logo

तिलोत्तमा १३ को वडा कार्यालय स्थानान्तरण

महानगरपालिका बन्दैछ तिलोत्तमा

 


पोसकान्त पोखरेल
माघ २८, बुटवल

 रुपन्देहीको तिलोत्तमा नगरपालिका बुटवल देखि बेलहिया सम्म महानगर बनाउने योजना रहेकोले छिट्टै महानगरपालिका बन्ने नगर प्रमुख बासुदेव घिमिरेले बताएका छन् । घिमिरेले तिलोत्तमा १४ मा अवस्थित साविक टिकुलीगढ गाविसमा रहेका १३ र १४ दुईवटा वडा कार्यालयहरु मध्ये वडा नं. १३ को अस्थायी वडा कार्यालय तिलोत्तमा १३ बनकट्टीमा स्थानान्तरण गरी अस्थाई वडा कार्यालयको उद्घाटनको क्रममा उक्त कुरा बताएका हुन ।


तिलोत्तमा १३ का वडाध्यक्ष गणेश न्यौपानेको अध्यक्षता, नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख अतिथ्यता र नगर उप–प्रमुख जागेश्वरी चौधरीको विशिष्ठ आतिथ्यमा भएको अस्थाई वडा कार्यालय उद्घाटन समारोहमा नगरप्रमुख घिमिरेले १३ न.. वडाको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा केही असहजता आएपनि वडा भवनको लागि ५० लाख बजेट विनियोजन गरिसकेकोले समयमै वडा भवन निर्माण कार्य विवाद रहीत तरिकाले सबैलाई केन्द्र पर्ने गरि स्थान तोकेर वडामा परेको बजेट चालू आवमै छुट्याईएको विकास निर्माण क्षेत्रमा लगाएर जनतालाई राहत मिल्ने तरिकाले कार्य सम्पादन गर्नु पर्ने धारणा राखे । सोही क्रममा घिमिरेले नगरपालिकाको कुञ्जलापुरमा रहेको नौं विगाह क्षेत्रमा नगरपालिकाको आफ्नै भवन निर्माण र कम्तीमा पनि एक हजार जना अट्ने अतिथी गृहको निर्माण कार्य सुरुको चरणमा रहेको जानकारी गराउँदै घिमिरेले ५ नं. प्रदेशको अस्थाई राजधानी रुपन्देहीलाई तोकिनु सौभाग्य भएको र त्यसैमा पनि दुई÷तीन वटा मन्त्रालय तिलोत्तमा नगरपालिकामा राख्नु पर्ने नगरपालिकाको योजना सफल भए रुपन्देहीको मुटु तिलोत्तमा नगरपालिकालाई विकास निर्माणमा थप उर्जा मिल्ने बताए ।


त्यसैगरी घिमिरेले नगरपालिकाबाट विभिन्न दुईदर्जन भन्दा बढी ऐन तथा नितीनियम एवं सम्युक्त निर्देशिका जारी भै सकेकोले सबैले उक्त नीति नियमको परिधी भित्र रहेर कार्य गर्नुको साथै कही कतैबाट घुषपैठ जस्ता अराजकता निम्त्याउने गतिविधीहरु भए स–प्रमाण जानकारी दिए प्रचलित कानुन अनुसार दोषी उपर कारवाही गरी सर्वसाधारणलाई सहज रुपमा सेवा प्राप्त गर्ने वातावरणको अनुभूती दिलाएर कार्य गर्ने तर्फ स्थानिय जनप्रतिनिधी सधै तम्तयार रहनुपर्ने धारणा राखे ।


सोही उद्घाटन समारोहमा तिलोत्तमा १४ वडाध्यक्ष सोहन प्रसाद थारुले तिलोत्तमा १३ र १४को केन्द्र विन्दुमा पर्ने गरी वसपार्कको निर्माण गर्न नगरप्रमुख सँग आग्रह गरे भने १३ का वडाध्यक्ष गणेश न्यौपानेले कर्मचारी अभावको कारणले वडा कार्यालय सार्न केही ढिलाई भएको बताउँदै आफ्नै नयाँ भवन नबन्दाको केही समय अस्थाईमै रहेपनि अबको १०/१५ दिन भित्र स्थाईवडा कार्यालय रहने स्थान एकिन गरी छिट्टै सिलन्यास गर्ने योजनामा सहमती र स्थान खोज्ने कार्यमा वडा अग्रसर रहेको जानकारी गराए । न्यौपानेले तिलोत्तमा १३ नमिलेको वार्ड भएको अभगत गराउँदै वडा कार्यालयको लागि धेरै विवाद भएपनि सबैको सहमती र साझा धारणमा आधारित भै विवाद रहीत ढंगले कार्यालय राख्नु पर्ने वडावासी सबैको कर्तव्य भएको बताए ।


न्यौपानेले भने– हामी विकास गर्ने नै हो भने विकास प्रेमी विकासको लागि जुधेर भन्दा बुझेर अगाडी बढ्नु पर्छ तब मात्र विकास निर्माणले कोल्टे फेर्न सक्छ । साच्ची नै हामी हाम्रो समाज र समुदाय निर्माणमा एक ढिक्का भएर अरुलाई प्रेरणा मिल्ने गरी कार्य गरेर एउटा उदाहरणीय वडा निर्माणमा लागि प¥यौं भने उक्त कुराको हामीबाट धेरैले पाठ सिक्दछन् । नगरपालिकाले भर्खरै जारी गरेका निती नियम अर्थात नगर निर्देशिकामा कतै कतै विरोधका आवजहरु पनि निस्किएका छन् । हो कसैलाई कुनै कुरा चित्त बुझेन भने विरोध गर्न पाईन्छ तर कुन कुरा चित्त नबुझेको हो त्यो स्पष्ट पारेर सरोकारवाला सँग टेवलटक गर्नु प-यो । होईन भने हल्लाको भरमा सल्लाह गरेर समाजलाई आतंकित पार्ने कार्य गर्नु भएन । यसले समाजलाई विकास भन्दा विनासको बाटोमा डो-याउँछ । हो, नीति–नियम निर्माण क्रममा केही त्रुटीहरु हुन सक्छन् । ति त्रुटीहरुलाई औल्याएर सुधारात्मक रुपमा कसरी अगाडी बढ्न सकिन्छ भनेर समस्याको निकासमा लागे मात्र निर्धारित समयमै विकास निर्माणमा समाज परिवर्तनको ढोका खोल्न सकिन्छ ।


१३/१४का वडा सचिव हेमलाल भुषालको सञ्चालनमा रहेको उक्त वडा कार्यालय उद्घाटन समारोहमा वडा नं. १३ का वडा सदस्य धनबहादुर खड्काको स्वागत मन्तव्य र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा, अमृत भट्टराई, श्याम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापारी पोद्दारको अपार्टमेन्टमा छापा

३३ किलो सुन प्रकरणमा मुछिएका व्यापारी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारिएको छ । सुन तस्करीबारे अनुसन्धान...

३३ किलो सुन प्रकरणमा व्यापारी विमल पोद्दार पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा भारतीय मूलका व्यापारी विमल पोद्दार पक्राउ परेका छन् । पोद्दारलाई नेपालमा संगठित...

हुण्डी कारोबारी सेठिया अदालतको आदेशबाट थुनामुक्त

गत असोज २९ गते पक्राउ परेका हुण्डीकारोबारी अनुपचन्द्र सेठिया र उनका सहोदर भतिजा ललित सेठियालाई जिल्ला अदालत...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै