logo

जनकपुर महोत्सव २०७४ जारी

बटुकनाथ झा
जनकपुरधाम, माघ २९
दुई नम्बर प्रदेशको कृषि तथा व्यापार प्रवद्र्धनको उद्देश्यले जनकपुरमा १३ दिवसीय जनकपुर महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच वरिष्ठ उद्योगपति डा. उपेन्द्र महतोले उद्घाटन गरेका थिए । उक्त महोत्सवमा विभिन्न प्रकारका पर्यटकीय तथा कृषि उपज सामानहरुको स्टल लगाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ को आयोजनामा जारी रहेको उक्त महोत्सवमा औद्योगिक उत्पादन, सेवाहरुको प्रदर्शन एवम् बिक्रीवितरण, वित्तीय संस्थाहरुको स्टल प्रदर्शनी, कृषि मेला एवम् पशुजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवम् बिक्री, अटो मोबाइल तथा हेभी इक्विपमेन्टका स्टलहरुका प्रदर्शनीमा राखिएको छ । जनकपुर महोत्सव तथा व्यापार मेला २०७४ को उद्घाटन गर्दै उद्योगपति डा.उपेन्द्र यादवले प्रदेश नं. २ को दुईवटा भविष्य रहेको बताएका छन् । उनले भने, ‘प्रदेश नंं. २ विकासमा पनि दुई नम्बर हुने कि हामीले भन्ने गरेको दुई नम्बरी त्यसरी हुने हो तपाईं हाम्रो हातमा छ र हामीलाई वास्तवमा विकासमा दुई नम्बरमा आउनमा कसैले रोक्न सक्दैन ।’ उनले अगाडि थपे, ‘ठूल्ठूलो उद्योग व्यवसाय खोलेर मात्र विकास हुँदैन । जुन ठाउँ, जुन देशमा जुन क्षेत्रमा, जुन चिजमा हामी बलियो छौं, त्यसलाई बढीभन्दा बढी सदुपयोग गर्नुपर्दछ । हाम्रो यो प्रदेश आतिथ्य सत्यकार, सेवामा सबैभन्दा अगाडि छौँ । कृषिमा अगाडि छौं । तिनीहरुलाई अगाडि बढायो भने यहाँका साँस्कृतिक पनि अगाडि बढ्नेछ ।’ प्रदेश नं. २ को पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिएर अगाडि बढाएमा यो प्रदेश धेरै नै अगाडि बढ्ने उनको भनाइ छ । ‘जबसम्म देश धनी हुँदैन, हामी जतिसुकै धनी हुँदा पनि धनको कुनै मतलब हुँदैन’, उनले भने, ‘देशको आर्थिक समृद्धिअनुसार नै विदेशमा पनि नागरिकको सम्मान हुने गरेको छ ।’ यो प्रदेशलाई समृद्ध बनाउनका लागि अरु प्रदेशसँग सहकार्य आवश्यक रहेको उनले बताएका छन् । उक्त महोत्सवमा रोजगारीको लागि समेत रोजगार मेलाको आयोजना गरिएको छ । बेरोजगार रहेका युवाहरुलाई स्वरोजगार वा रोजगारको लागि आवश्यक जानकारीको लागि रोजगार मेलाको एउटा स्टल समेत राखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं. २ का अध्यक्ष शिवशंकर साह हिरको अध्यक्षतामा भएको उद्घाटनसत्रमा पूर्वसिँचाइमन्त्री एवं सांसद् रघुवीर महासेठ, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, विधायक किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, पूर्वअध्यक्ष रमेश साह, प्रकाशचन्द्र साह, निर्मल चौधरीलगायतका व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए । उक्त महोत्सव फागुन १० गतेसम्म रहनेछ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भ्रष्टाचारको अन्त्यमा जोड

नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ...

आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको...

चीन भ्रमण उत्साहजनक भइरहेको छ ः महासचिव पौडेलबुटवल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै