logo

सीटीजन्सद्वारा बेबीलाइफ होमलाई आर्थिक सहयोग

काठमाडौं , फागुन १
‘योर पार्टनर फर प्रोग्रेस‘ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको सीटीजन्स बैंक इन्टरनेसनले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबीलाइफ होमलाई एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघाराँै वार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बंैकका अनुसार एक भव्य कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीको समुपस्थितिमा एक लाख ५० हजारको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको हो । बेबीलाइफ होममा रहेका २३ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिएका छन् । कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारीअधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा बताएका छन् । सोही प्रसङ्गमा बोल्दै उहाँले बालबालिकालाई सुखमा नमातिन र दुखमा नआतिन भनी बालबालिकालाई हौसला प्रदान गरेका छन् ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सीटीजन्स बैंकको प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुसियाली जाहेर गरेका थिए । उक्त समारोहमा बेबीलाइफ होमको छात्रावासमा उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा ९० दिने लखपति योजना सार्वजनिक

सिटी एक्सप्रेसले ९० दिने लखपति एक्सप्रेस योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान् चाड दसैँँ, तिहार र...

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न सभाले आगामी कार्यकालको...

एक दर्जन कम्पनीहरुको चार अर्ब तीन करोडको बोनस सूचीकृत

चालू आर्थिक वर्ष सुरु भएदेखि यता ११ वटा कम्पनीहरुको चार अर्ब तीन करोड ५९ लाख ९० हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै