logo

प्रजातन्त्र दिवसलाई उच्च प्राथमिकताका साथ प्रचार–प्रसार गरिने

काठमाडौं, फागुन १
फागुन ७ गते मनाइने ६८औं प्रजातन्त्र दिवसलाई भव्य बनाउन गठन गरिएको मूल समारोह समितिअन्तर्गत प्रचार–प्रसार उपसमितिले प्रजातन्त्र दिवसलाई उच्च प्राथमिकताका साथ प्रचार–प्रसार गर्ने भएको छ ।
प्रचार–प्रसार उपसमितिका संयोजक सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको संयोजकत्वमा सोमबार बसेको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी एफएम रेडियो, टेलिभिजन, सञ्चार गृह र पत्रपत्रिकाहरुलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार, लेख, छलफल, परिसंवाद, अन्तक्र्रिया आदि कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनहरुले हुक गर्न सक्ने व्यवस्था मिलाउने, मूल समारोहमा उद्घोषणको व्यवस्था रेडियो नेपालले मिलाउने साथै अन्तरसंवाद, अन्तर्वार्ता, परिसंवाद, प्रोमो र अन्य समाचारहरुलाई उच्च प्राथमिकता दिई प्रसारण गर्र्ने, प्रजातन्त्र दिवसको उपलक्ष्यमा गोरखापत्र संस्थानले आफ्ना सबै प्रकाशनमा प्रजातन्त्रको महत्व दर्शाउँदै सूचनामूलक विशेषांक, लेख रचना प्रकाशन गर्ने, राष्ट्रिय समाचार समितिले प्रजातन्त्रका लागि लडेका योद्धाहरुका बारेमा प्रजातन्त्र स्थापनादेखि हालसम्मका अवस्थाको आलेख तयार गरी सम्प्रेषण गर्नेलगायतका निर्णय गरेको छ ।
साथै मुद्रण विभागले प्रजातन्त्र दिवससँग सम्बन्धित सामग्रीहरु समयमा नै गुणस्तरीय छपाइ गरी समितिलाई उपलब्ध गराउने, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटीसीले ‘६८औं प्रजातन्त्र दिवसका अवसरमा सुशासन, विकास र समृद्विका लागि सबैमा हार्दिक शुभकामना’ भन्ने शुभकामना सन्देश दिने साथै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न छुट दिने योजना ल्याउने निर्णय बैठकले गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै