logo

२३ औं शीतकालीन ओलम्पिक

शुक्रबारबाट दक्षिण कोरियाको प्योङचाङमा शीतकालिन ओलम्पिक सुरु भएको छ । यसअघि सन् १९९८ को गृष्मकालीन ओलम्पिकको सफल आयोजना गरेको दक्षिण कोरियाले शीतकालीन ओलम्पिकको २३औँ संस्करण आयोजना गर्न तम्सिनु इतिहासमै पहिलो घटना थियो । दक्षिण कोरिया सन् २०११ को जुलाईमा स्थान तय भएदेखि ओलम्पिकको तयारीमा जुटेको थियो । उद्घाटन समारोहमा आयोजक दक्षिण कोरियाले छिमेकी राष्ट्र उत्तर कोरियासँग एकताको नमुना पेश गरेको छ । उनीहरूका खेलाडीले दुबै कोरियाबीचको तनावमा पनि एउटै झण्डामुनि मार्च पास गरेका छन् । उत्तर कोरियाको आइस हकी खेलाडी चुंग गुम ह्वांग र दक्षिण कोरियाका बबस्लेडर वोन युन जोंगले सँगै झण्डा बोकेका थिए । यो विषयमा प्रतिक्रिया दिंदै ओलम्पिक अध्यक्ष थोमस बचले विभाजित गर्ने चाहेका शक्तिभन्दा हामी बलिया भएको बताएका छन् । ओलम्पिक रंगशालाभित्र ३५ हजार दर्शकले २ घण्टा अवधिको उद्घाटन समारोह रमाइलो गरेर हेरेका थिए ।
लामो समयदेखि तनावको घेरामा रहेको कोरियाली प्रायद्विप यस पटक भने खेलकुदले केही शान्त बनेको छ । कतिपयले यो खेललाई प्रतियोगिता मात्रै नभई पारस्पिरिक सम्बन्ध स्थापनाको उद्गम बिन्दुसमेत मानेका छन् । पछिल्लो २ वर्षमा भएको उच्च तहको वार्तापछि उत्तर कोरिया प्योङचाङ आउन तयार भएको हो । उसले ५ खेलमा २२ खेलाडीलाई मैदानमा उतार्दैछ । तर उद्घाटन सत्रमा ती खेलाडीहरुले आफ्नो झण्डामुनि मार्चपास गरेनन् । कारण राजनीतिक विषयले उठान गरेको द्वन्द्वको घाउमा मलहम लगाउन दुवै कारियाका ओलम्पिक कमिटी सहमत भएपछि उनीहरुले संयुक्त झण्डामुनि मार्च पास गरेका हुन् । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने ओलम्पिकमा ५ खेलका लागि २२ खेलाडीलाई पठाएको छ । जसमा महिलाको आइस हकी खेलाडीले संयुक्त कोरियन टोलीबाट सहभागीता जनाउँदै छन् । संयुक्त रुपमा उनीहरूले गत आइतबार स्वीडेनविरुद्ध अभ्यास म्याच पनि खेलेका थिए । जसमा उनीहरू ३–१ ले पराजित भएका थिए ।
ओलम्पिक उद्घाटन समारोहमा १ हजार २ सय १८ ड्रोन प्रयोग गरिएको थियो । जुन नयाँ गिनिज वल्र्ड रेकर्डसमेत बनेको छ । १८ दिनसम्म चल्ने यस प्रतियोगितामा २ हजार ९ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसअन्तर्गत १ सय २ स्वर्ण पदकका लागि हिउँसँग सम्बन्धित १५ खेलहरू खेलाइने छ । कुल ९३ झन्डामुनि हुने उक्त प्रतियोगितामा यसपटक इक्वेडोर, इरिटिरिया, कोसोभो, मलेसिया, नाइजेरिया र सिंगापुरले पहिलो पटक प्रतिस्पर्धा गर्दै छन् ।
जारी हिउँदे ओलम्पिकको चुनौतीका रुपमा नोरो भाइरसलाई लिइएको छ । बिहीबारसम्म नोरो भाइरसबाट ८६ जना संक्रमित भएको पुष्टि गरिएको छ । तर तीमध्ये कोही पनि खेलाडी परेका छैनन् । केसीडीपीका अनुसार संक्रमित ८६ मध्ये ५८ जना सुरक्षा दलका सदस्य रहेको बताइएको छ । त्यस्तै १२ जना प्रहरी र ७ जना ओलम्पिक कमिटीको कार्यसमितिका सदस्य रहेको जनाइएको छ । नोरो भाइरस खाध सामाग्रीको कारणबाट फैलिएको आशंका गरिएको छ । ओलम्पिकबाट प्रतिबन्धित भएका रसियन खेलाडीले तटस्थ ओलम्पिक झण्डामुनि मार्च पास गरेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलकुदका लागि १ सय ६९ जना रसियालीहरूलाई निमन्त्रणा दिएको थियो । कोरिया पुगेका ती सबै रसियाली खेलाडीका लागि उचित बन्दोबस्तसमेत गरिएको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीले डोपिंगमा दोषी करार गर्दै रसियालाई यस प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको थियो । तर अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले डोपिंग गरेको प्रमाण अपुग भएको कारण उनीहरूलाई क्लिन चिट दिएको थियो । जसका कारण तटस्थ ओलम्पिक झन्डामुनि उनीहरूले प्रतिस्पर्धा गर्ने अनुमति पाएका हुन् ।
करिब २ सय ८० भन्दा बढी सदस्य रहेको सो प्रतिनिधिमण्डलमा उत्तर कोरियाका खेलकुद मन्त्री किम गुक, ओलम्पिक कमिटिका ४ पदाधिकारी, २ सय २९ चेयरलिडर, २६ जना तेक्वान्दो प्रशिक्षक तथा २१ जना पत्रकार तथा चर्चित सांस्कृतिक टोलीसमेत रहेका छन् । अघिल्लो संस्करण सन् २०१४ मा रसियाले ओलम्पिकको सफल आयोजना गरेको थियो । सफल आयोजनाको लागि उसले निकै चर्चा कमायो तर डोपिङ (खेलका क्रममा खेलाडीले शक्तिवर्द्धक औषधि सेवन गर्नु) प्रकरणले रसियाको ओलम्पिक कमिटि नै निलम्बनमा प¥यो । धेरै खेलाडीलाई आजिवन प्रतिबन्ध नै लगाइयो । ४७ खेलाडी तथा प्रशिक्षकले आफूलाई प्रतियोगितामा सहभागी हुन नपाउने निर्णयका विरुद्ध अपिल गरेका थिए। जसमध्ये २८ खेलाडीलाई अघिल्लो साता मात्रै अदालतले आजीवन प्रतिबन्ध हटाएको थियो । सोही कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्योङच्याङ ओलम्पिकमा रसियाली खेलाडीलाई आफ्नै झन्डामुनि खेल्नसमेत रोक लगाएको छ । उनीहरु स्वतन्त्र खेलाडीको रुपमा नै प्रतियोगितामा सामेल हुनेछन् । अब रसियाका कुल १ सय ६९ खेलाडी ‘ओलम्पिक एथलेट्स फ्रम रसिया’ शीर्षकमा स्वतन्त्र खेलाडीको रुपमा प्रतियोगिताका विभिन्न स्पर्धामा देखिनेछन् ।
सन् १९९९ मा ब्रिटिस ओलम्पिक कमिटी र आयरल्यान्ड ओलम्पिक टिमले एउटै ब्रान्ड बनाएर शीतकालिन ओलम्पिकमा सहभागिता जनाउन थाले । जसलाई ‘टिम जिबी’को नामले चिनिन्छ । सो टोलीले शीतकालीन ओलम्पिकका हरेक संस्करणमा आफ्नो दबदबा कायम गर्दै आएका छन्। सोही इतिहासलाई दोहोर्याउँदै उनीहरुले यस पटक रेकर्ड राख्ने गरी प्योङचाङ यात्रा थालेको बताएका छन् । हालसम्म अधिकतम ४ स्वर्ण पदक जितेको सो टिमले यस पटक स्वर्ण संख्या ५ पुर्याउने लक्ष्य लिएको छ । टिम जिबीले अल्पाइन स्किङ, बोब्सलेघ, क्रस कन्ट्री स्किङ, कर्लिङ, फ्रिस्टाइल स्किङ, सर्ट ट्रयाक, स्केलेटन, स्नोबोर्डिङ गरि ८ खेलमा आफ्नो दाबेदारी पेश गर्नेछ ।
शीतकालिन ओलम्पिकको कोरियन संस्करणमा ९२ राष्ट्रले सहभागिता जनाउँदैछन् । तीमध्ये पनि ६ राष्ट्रको भने ओलम्पिकमा पहिलो यात्रा हुनेछ । इक्वेडर, इरिट्रिया, कोसोभो, मलेसिया, नाइजेरिया र सिंगापुरले आफ्नो पहिलो ओलम्पिक यात्रालाई सुखद बनाउन प्रयास गर्नेछन् । आइओसीका अनुसार नेपालसहित ११ देश जो अघिल्लो संस्करणमा सहभागी भए पनि यस पटक प्योङच्याङमा देखिने छैनन् । तर सोची ओलम्पिकमा नदेखिएका १६ राष्ट्रको झण्डा भने कोरियामा फहरिनेछ । दर्शक तथा प्रशंसकहरुलाई हिट प्याड, ब्लांकेट, वार्म सुट र रेनकोर्ट लगाएर रंगशालामा उपस्थित हुन आयोजकले सूचित गरेको छ । किनकि खेलका दौरान प्योङचाङमा ओलम्पिक इतिहासमै सबैभन्दा कम तापक्रम हुने आंकलन गरिएको छ । खेलहरु मुख्यतया २ स्थानमा हुने बताइएको छ । एक पहाडी रिसोर्टहरु भएको अल्पेनसिया र अर्को समुन्द्र किनारमा रहेको ग्याङनियोङ । ग्याङनियोङमा औसतमा माइनस २ देखि ६ सम्मको तापक्रम रहने भए तापनि पहाडी इलाका भएका कारण यहाँ चल्ने हावाले गर्दा माइनस २५ डिग्री सेल्सियस तापक्रमको अनुभव हुन्छ । यसअघि सन् १९९४ मा नर्वेको लिलेह्याम्मरमा भएको ओलम्पिकमा तापक्रम माइनस ११ सम्म झरेको थियो । शुक्रबार उद्घाटन गरिएको अल्पेनसियाको उत्तरपूर्वमा रहेको ओलम्पिक रंगशालामा ३५ हजार सिटहरु खुल्ला आकाशमुनि नै बनाइएको छ । २४ अक्टोबर २०१७ मा ग्रिसबाट सुरु भएको ओलम्पिक बत्तीको रिले दौडले आज कोरियाको प्योङचाङमा गएर विश्राम लिनेछ । विभिन्न राष्ट्रको भ्रमणपछि ओलम्पिक टर्चले २०१७ को नोभेम्बर १ मा मात्रै दक्षिण कोरियामा प्रवेश पाएको थियो । पछिल्लो १ सय १ दिनको कोरिया यात्रामा ७ करोड ५० लाख कोरियाली जनसंख्याको प्रतिनिधित्व गर्दै ७ हजार ५ सय जनाले सो टर्च बोकेका थिए । विश्वयात्राका क्रममा ओलम्पिक टर्चलाई विभिन्न यातायातका साधनहरु टर्टल सिप, साइबोट, मरिन केवलकार, जिप वायर, स्टिम ट्रेन, मरिन रेल बाइक, याचतलगायतमा राखेर भ्रमण गराइएको थियो। कोरियाको जेजु र देइजेनमा त राबोटलाई समेत टर्च रिलेमा सहभागी गराइएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै