logo

सात ग्यास उद्योगलाई ‘एनएस’ चिह्न

काठमाडौं, फागुन १
गुणस्तर तथा नापतौल विभागले सात ग्यास उद्योगलाई नेपाल स्ट्याण्डर्ड ‘एनएस’ चिह्न प्रदान गरेको छ । विभागले वीरगञ्जको एनएल, नवलपरासीको जानकी, काठमाडौंको मेट्रो, धादिङको श्री कृष्ण, धादिङकै साइ बाबा, वीरगञ्जको मनोज र काठमाडौंको नेपाल ग्यास उद्योगलाई एनएस चिह्न प्रदान गरेको हो । उद्योगहरुले आवश्यक मापदण्डलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेकाले एनएस चिह्न दिइएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
नेपालमा ५५ वटा ग्यास उद्योगहरु रहे पनि ४८ वटा ग्यास उद्योग अझै पनि सम्पूर्ण सुरक्षा मापदण्डभित्र आइसकेका छैनन् । एनएस चिह्न नपाएका ४८ वटै उद्योगले चिह्न प्राप्तिका लागि आवेदन दिएकाले चल्ती ग्यास उद्योगलाई एक महिनाभित्रै कानुनी मापदण्डभित्र ल्याउने विभागले जनाएको छ । आवेदन दिएका ४८ वटा ग्यास उद्योगमध्ये १२ वटा ग्यास उद्योगलाई एनएस चिह्न प्रदान गर्ने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ । आवेदन दिएर चिह्न प्राप्त गर्न अन्तिम तयारीमा रहेका ग्यास उद्योगहरुमा कोशी, नोबेल, श्री राम, त्रिशूल, नमस्ते, सगरमाथा, सिद्धार्थ, बाबा, श्री ग्यासलगायत छन् । त्यस्तै अन्य ३६ ग्यास उद्योगहरुले मापदण्डभित्र पर्ने गरी सुधार तथा अपग्रेडको कार्य गरिरहेको भन्दै चिह्नका लागि आवेदन दिएका छन् ।
विभागले गत वर्षभित्रै एनएस चिह्न लिन ग्यास उद्योगहरुलाई सचेत गराएको थियो । विभागले विभिन्न उद्योगमा अनुगमन गरी केहीमा सिलबन्दी गरी आवश्यक मापदण्ड पूरा गरेको वा गर्ने प्रक्रियामा रहेको उल्लेख गरिएको कागजपत्र लिई उपस्थित हुन निर्देशन दिएपछि सबै उद्योगले चिह्नका लागि आवेदन दिएका छन् । विभागले न्यूनतम जग्गा, उद्योगमा प्रयोग भएका मेसिनको अवस्था, सिलिण्डरको तौलमा एकरुपता, अप्रिय घटना हुन नदिन अपनाउनुपर्ने सावधानी तथा तत्काल उद्धार गर्नुपर्ने अवस्था आए त्यसप्रतिको सचेतना, भल्भहरुमा सेफ्टी ट्याग, सरसफाइलगायतका विषयमा तोकिएको मापदण्ड पूरा गरेको देखिएमा ग्यास उद्योगलाई नेपाल स्ट्याण्डर्ड चिह्न प्रदान गर्ने गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै