logo

कपडा भाडा र सेकेन्ड ह्यान्डमा


चितवन, फागुन १
चितवनको प्रमुख बजार नारायणगढमा कपडा भाडा पाउनुका साथै प्रयोग गरेको पहिरन बिक्री र किन्नसमेत पाइने भएको छ । नारायणगढको मिलनरोडमा रहेको सुसज्जित कलेक्सन एण्ड माइ बुटिकमा यस्तो व्यवस्था गरिएको हो । आइतबारदेखि सुुरु गरिएको नारायणगढको मिलनरोडमा रहेको उक्त कलेक्सनका पहिरनहरु फोटो खिचाउनका लागि भाडामा लैजान सकिनेछ । साथै बुटिकमा उपभोक्ताले आफ्नो रुची र रोजाइअनुसार नयाँ कपडा सिलाउन तथा खरिद गर्न सक्नेछन् ।

चितवनको सफल महिला उद्यमीको अवार्ड हात पारिसकेकी सुमित्रा पौडेल आँचलले यस्तो नयाँ अवधारणासहित आफ्नो व्यवसाय सञ्चालन गर्न लागेकी हुन् । उनले २०५२ सालबाट २०६२ सालसम्म तयारी पोसाक उद्योग सञ्चालन गर्ने क्रममा जिल्लाकै सफल उद्यमीको पुरस्कारसमेत जितेकी थिइन् । उनी पछिल्लो सयम बन्द हड्तालले व्यवसाय धराशायी भएपछि विदेश हानिएकी थिइन् । एक दशक विदेश बसेपछि उनी दुई वर्षअघि नेपाल फर्किइन्, विदेशमा राम्रो फस्टाएको सेकेन्ड ह्यान्ड मार्केट सञ्चालक सुमित्रालाई नेपालमा पनि चलाउनुपर्ने लाग्यो । सञ्चालक पौडेलका अनुसार विदेशमा प्रयोग गरिसकेको पहिरहन किन्न पाइन्छ, यहाँ पुनः बिक्री र किन्ने बजार नहुँदा आफैंले पनि कति कपडा किन्ने, कता राख्ने समस्या थियो । त्यसैले यसलाई व्यवस्थापन पनि हुने र व्यवसायका रुपमा समेत अघि लान मिल्ने भन्दै यस्तो व्यवसाय गर्ने सोच आएको उनले बताइन् । त्यसपछि उनले सुरु गरिन् सुसज्जित कलेक्सन एण्ड माइ बुटिकको ।
सुसज्जित कलेक्सन एण्ड माइ बुटिकबाट अन्यले समेत आयआर्जन गर्नसक्ने अर्की सञ्चालक मिना अधिकारीको भनाइ छ । उनका अनुसार नयाँ डिजाइनका साथ प्रयोग ल्याएका कपडा पुनः तयार गरिनुका साथै नयाँ कपडा सिलाइ–कटाइ गर्नेलाई रोजगारीको अवसरसमेत हुने हँुदा सबै उद्यमी बन्नसक्ने अवसर पाइन्छ । बुटिकमा फेसन डिजाइनर सम्झना श्रेष्ठले तयार पारेका पोसाकहरु विक्री गरिनेछन् । शुभारम्भको अवसरमा ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको बताइएको छ ।
बुटिकको उद्घाटन गर्न पुगेकी उद्योग वाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य रजनी मास्केले प्रतिस्पर्धी बजारमा महिला व्यवसायीहरुले फरक अवधारणाका साथ आफ्नो व्यवसाय सुरु गर्नु अत्यन्तै सराहनीय काम भएको बताइन् । उनले विदेशमा सेल मार्केटले व्यापकता पाउने प्रसंग कोट्याउँदै यस्ता व्यवसायहरु खोलिनुपर्ने बताइन् । सो अवसरमा मास्केले आत्मनिर्भरताका लागि व्यवसाय दरिलो माध्यम रहेको भन्दै व्यापार व्यवसायतर्फ लाग्न महिलावर्गलाई सुझाइन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै