसम्म चल्ने छ । मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हातखाली नजाने उपहारहरु पनि ग्राहकलाई मोबाइल हबले वितरण गर्नेछ ।
मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा चार हजार रुपैयाँ बराबरको दुई जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ । साथै मोबाइलहवले मेला अवधिभरि विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र दुई वटा सिनेमा टिकट, दुई स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा तीन स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैमा प्रदान गरिने मोबाइलहबका प्रबन्ध निर्देशक अलाइ भग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।
त्यसैगरी मेला अवधिभरि आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशःओप्पोको एफफाइभ मोबाइल तथा भीभोकोे भी ७ मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक सङ्गम राईले बताए । मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रीभीलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेला फेब्रुअरी २८सम्म चल्ने छ ।
दसैं तिहारको उपहार खोलियो, कसले के जिते ?
यसैबीच मोबाइल हबले दसैं तिहारमा सञ्चालन गरेको ‘अफरभित्र पनि अफर’ को गोलाप्रथा खोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सीटीभी मोबाइल, सीटीसी मलस्थित द वल्र्ड भिजन र केएल मोबाइल हब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइल खरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।
उपहार योजनाको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल कुपन नम्बर ११५८ का बुढानिलकण्ठ बस्ने नवीन श्रेष्ठले पाएका छन् । त्यसैगरी कुपन नम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन् । कुपन नम्बर २६९३ का हात्तीवन बस्ने सुरज महर्जनले मलेसिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । १०५० कुपन नम्बरका बौद्ध बस्ने शिक्षा लामाले भीभोको वाई ५३ मोबाइल जितेकी छन् । कुपन नम्बर २२४७ कियांगी शेर्पाले जेडटीइको एस ६ मोबाइल जितेकी छन् । कुपन नम्बर २५४९का बल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेका छन् ।
विश्व बजारमा पाइने २५भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसुङ, सोनीएक्सपेरिया, जियोनी, भीभो, ओप्पो, एचटीसी, जेटटीइ, हुबाबे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला र जोप्पोलगायत ब्राण्डका टच एन्ड फिल काउन्टरसमेत रहेका छन् ।
मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । टच एन्ड फिलजोन तथा अलग–अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रेनो क्विड १.० ‘लिइभ फर मोर’

रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइल प्रालिले रेनो क्विड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट...

इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्न पूर्वसभामुख घर्तीको आग्रह

पूर्वसभामुख ओनसारी घर्तीमगरले ऐन कानुन बनाउने र सहजीकरण गर्ने काम राज्य भएको बताइन् । उनले व्यवसायीलाई...

पोखरामा क्यान इन्फोटेक मेला अफर नै अफरको बहार

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, कास्कीको आयोजनामा पोखराको नया“ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै