logo

नग्मा श्रेष्ठ योण्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकमा नियुक्त

काठमाडौं, माघ २९
मिस युनिभर्समा पेजेन्टमा प्रतिस्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्युजिक स्ट्रिमिङ एप्लिकेशन योण्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकको रुपमा चुनिएकी छन् ।
यस सहकार्यपश्चात योण्डर म्युजिकले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलाई विश्वव्यापी संगीतप्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सकिने गीतसंगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराउनेछ । नेपाली टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिटनेस र फेसनप्रति लगाव छ । काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन् जसमा उनी शीर्ष आठमा पर्न सफल भएकी थिइन् । यो सफलतापछि उनी अन्तर्राष्ट्रिय पेजेन्टको फाइनलसम्म पुग्ने नेपालकै पहिलो सुन्दरी बनायो । यसका साथै उनी चाइनामा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मा पनि थर्ड रनर अप भएकी थिइन् । यसैगरी, नग्मा इजिप्टमा आयोजित मिस इको युनिभर्र्स २०१६ पेजेन्टको बेस्ट टुरिजम् भिडियो अवार्डकी पनि विजेता हुन् । र, उनले गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व गरिन् । श्रेष्ठ फिटनेस, फेसन, डान्स र यात्रामा पनि उत्तिकै रुची राख्छिन् । श्रेष्ठले बालबालिका तथा महिला स्वास्थ्य र वातावरणसम्बन्धी काम गर्ने विभिन्न सामाजिक संस्थाहरुको पनि सद्भावना राजदूतको रुपमा पनि कार्य गरिसकेकी छन् ।
‘नग्मा एक प्रतिभावान् नेपाली नारी हुन् । उनी आफ्नो धरातलमा रही सम्पूर्ण नेपाली महिलाको असाधारण सुन्दरता र बौद्धिकतालाई विश्व मञ्चमा प्रतिनिधित्व गर्न पाउँदा गर्विलो महसुस गर्छिन् । सबैभन्दा महत्वपूर्ण त उनले आफू नेपाली युवाहरुको प्रतिनिधिको रुपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकी छन्,’ योण्डर म्युजिक एसियाका अध्यक्ष एडियन ब्रुटनले भने । ‘संगीत सर्जकलाई पनि आफ्नो कामको उपयुक्त रोयल्टी प्रदान गरी संगीतलाई सर्वसुलभ बनाउने (प्रजातान्त्रिकरण गर्ने) योण्डर म्युजिकको लक्ष्यले नेपालको संगीत क्षेत्रलाई पनि परिवर्तन गर्न सक्छ । र, यस्तो अभियानमा सहकार्य गर्न पाउँदा म एकदमै हर्षित छु,’ उनले उत्साहित हुँदै भनिन् ।
अमेरिकामा अवस्थित योण्डर म्युजिक इंकको भ्रातृ कम्पनी योण्डर म्युजिक बंगलादेशको अग्रणी डिजिटल म्युजिक सेवा प्रदायक हो । यसको बोल्ड, उत्कृष्ट फिचर र मोडुलर युजर एक्सपिरियन्सले प्रयोगकर्तालाई दिन्छ व्यक्तिगत रुपमा स्थानीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगीतहरुको दुई करोडभन्दा पनि बढीको भण्डारबाट स्ट्रि«म गर्ने, सेयर गर्ने र गाउने सुविधा दिने गरेको छ । योण्डर म्युजिकले संगीतको व्यवसायलाई सर्वसुलभ बनाउन र प्रयोगकर्तालाई संसारभरिको संगीत उपलब्ध गराउन संगीतका लागि उपभोक्ताले तिर्नुपर्ने पैसालाई योण्डर म्युजिकको लाइसेन्स खरिद गर्ने मोबाइल नेटवर्क तथा संगीत वितरण गर्ने माध्यमबाट दिने व्यवस्था मिलाएको छ । यस लाइसेन्स शुल्कलाई मिलाएर र सो संगीत बजेको आधारमा कलाकार र संगीतकारहरु माझ पु¥याइन्छ । योण्डर म्युजिकको ट्याग लाइन हियर फर एभर हो । योण्डरको उद्देश्य आफ्ना प्रयोगकर्तालाई सबैभन्दा उत्कृष्ट सेवा दिएर योण्डर म्युजिकलाई प्रयोकर्ताहरुको जीवनको एउटा प्रमुख अंग बनाउने रहेको बताइएको छ । योण्डर म्युजिक सन् २०१६ मा मलेसियामा सुरु भएको थियो । यसको ४० लाखभन्दा बढी प्रयोगकर्ता र मलेसिया, इण्डोनेशिया, श्रीलंका, नेपाल, माल्दिभ्स र बंगलादेशमा गरी १० लाख मासिक एक्टिभ प्रयोगकर्ता छन् ।
मेटालिका, रेड हट चिल्लिपेपर्स, ब्ल्याक आइड पिज र म्युजजस्ता ब्यान्डका प्रसिद्ध म्यानेजर क्लिफ बर्नस्टाइन र योण्डरका संस्थापक एडम किड्रनको ‘अपरचुनिटिज फण्ड’ एडम प्लस योण्डरका लगानीकर्ता हुन् ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड,

मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन्...

एकै पटक १८ बाजा बजाउने मानिस चैनपुरे

फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै