logo

हिमाली जिल्लामा गोर्खा इको प्यानलबाट तीन महिनामै घर

काठमाडौं, माघ २९
नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभाग हिमाली आयोजनाअन्तर्गत संखुवासभाको चैनपुर नगरपालिका ३ सिद्धपोखरीस्थित पशुसेवा केन्द्र भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न एकतल्ले भवनको एक समारोहबीच हस्तान्तरण गरिएको छ । चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको उपस्थितिमा गोर्खा इको प्यानलका इन्जिनियर प्रवीण नगरकोटीले जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख डा. उमेश दाहाललाई हस्तान्तरण गरेका हुन् ।
गोर्खा इको प्यानल र गोर्खा विनडोर प्रयोग गरी तीन महिनाको छोटो अवधिमै भवन बनाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अतिथिहरुले गोर्खा इको प्यानलद्वारा निर्मित प्रिफेव संरचना र ज्ञान ज्योति बिल्डर्स प्रालि काभ्रेको निर्माण सामग्रीको प्रयोगबाट भूकम्प प्रतिरोधी भवन निर्माण जिल्लाकै उत्कृष्ट भवनहरुमध्ये एक भएको बताए । उनीहरुले यसलाई विस्तार गरी नवनिर्मित संरचनाहरु बनाउनुपर्नेमा जोड दिए । उनले भवन निर्माणमा पहल एवं समन्वय गरेकोमा जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. उमेश दाहाललाई धन्यवाद दिए । कार्यक्रममा डा. दाहालले हिमाली आयोजनाबाट विगतका अवधिहरुमा यस जिल्लाभित्र निर्मित भौतिक संरचनातर्फ क्रमशः जिल्ला कृषि विकास कार्यालयको कार्यालय भवन, दुईवटा पशुसेवा केन्द्र भवन (चैनपुरको खराङ र खाँदबारीको पाङमा) तथा जिल्ला पशुसेवा कार्यालयको प्रांगणमा एउटा डिस्पेन्सरी भवनको रुपमा सञ्चालनमा रहेको जानकारी दिए ।
पशुपालक कृषकहरुलाई यथेष्ट सेवा प्रदान गर्नका लागि ग्रामीण क्षेत्रमा रहेका सेवाकेन्द्रहरुको निर्माणमा यस आयोजनाले अग्रणी भूमिका खेलेको उनले जनाए । यसै क्रममा आयोजना सम्पन्न हुने अन्तिम आर्थिक वर्ष २०७४÷७५ मा यस जिल्लाको चैनपुर नगरपालिकाको सिद्धपोखरी र मकालु गाउँपालिकाको नुममा सुविधासम्पन्न भूकम्पप्रतिरोधी दुईवटा प्रिफेव भवन र पशु उपचारका लागि अत्यावश्यक चारवटा ट्रेभिजको समेत निर्माण सम्पन्न भइसकेको उनले जनाए । असाध्यै छोटो समयमा उपरोक्त संरचनाहरु निर्माण सम्पन्न गर्न गोर्खा इको प्यानलले उत्कृष्ट भूमिका खेलेको उनले स्मरण गरे । कात्तिक महिनाको तेस्रो साताबाट निर्माण सुरु भई माघ महिनाको दोस्रो साताभित्र दुईवटा टे«बिजसहितको प्रिफेव सेवा केन्द्र भवन दुवै स्थानमा निर्माण सम्पन्न भइसकेको छ ।
भवन हस्तान्तरण कार्यक्रमहरुमा हिमाली आयोजनाका वरिष्ठ इन्जिनियर प्रल्हाद चापागाईं, गोरखा इको प्यानलका इन्जिनियर प्रवीण नगरकोटीले इको प्यानलहरु हलुका भएका कारण हिमाली जिल्लामा आयातमा सहजता भएको बताए । स्वदेशमै बनेको, आईएसओ प्राप्त भएका कारण यसका निर्माण संरचना बलियो र भरपर्दाे रहेको पनि उनीहरुले बताए । जिल्ला आयोजना अनुगमन संयोजक कमानसिं राई, मकालु गाउँपालिका पशुसेवा शाखाका प्राविधिक फुरलाक्पा शेर्पा, चैनपुर नगरपालिका पशुसेवा शाखाका प्राविधिक नवीन वैद्य, सम्बन्धित पशुसेवा केन्द्र र गोरखा इको प्यानलका प्राविधिकलगायत स्थानीय जग्गादाता एवं भद्र भलादमीहरुको उपस्थिति थियो ।
पशुपालन व्यवसायलाई व्यवसायीकरणका साथै हिमाली क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले एसियाली विकास बैंकको सहयोगमा पशुसेवा विभागअन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) सन् २०११ देखि यस जिल्लामा सञ्चालनमा रहेको छ । हालसम्म हिमाली आयोजनाअन्तर्गत पेस भएका विभिन्न जम्मा १५५ वटा उप–आयोजनाहरुमध्ये जम्मा ५२ वटा उपआयोजनाहरुमा चार करोडभन्दा बढी रकम अनुदानस्वरुप लगानी भइसकेको छ । स्वीकृत उप–आयोजनाहरुमध्ये क्षेत्रगत आधारमा पशुपालनसँग सम्बन्धित २५ वटा, गैरकाष्ठ वन पैदावरसँग सम्बन्धित १७ वटा, कृषिसँग सम्बन्धित १० वटा उप–आयोजनाहरु सञ्चालनमा रहेका छन् ।
भवन निर्माणस्थलका लागि चैनपुर नगरपालिका वडा नं. ३ का पदम सुबेदीले एक रोपनी, मकालु गाउँपालिका वडा नं. ५ का थामे तामाङले एक रोपनी, नरबहादुर पराजुलीले एक रोपनी र तेजबहादुर पराजुलीले एक रोपनी गरी जम्मा चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै