logo

कृषि विकास बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं , फागुन १
कृषि विकास बैंकको लाभांश पारित भएको छ । बंैकको सोमबार सम्पन्न भएको ११औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि एक दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिएबमोजिम छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ । जसअनुसार २०७४ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर पाँच अर्ब ४३ करोड २७ लाख १२ हजारलाई वार्षिक छ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार सात सय २० नगद लाभांश र साधारण सेयर चुक्ता पँुंजी सात अर्ब आठ करोड ७६ लाख ८० हजारको लागि २० प्रतिशत बोनस सेयरबापत एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि एक दशमलव ५३ प्रतिशतले हुने सात करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । यो निर्णयबाट देशका कुना काप्चामा रहेका करिब दुुई लाख ४८ हजार सेयरधनीहरु लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।
हाल बैंकको साधारण सेयर पुँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पुँजी १२ अर्ब ५२ करोड तीन लाख ९२ हजार कायम रहेकोमा साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयरले हुने रकम एक अर्ब ४१ करोड ७५ लाख ३६ हजारसमेत समावेश गर्दा बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ भने साधारण चुक्ता पुँजी आठ अर्ब ५० करोड ५२ लाख १६ हजार पुग्नेछ ।
बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७३—०७४को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाहविवरण र सोसँग सम्बन्धित अनुसूचीहरु (पूरकसमेत) र देशको आर्थिक तथा बैंकिङ क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७४—०७५ को पुस मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । बैंकमा २०७४ साल पुस मसान्तसम्ममा निक्षेप रकम ९८ अर्ब १७ करोड ३४ लाख पुगेको छ भने लगानीमा रहीरहेको कर्जा ९७ अर्ब १५ करोड ४९ लाख रहेको छ । बैंकले २०७४ साल पुस मसान्तसम्ममा एक अर्ब दुुई करोड ९१ लाख नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३—०७४ मा कुल कर्जामा निष्क्रिय कर्जाको अंश चार दशमलव ६० रहेकोमा २०७४ साल पुस महिनामा कुल कर्जामा निष्क्रिय कर्जाको अंश तीन दशमलव ९५ प्रतिशत कायम रहेको छ । बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरिएको छ । अत्यधिक प्रतिस्पर्धात्मक बजारमा समेत बैंक चालु आर्थिक वर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकाङ्कहरुमा प्रगति गर्न बैंक लागिपरेको छ । बैंक २०७४ साल माघ ७ गते ५१औँ वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा बैंकले संस्थागत सामाजिक सामुदायिक उत्तरदायित्व अन्तर्गत भूकम्पपीडित, बाढीपीडित, वृद्धाश्रम, खानेपानी, मठमन्दिर, स्कुल , हाटबजार र यात्री प्रतीक्षालय आदिमा आवश्यकताअनुसार सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको...

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि...

सिभिल बैंकको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले सिभिल बैंकको बोनस तथा नगद लाभांश स्वीकृत गरेको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै