logo

केन्द्र, प्रदेश र स्थानीय तहका करसम्बन्धी विधेयक तयार

काठमाडौं, माघ २९
देश संघीयतामा गएसँगै स्थापना गरिएका निकायहरुले लगाउने÷उठाउने करसम्बन्धी विधेयक सरकारले तयार पारेको छ । केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारले कर र गैरकर लगाउने र उठाउने सम्बन्धमा विधेयक नेपालको संविधानको धारा १९२ अनुसार तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले प्रदेशको कर तथा गैरकरसम्बन्धी ऐन–२०७४, को मस्यौदा विधेयक तयार पारेको हो । सरकारले तयार गरेको यस विधेयक प्रदेशसभा बैठकले पारित गरेपछि लागू हुने जनाएको छ । प्रदेश सरकारले करदाता दर्ता गर्ने, कर परीक्षण तथा अनुसन्धान गर्ने कर संकलन गर्ने, कर तथा गैरकर राजस्व चुहावट गर्न आवश्यक कार्यहरु गर्नेलगायतका कामहरु गर्ने उल्लेख छ ।
प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र घर, जग्गा वा घर जग्गा रजिष्ट्रेसन गर्दा रजिष्टे«सन शुल्क लगाउने विधेयकमा उल्लेख गरिएको छ । रजिष्टे«सनबापत प्रदेश सरकारले एक प्रतिशत शुल्क लिनपाउने व्यवस्था विधेयकले गरेको छ । तर, घरजग्गा रजिष्टे«सन शुल्क महिलाको हकमा भने २५ प्रतिशत छुट हुने समेत व्यवस्था गरिएको छ ।
सो विधेयकमा प्रदेश सरकारले अब सवारीसाधन कर समेत उठाउन पाउने उल्लेख छ । यसका साथै मनोरञ्जन कर र विज्ञापन कर समेत प्रदेश सरकारले निर्धारण गरी उठाउनसक्ने भनिएको छ । साथै विज्ञापन करको हकमा अन्तर्सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम प्रदेश सरकारले स्थानीय तहमार्फत संकलन गराउनसक्ने र संकलन भएको रकम बढीमा दुई प्रतिशतले हुने प्रशासनिक खर्च कट्टा गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने सो विधेयकले व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले लगाउने भन्सार महसुल, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर (भ्याट), संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिकमा कर लगाउनसक्नेछ । त्यसैगरी गैरकरमा राहदानी शुल्क, भिसा शुल्क, पर्यटन शुल्क, सेवाशुल्क दस्तुर, जुवा र चिठ्ठा तथा क्यासिनो, दण्ड जरिवाना कर लगाउने सक्नेछ भने प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आय करसँगै गैरकरतर्फ सेवाशुल्क दस्तुर, पर्यटन शुल्क, दण्ड जरिवाना कर लगाउन सक्नेछ । यसैगरी, स्थानीय तहले सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्टे«सन शुल्क, सवारीसाधन कर, भूमिकर (मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यावसायिक कर र गैरकरतर्फ सेवाशुल्क दस्तुर, पर्यटन शुल्क, दण्ड जरिवानालगायतको कर लगाउनसक्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै