logo

‘बीआरआई’ सहभागी सबै मुलुकहरुको अवधारणा हो : चिनियाँ राजदूत

काठमाडौ फागुन १
नेपालका लागि चिनियाँ राजदूत यू होङले महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को योजना अब चीनको मात्र नरहेको बताएका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा नेपाल–चीन उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको ‘नेपाल र चीनबीच बीआरआईको निर्माणका लागि सहकार्य तथा प्रचारप्रसारमा विस्तार’ विषयक सेमिनारको क्रममा चिनियाँ राजदूतले यस्तो बनाएका हुन् । उनले बीआरआई सहभागी मुलुकहरुबीचको साझा मञ्च भएको र जहाँ आपसी हितका लागि कार्य हुने विश्वास व्यक्त गरे । साथै चीन नेपालसँगको ऐतिहासिक सुमधुर सम्बन्धलाई बीआरआईको माध्यमबाट अझ नजिक भई अघि बढ्न चाहेको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैै संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले बीआरआईमा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन नेपालले आन्तरिक रुपमा तयारी गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
उनले नेपालका सम्भावित क्षेत्रहरुमा लगानी भित्र्याउनु आवश्यक रहेको र नेपालले पूर्वाधार, सडक, रेलमार्ग आदिमा केन्द्रित हुनुपर्ने बताए । साथै छिमेकी मुलुकहरु चीन, भारत तथा दक्षिण एसियाली राष्ट्रहरुबीच पुलको रुपमा आफूलाई स्थापित गर्नुपर्नेमा उनले जोड दिए । बीआरआईमा नेपालको सदस्यताबाट लाभ लिने अवसर नयाँ बन्ने सरकारले भरपुर लिन सक्नुपर्ने श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा प्रमुख अतिथि शंकरदास वैरागीले बीआरआई भौतिक सम्बन्ध विस्तारमात्र नभई विचार, व्यापार, अर्थ तथा जनस्तरको सम्बन्ध विस्तारसमेत भएको विचार व्यक्त गरे । उनले बृहत् अवधारणा रहेको र यसबाट लाभ लिन तीनवटा विधिबाट अगाडि बढ्न सकिने जसमा सरकारी, व्यापारिक तथा निजी क्षेत्र तथा बौद्धिक वर्ग रहेको बताए ।
कार्यक्रमको दोस्रो सत्र त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय विभागका कार्यकारी निर्देशक प्रा.डा. भुपा प्रसाद धमलाको सभापतित्वमा सञ्चालन भएको थियो । जसमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वराजदुत डा. शम्भुराम सिंखडा, पूर्वसचिव मधुरमण आचार्य, काठमाडौं स्कुल अफ लका अध्यक्ष प्रा.डा. युवराज संग्रौला, संघका जलविद्युत् समितिका संयोजक ज्ञानेन्द्रलाल प्रधान, बंगलादेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष मो. मुन्ताकिम अस्रफ तथा सिल्क रोड चेम्बर अफ इन्टरनेशनल कमर्स, हङकङका वित्त समितिका अध्यक्ष कियाङ तेन सिक डेबिडले कार्यक्रमका बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै