logo
565 x 90 pixel-01.png

राजेश हमालले गरे ‘द अर्थ’को विमोचन

काठमाडौ माघ २८
काठमाडौं, नेपाली चलचित्र क्षेत्रका महानायकका रुपमा चिनिएका नायक राजेश हमालले लक्षुप्रकाश मल्लको संसारकै सबैभन्दा लामो गीत ‘आई लभ यु द अर्थ’को म्युजिक भिडियो गत माघ २६ गते काठमाडौंंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा एक विशेष कार्यक्रमका बीच करुवाबाट पानी खन्याएर विमोचन गरेका छन् ।
निर्धारित समयभन्दा केही ढिलो सुरु भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै विश्वमा अहिलेसम्मकै लामो गीत बनेको र यो गीत केवल मनोरञ्जन दिने गीतमात्रै नभएर यसभित्र हाम्रो ऐतिहासिकता झल्किनुका साथै राजनीतिक प्रतिशोध, रिस, आवेग भरिएको वर्तमान समाजमा हिटलरदेखि गान्धीसम्मलाई ‘आई लभ यु’ भनेर एउटै सद्भाव प्रकट गरेर विश्व सद्भाव फैलाउनमा सहयोग पु¥याउने भन्दै गायक तथा सर्जक मल्ल तथा निर्माण तथा वितरक कम्पनी धिताल फिल्मस्को खुलेरै तारिफ गरे ।
सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथिको मन्तव्य राख्दै रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले गायक सर्जक मल्लको फरक शैलीको गायनको तारिफ गर्दै यस गीतलाई विश्व रेकर्ड गराउने अभियानमा सबै क्षेत्रको सहयोग चाहिने र आफूले पनि यो अभियानमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरे । यस्तै सोही अवसरमा नायक राजेश हमालतिर लक्षित गर्दै अब बिग्रिन लागेको देशको राजनीतिमा कलाकार लागेर जोगाउनुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्री बन्नका लागि पनि योग्य राजनेता राजेश हमाल भएको र अहिले राष्ट्रियसभामा मनोनीत गर्ने तीन जनामध्येमा एउटा कलाकारका तर्फबाट राजेश हमाललाई मनोनीत गराउनमा दबाब दिने उद्घोषसमेत उनले गरे ।
गायक रेशम सापकोटा, सञ्चारकर्मी तथा कलाकार अशोक धिताल, निर्देशक मिलन श्रेष्ठ, पत्रकार तथा कलाकार सुदर्शन आचार्य, पत्रकार तथा गायक, सर्जक रामप्रसाद पाठक, पत्रकार प्रकाश बराइलीलगायतका अतिथि रहेको कार्यक्रमको अध्यक्षता धिताल फिल्मस्का प्रबन्ध निर्देशक तथा विमोचित गीतका निर्माता तथा वितरक होम धितालले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रमा सो गीतको रेकर्डदेखि म्युजिक भिडियो निर्माण सम्पन्न गर्नेसम्ममा सहयोग पु¥याउने विभिन्न प्रतिभाहरुलाई कार्यक्रका प्रमुख अतिथि तथा नायक हमालले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा सोही गीतको म्युजिक भिडियोे संक्षेपमा देखाइएको थियो । सो अवसरमा म्युजिक भिडियोमा नेपाली चलचित्रका अभिनेतामा ‘आई लभ यु’ राजेश हमाल भन्दा नायक हमालको ओठमा मन्द मुस्कान छरिएको थियो भने उपस्थित सबैबाट तालीको फोहोरा निस्किएको थियो । अहिलेसम्म रिलिज भएका संसारकै लामो गीत दाबी गरिएको ‘आई लभ यु द अर्थ’ ५ घण्टा १४ मिनेट २३ सेकेन्डको रहेको छ र यो गीतलाई विमोचनपश्चात अब गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने अभियानको तयारीमा रहेको यस गीतका वितरक तथा कम्पनीका निर्देशक होम धितालले जानकारी दिए । पर्वतको वाजुङमा जन्मेर विगत लामो समयदेखि नेपाली लोकदोहोरी गायनबाट कलायात्रा सुरु गरेका मल्ल पछल्लो समयमा गायक, सर्जक, एरेन्जर तथा संगीतकारको रुपमा समेत सक्रिय रहेका छन् ।
यस गीतको छायाङ्कन करण चैसुरको रहेको छ भने सम्पादन रोशन धितालको रहेको छ । विग परिवेश स्टुडियोमा रेकर्डिङ सम्पन्न यस गीतको रेकर्डिङ जीवन वडुले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका हुन् । गीत, संगीत, एरेन्ज स्वर सबै बहुप्रतिभाका धनी लक्षुप्रकाश मल्लको रहेको छ भने शब्द संयोजनमा सुमन थापा मगरले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै