logo

गोली हानी फरार व्यक्ति हातहतियार तथा विष्फोटक पदार्थ सहित पक्राउ

काठमाडौ माघ २८
मकवानपुरका शरण गोलेलाई गोली हानी फरार भएका व्यक्ति हातहतियार तथा विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । प्रहरीले गोलेलाई गोली हानी फरार रहेका मकवानपुरका मनहरी गाउँपालिका वडा नं. ५ का ३२ बर्षिय राम बहादुर मुक्तान र उनकी श्रीमती ३० वर्षिय दिल माया मुक्तानलाई विभिन्न हातहतियार सहित पक्राउ गरेको हो । उनीहरुले गोलेलाई माघ २४ गते मकवानपुर मनहरी गाउँपालिका वडा नं.९मा रहेको सानो भावर जंगलमा गाली प्रहार गरेका थिए । छातीमा गोली लागेका गोलेको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माघ २४ गते बेलुकीको समयमा जंगलमा गोली प्रहार भई एक जना घाईते भएको भन्ने सूचना फोन मार्फत आएपछि प्रहरी त्यसतर्फ जाँदा घटनास्थल नजिकै ना ४० प ६२१५ नं. मोटरसाईकल जलेको अबस्थामा भेटिएकोले उक्त मोटर साईकल कस्को भन्ने अनुसन्धान गर्दा मनहरी गाउँपालिका वडा नं. ५ डिल्लीपुर बस्ने राम बहादुर मुक्तान र उनको श्रीमती दिलमाया मुक्तानको रहेको खुलेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन गर्दा राम बहादुर मुक्तानले आफुहरु चढेर आएको उक्त मोटरसाईकल सानो भावर जंगल नजिक बाटोमा रोकी राखेको अवस्थामा शरण गोले तथा राजु भन्ने राज कुमार तामाङ मोटरसाईकल चढी आई बिच बाटोमा मोटरसाईकल रोक्ने को हो भनि अपशब्द बोली एक थप्पड हानेकोले दुवै बिच बाद बिवाद भई हातपात हुँदा आफुले बोकेको नलकटुवा पेस्तोलबाट शरण गोलेलाई एक राउण्ड गोली प्रहार गरेको बताएका छन् । उक्त नलकटुवा पेस्तोल जंगलमा नै फालि दिएको उनले बताएका थिए । प्रहरीको टोलीले उक्त पेस्तोल खोजी गर्ने क्रममा जंगलमा रहेका बालुवा भित्र एसएल आर राइफलको गोली एक थान, ३०३ राईफलको गोली एक थान फेला परेको थियो । तर उक्त स्थानमा उनले चलाएको हतियार फेला नपरे पछि पुन सोधपुछ गर्दा उनले आफ्नो घर खानतलासी हुन सक्ने आशंका गरी आफ्नो ससुराको घर लुकाई राखेको बयान दिएका थिए ।
प्रहरीले उनको ससुराली गोपीलाल रुम्बाको घर खानतलासी गर्दा घरको माथिल्लो तलामा बोरा भित्र लुकाई छिपाई राखेको गोले माथि प्रहार भएको नलकटुवा पेस्तोल ,तयारी अवस्थाको कुकर बम एक थान ,ईन्सासको गोली राउण्ड दुई थान , आठ एमएम लेखेको गोली राउण्ड दुई थान, कुकर बम पड्काउने रिमोट एक थान, सुतली बम दुई थान, बारुद आधा किलो , डेटकट आधा मिटर , डेटोनेटर ६ थान, पहेंलो गन्धक पदार्थ एक थान, म्यासेल लेखेको व्याट्री दुई थान , गाडीको बेरिङ्गको छर्रा ११ थान, रडको टुक्रा पाँच थान ,कैची एक थान, कालो टेप एक थान, रेती एक थान , खाक्सी आधा मिटर, नेपाली सेनाका जस्तो हरियो कम्ब्याड ड्रेस थान एक थान वरामत गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै