logo

गुलियो चिनीभित्र शशिकान्तको खेल यस्तो रहेछ

रोशन कार्की
अहिलेमात्र हैन लामो समय भयो नेपालमा अधिकांश सामग्रीहरुको आयातले नै देशको दैनिकी चलेको छ । देशका जनतालाई महँगोमा अत्यावश्यक सामग्रीको बिक्री गरेर रातारात धनी बन्दै आएका केही टपरटुइयाँ व्यापारीको स्वास्र्थ पूरा गर्न र धनी बन्नका लागि देशलाई समृद्धि र आर्थिक विकास गराउँछु भन्ने दलका उच्च नेताहरुकै कारण दैनिक रुपमा मूल्यवृद्धि गरी सामग्री बेच्दासमेत सरकार कानमा तेल हालेर सुतेको छ । त्यो तेल पनि तिनै व्यापारीले दिएको कमिशनकै तेल हालेर सुतेका कारण अत्यावश्यक खाद्य पदार्थको मूल्य पछिल्लो समयमा अत्याधकिमात्रामा वृद्धि भएको छ । सोहीमध्ये केही व्यापारीको स्वार्थकै कारण भारतबाट चोरीपैठारी गरेर नेपाल भित्र्याएको चिनीलाई नेपाली उत्पादन हो भन्दै महँगोमा बेच्चे प्रपन्च अहिले खेलिएको छ । सो प्रपञ्चका मुख्य अभियुक्त हुन स्वघोषित संस्था नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल । उनी नै हुन् नेपालमा चोरीपैठारी गरी ल्याएको चिनीलाई नेपाली उत्पादनको नाम दिँदै महँगोमा बेच्चे व्यापारी । उनी आफूलाई चिनी उद्योगीको रुपमा परिचय दिए पनि आखिर उनी चोरीपैठारी गरी नेपाल भित्र्याएको चिनीलाई आफ्नो गोदाममा राखी बिक्री गर्दै आएका व्यक्ति हुन् । अत्यधिकमात्रामा चिनी आयात गरेर गोदाम भरेपछि अकुत नाफा खानकै लागि पैसाको थैली बोकेर अग्रवाल सरकारी कार्यालय धाएको धेरै भयो । उनीलगायत केही अन्य चिनी व्यापारीलाई साथमा लिएर प्रधानमन्त्रीदेखि मन्त्रालयका सहसचिवसम्मलाई रिझाउन लागिपरेका छन् ।
नेपालमा उदारीकरण, निजीकरण र बजार अर्थतन्त्रको वकालत गर्ने अर्थशास्त्रीदेखि निजी क्षेत्रलाई मनपरी मूल्यवृद्धि गरेर चरम शोषण गर्न पाउनुपर्छ भन्ने व्यापारी र उद्योगपति एकातिर उभिएका छन् भने अर्कातिर, भोकानांगा चरम गरिबीमा दिन गुजारिरहेका बहुसंख्यक गरिब किसान तथा मजदुर वर्ग विरोधमा रहेका छन् ।
मजदुरलाई स्थायी गर्दा मोटो रकम, बोनस, तलब, भत्ता तथा सामाजिक सुरक्षामा खर्च गर्ने पक्षमा छैन् सरकार तर, व्यापारीलाई सबै सुविधा दिन तयार छ । वर्षको अन्त्यमा कर छली गरेर न कर बुझाउँछन् त सस्तोमा सामान उपलब्ध गराउँछन्  । मजदुर वर्गकै रगत–पसिनाबाट निस्किने अतिरिक्त श्रमशक्तिको शोषणले अर्बपति समेत बनेकाहरुकै योजनामा पछिल्लो समयमा आएर अत्यावश्यक सामग्रीको कृत्रिम मूल्यवृद्धि गरी बिक्रीवितरण भइरहँदासमेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन् । सरकारले उद्योगीहरूको दबाबमा चिनी आयातमा भन्सार महसुल दर बढाउने तयारी गरेसँगै चिनीको खुद्रा मूल्यवृद्धि गरी बिक्रीवितरण सुरु भएको लामो समय बितिसक्दा समेत कारबाहीका लागि सरकारी पक्षबाट चासो नदेखाउँदा उपभोक्ताहरु ठगिनुपरेको छ ।
उद्योगीहरूले भन्सार शुल्क १५ बाट ५० प्रतिशत पु¥याउनुपर्ने भन्दै दबाब दिएपछि सरकारले महसुल दर बढाउने तयारी गरेसँगै मूल्यमा समेत वृद्धि हुनपुगेको हो । उपभोक्ता अधिकारकर्मीहरूले यसको विरोध गरेका छन् । उनीहरूले चिनी आयातमा भन्सार दर वृद्धि गर्दा सर्वसाधारण महँगीको मारमा परेको जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले भन्सार महसुल वृद्धि नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग माग गरेको दुई दिनपछि राजधानीमा चिनी व्यापारीहरुले पत्रकार सम्मेलन नै गरेर वृद्धि गर्न माग गरे  । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चिनीमा वृद्धि गर्नलागेको भन्सार महसुल दरलाई यथावत् नै राख्नुपर्ने माग त गरेको छ तर सरकारले सोबारे केही सुनेको छैन । भन्सार दर वृद्धि गर्दा सर्वसाधारण महँगीको मारमा पर्नेछन् ।
मञ्चले उद्योगीहरूको मागअनुसार आयात शुल्क वृद्धि गर्दा सर्वसाधारणको टाउकोमा महँगीको भार थपिनुका साथै चिनीको कालोबजारीसमेत हुनेछ । गलत उद्देश्य राखी उद्योगीले व्यक्तिगत स्वार्थपूर्तिका लागि सरकारलाई दबाब दिएर महसुल बढाउँदा बजारमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धि भइसकेको छ । चिनीको बजार मूल्य अन्तर्राष्ट्रिय बजार र छिमेकी मुलुक भारतमा समेत निकै तल झरेको अवस्थामा स्वदेशी उद्योगलाई टिकाइराख्न चिनीको आयातमा लाग्दै आएको भन्सार शुल्क १५ प्रतिशतलाई वृद्धि गरी ५० प्रतिशत पु¥याउनुपर्ने मागसहित कृषि, आपूर्ति, वाणिज्य र अर्थ मन्त्रालयमा लबिङ गर्दै आइरहेका छन् शशिकान्त । कृषि मन्त्रालयले ५० प्रतिशतमा पु¥याउन सचिवस्तरीय बैठकबाट निर्णय गरी आपूर्तिसहित वाणिज्य मन्त्रालयलाई जानकारीसमेत गराइसकेको अवस्था रहेको छ । अन्तर्राष्ट्रिय मूल्यलाई देखाएर संघले यो वर्ष स्वदेशी किसानको उखुको मूल्य तोकेको छैन । यसरी उपभोक्तालाई भार पर्ने गरी कृषि विकास मन्त्रालयले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० बढाउन सिफारिस गरेसँगै व्यापारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी मोटो थैली बोकेर कार्यकक्ष पुगे गत महिनाको अन्त्यमा । सो थैलीका बारेमा अग्रवालले ‘विफ्रिङ’ गरेसँगै अर्थमन्त्री कार्की पनि तयार भए भन्सार दर वृद्धि गर्नुपर्ने पक्षमा उभिए । मन्त्रीकै आज्ञा पाएपछि अर्थ मन्त्रालयबाट पनि कमिशनको प्रतिशत तय गरेसँगै ३० प्रतिशत वृद्धि गर्ने तयारी भएको छ । महसुल बढाउँदा चिनीमा हुनसक्ने मूल्यवृद्धिलाई ध्यान नै नदिई नेपाल चिनी उद्योग संघको लबिङमा मन्त्रालयले उद्योगीलाई फाइदा हुने गरी कदम चालेको छ । सो लबिङमा चिनी तस्करकै रुपमा परिचय बनाएका संघका अध्यक्ष अग्रवाल लागि रहेका छन् । उनीले भन्सार दर वृद्धि गर्न सकेमा सोही दरलाई आधार बनाएर चिनीको मूल्यवृद्धि गरी करोडौं रुपैयाँ नाफा खाने र देशलाई एक पैसा कर नबुझाउने तयारीसमेत अग्रवालको रहेको छ ।
सरकारले चिनी आयातमा लाग्ने भन्सार महसुल बढाए चिनी उद्योगीले आफ्नो उत्पादन महँगोमा बेच्न पाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्दै आयातित चिनीको बिक्री गर्ने भित्री योजनासमेत रहेको आरोप अन्य व्यापारीहरुको रहेको छ । चिनी उद्योगले किसानलाई समयमा उखुको भुक्तानी नदिएर दुःख दिइरहेको गुनासो आइरहेको बेला तिनै उद्योगीको पक्षमा मन्त्रालयले सिफारिस गरेको भन्दै आलोचना सुरु भएको छ । कृषि विकास मन्त्रालयले महसुल बढाउन अर्थ, वाणिज्य, उद्योग र आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । निजी क्षेत्रले ल्याउने चिनीमा सरकारले १५ प्रतिशत भन्सार महसुल लिने गरेको छ । सय रुपैयाँको चिनी आयातमा १५ रुपैयाँ भन्सार लाग्छ । मन्त्रालयको सिफारिस कार्यान्वयनमा आए सय रुपैयाँको चिनीमा २२ रुपैयाँ ५० पैसा भन्सार लाग्नेछ । त्यसले स्वतः चिनीको मूल्यवृद्धि हुनेछ भने अहिले नै बजारमा १० रुपैयाँ प्रति किलोग्राम मूल्य बढेर बिक्री सुरु भइसकेको छ । सो १० रुपैयाँको कमिशन समेत अग्रवालको भागमा जाने पक्का छ । भन्सार महसुल धेरै भएपछि आयातित चिनीको मूल्य स्वतः बढ्छ । यसो हुँदा स्वदेशी उद्योगीले आफ्नो कारखानाबाट उत्पादन हुने चिनीको मूल्य बढाउन पाउँछन् । सोही उद्देश्यका लागि चिनीको भन्सार महसुल बढाउन लबिङ गर्दै आएका उद्योगीको स्वार्थअनुकूल हुने गरी कदम चालिएको कृषि मन्त्रालयकै एक अधिकारीले बताए पनि भन्सार दर भने वृद्धि गर्नकै लागि टिप्पणीसमेत सचिवले उठाइसकेको छ  ।
भन्सार छुटमा चिनी आयात गर्ने अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी स्टक सकिनासाथ उद्योगीले भाउ बढाएर बेचेको लामो इतिहास छ । चिनीमा मूल्यवृद्धि हुने गरी महसुल बढाए जनताले धान्न सक्दैनन्, उद्योगीको मिलेमतोमा कृषि मन्त्रालयले गरेको सिफारिस फिर्ता लिनुपर्छ । उद्योगीले २० प्रतिशतभन्दा धेरै नाफा राखेर चिनी बेच्दै आएको उनले बताए । उद्योगले तय गरेको मूल्य र उत्पादन लागतको विषयमा आपूर्ति व्यवस्था विभागका उप–सचिव निरज पौडेलको संयोजकत्वमा गठित समितिले उद्योगीले धेरै नाफा खाएको भन्दै कारबाही सिफारिस गरेको थियो । उद्योगीलाई कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन नै लुकाइएको छ । उपभोक्तालाई असर पर्ने र उद्योगीको निहित स्वार्थ पूरा हुने गरी निर्णय गर्न नहुने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाको भनाइ रहेको छ । हचुवाको भरमा भन्सार महसुल बढाउन नहुने, बजार विश्लेषण गरेपछि के गर्ने भन्ने निर्णय लिनु उचित हुँदैन । चिनीको मूल्य नियन्त्रण गर्न सरकारले न्यून भन्सार दरमा ५० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिने गरेको छ । दुई–चारवटा चिनी उद्योगको मागका आधारमा महसुल बढाउन नहुने कर्पाेरेसनको भनाइ रहेको छ । अचेल चिनी खुद्रा किलोको ९० रुपैयाँमा बिक्री भइरहेको छ । यो वर्ष आयात गर्ने लक्ष्य रहेको ५० हजार टनमध्ये ३७ हजार पाँच सय टन चिनी आयात भइसकेको छ । कृषि मन्त्रालयका अनुसार नेपाल चिनी उद्योगी संघका अध्यक्ष अग्रवाल र केही व्यापारीको मिलिमतोमा महसुल बढाउन लागेको जनाएको छ । यसैबीच, मोरङ व्यापार संघका अध्यक्ष एवम् पूर्वसांसद् पवनकुमार सारडाले चिनीमा भन्सार दर नबढाउन आग्रह गरे पनि सरकार भने ३० प्रतिशत बढाउने योजनामा रहेको छ । भन्सार दर बढाइएमा भारतबाट अवैध पैठारी बढ्ने उनको दाबी छ । नेपालमा भन्सार महसुल बढाएर चिनी महँगो पार्नेबित्तिकै भारतबाट धमाधम अवैध पैठारी हुनथाल्ने अध्यक्ष सारडाको भनाइ रहेको छ । चिनी उत्पादक संघको दबाबमा कृषि विकास मन्त्रालयले चिनीको भन्सार महसुललाई ५० प्रतिशत गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । यसो गरेमा चिनीको मूल्य प्रतिकिलोग्राम १५ रुपैयाँले वृद्धि हुनेछ ।
यसरी चिनीमा खेलिएको खेलमा आफूलाई वरिष्ठ आर्थिक पत्रकार भन्न रुचाउनेहरु भने मूल्यवृद्धिको पक्षमा उभिएका छन् । र ब्यानर समाचार लेखेर केही व्यापारीको स्वार्थ पूरा पहिला गर्ने अनि पछि लामो समय सोही कार्यको ब्याज खाने तयारीमा लागेका हाम्रा पत्रकारहरुसमेत पछिल्लो समय गैरपत्रकारितामा डुब्न थालेको प्रष्ट भएको छ । जय होस् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै