logo

खेतीयोग्य जग्गा प्लटिङ गरेर बेच्न नपाएको रिसमा प्रतिनिधिसभा सदस्य नै आन्दोलनमा

रुपन्देही, फागुन १
खेतीयोग्य जग्गा प्लटिङ गरेर बेच्न नपाएको रिसमा प्रतिनिधिसभा सदस्य नै आन्दोलनमा  उत्रिएका छन् । नेपालमा खेतीयोग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने चलन धेरै पहिलेदेखि नै रहेको छ ।

किसानलाई केही रुपैयाँ दिएर खेत किन्छन् र त्यसलाई माटो पट्याएर भारी मूल्यमा बेच्ने गर्छन् जग्गा व्यापारीहरु । नेपाल सरकारले करिब एक वर्ष अगाडिदेखि जग्गा जमिनको कित्ताकाट रोकेको थियो । जसका कारण जग्गा व्यापारीको प्लटिङ गर्ने कार्य नै ठप्प भएको छ । यसैको विरोधमा आइतबार भैरहवाको नापी कार्यालयअगाडि अनौठो किसिमको आन्दोलन भयो । जसको माग थियो कित्ताकाट रोक्ने निर्णय खारेज गर । जग्गा कित्ताकाट पीडित संर्घष समिति रुपन्देही नाम लेखिएको ब्यानरमा रुपन्देही ४ बाट निर्वाचित नेपाली कांग्रेसका नेता प्रमोद यादव नै विरोध गर्दै गरेको स्थितिमा देखिए । यसरी प्रतिनिधिसभा सदस्य खुल्लारुपमा मधेसको खेतीयोग्य जमिन प्लटिङ गरी बेचबिखन गर्नुपर्छ भन्दै विरोधमा उत्रिएका छन् । उनी निर्वाचित रुपन्देहीको मर्चवार कृषिका लागि पकेटक्षेत्र मानिन्छ तर त्यस क्षेत्रबाट निर्वाचित सांसद् नै खेतीयोग्य जमिन प्लटिङ गरी बेच्न पाउनुपर्छ भन्दै आन्दोलनमै होमिएको देख्दा मर्चवारको भविष्य नै अन्योलमा परेको छ । त्यसैगरी रुपन्देही क्षेत्र नं ३ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष पाण्डे पनि कित्ताकट खारेज गर भनेर यसै आन्दोलनमा उत्रिएका छन् । उनले जितेको क्षेत्रमा रुपन्देहीको सदरमुकाम भैरहवा पनि पर्दछ । भैरहवा क्षेत्रको समस्या सुल्झाउन छोडेर उनी जग्गा दलालको आन्दोलनमा होमिएका छन् । जग्गा कित्ताकाट रोकिएर किसानका छोराछोरी विदेश जान नपाएको, बिहे गर्न नसकेको कारण देखाउँदै यसरी आन्दोलन गरेका छन् निर्वाचित जनप्रतिनिधिले नै । रुपन्देहीजस्तो मधेसको धेरै क्षेत्रमा प्लटिङले खेतीयोग्य जग्गा जमिन नै नाश गरेपछि सरकारले कित्ताकाट रोकेको हो । कुनै बेला यही रुपन्देही जिल्ला खेती किसानीको लागि नेपालमै परिचित थियो तर अहिले यही रुपन्देही जिल्ला जग्गा व्यवसायका लागि परिचित छ । रुपन्देहीको प्लटिङ व्यवसाय राष्ट्रमै सुपरिचित छ र यहाँको हरेक राजनीतिक पार्टीका जिल्ला कमिटी नै जग्गा दलालहरुले भरिएको छ । त्यसैगरी रुपन्देहीका धेरै जनप्रतिनिधिहरु पनि सुपरिचित जग्गा व्यापारी नै छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापारी पोद्दारको अपार्टमेन्टमा छापा

३३ किलो सुन प्रकरणमा मुछिएका व्यापारी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारिएको छ । सुन तस्करीबारे अनुसन्धान...

३३ किलो सुन प्रकरणमा व्यापारी विमल पोद्दार पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा भारतीय मूलका व्यापारी विमल पोद्दार पक्राउ परेका छन् । पोद्दारलाई नेपालमा संगठित...

हुण्डी कारोबारी सेठिया अदालतको आदेशबाट थुनामुक्त

गत असोज २९ गते पक्राउ परेका हुण्डीकारोबारी अनुपचन्द्र सेठिया र उनका सहोदर भतिजा ललित सेठियालाई जिल्ला अदालत...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै