logo

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

नवलपरासी, माघ २७ 

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र सिंगो अष्टधातु रहेको स्थल मानिन्छ । चीनले ठूलो आर्थिक लगानी गरेर निर्माणको काम अघि बढाएपछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । रामग्राम स्तूप आसपासमा चिनियाँ सरकारबाट आर्थिक लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

“सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ, भौतिक संरचना निमार्णका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तूप आसपासका क्षेत्रमा जग्गा उपलब्ध गराउने छ । नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्ने काम शुरु गरिसकेको छ,” उनले भने । चीनको सरकारी स्वामित्वमा रहेको चीन–नेपाल सांस्कृतिक केन्द्र र रामग्राम नगपालिकाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर सँगै काम शुरु गरिएको गुप्ताले बताए । चीनको बेइजिङस्थित बाउची शहरको समन्वयमा तथा रामग्राम नगरपालिकाको सहकार्यमा रामग्राम स्तूपको सेरोफेरोमा पर्यटकीयस्थल निर्माणका लागि सहमति भएको हो । रामग्राम स्तूपको मुख्यबाहेक अन्य क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण अघि बढाइएको नगरपालिकाकी उपप्रमुख रम्भा कँुवरले बताए । सो क्षेत्रमा पर्यटकीय संरचना तयार भएपछि आगामी सम्झौता अनुसार सो पर्यटकीय क्षेत्रको आम्दानीलाई रामग्राम नगरपालिका र चीन– नेपाल सांस्कृतिक केन्द्रको संस्थागत पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिनेछ ।

स्तूपको मुख्यवाहेक अन्य आसपासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न पार्क, भ्यू टावर, वाटर फाउण्डेसन तथा मल्टिप्रयोगका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाका इञ्जिनियर शतिसकुमार गुप्ताले जानकारी दिए । भ्रमणका क्रममा एक साताअघि चीन पुगेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता नेतृत्वको टोलीसँग बाउची शहरका प्रमुख मिस्टर माँ र अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ कोनले पर्यटकीयस्थल निर्माणका विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । “चिनियाँ सरकारले नेपालमा पर्यटकीय क्षेत्रमा यस्तो ठूलो लगानी गर्नु सकारात्मक कुरा हो,” यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताए । चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धनमा आगामी दिनमा थप लगानी गर्ने उनको विश्वास छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

धुर्कोटमा गाउँसभा सुरु , अब पशुलाई समेत सुत्केरी भत्ता

गुल्मीको धुर्कोट गाउँपालिकाको तेस्रो गाउँसभा बिहीबारदेखि सुरु भएको छ । गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका...

नेपाल आउने विदेशी पर्यटक बढे

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९।६ प्रतिशतले वृद्धि...

नेपालका जाति, भाषा र पर्व–६

नेपाल अधिराज्यका हालका पहाडी क्षेत्रहरुलाई कुनै बखत किराँती प्रदेश भनेर भन्ने गरिन्थ्यो । त्यसको निरन्तरताको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै