logo

आरडब्लू संग्राम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

काठमाडौं, फागुन १
आरडब्लू संग्राम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित आरडब्लू संग्राम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु अगाडि बढाउँदै आएको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा रेस्लिङ प्रतियोगिता हुन लागेको हो । पोखरामा हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस् टिभीले गर्ने बताइएको छ । पोखराको दशरथ रंगशाला परिसरमा होलीको अवसरमा हुने आरडब्लू संग्राममा चार देशका खेलाडीहरुको सहभागिता रहनेछ । नेपालको तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् भने अमेरिकाका प्रो रेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आरडी एक्स, ज्थाक्स र नीलले सहभागी जनाउने भएका छन् । प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरुसमेत रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छन् । त्यसैगरी अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले सञ्चालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्ध ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहने आयोजकले जानकारी दिएको छ । आरडब्लू संग्राम पोखरापछि नेपालका विभिन्न सहरहरुमा लैजाने योजना रहेको नेपाल रिङ रेस्लर संघले जानकारी दिएको छ ।
नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उद्देश्यले नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापाको नेतृत्वमा संघ स्थापना भएको थियो । संघले स्थापना कालदेखि नै नेपालमा रिङ रेस्लिङ खेलको विकास र विस्तार दु्रत गतिमा अगाडि बढाइरहेको छ । संघले काठमाडौंमा ४ वैशाख २०७३ मा पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो । त्यसैगरी पर्यटकीय नगरी पोखरामा २०७३ साल फागुन १८ देखि २१ मा नेपाल भारत मैत्रीपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडौं र इटहरीमा सम्पन्न गरेको थियो । साथै निरन्तर रुपमा तालिमको व्यवस्थापन गर्न रिङ रेस्लिङ एकेडेमीकोे स्थापना भएको समेत संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङले नियमतिरुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको उनले बताए । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्थासमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै