logo

‘सहकारीमा कालो धन छैन’

काठमाडौ माघ २६
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कालो धनले कुनै पनि देश चल्न नसक्ने भन्दै सहकारीमा कालो धन नभएको दाबी गरेका छन् ।
कालो धन खुट्टामा जन्जिर लगाए जस्तै भएको भन्दै अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको बताए । सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण लागु हुनु स्वागत योग्य रहेको उनले बताए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बडालले सहकारीमा सम्पत्ति सुद्धिकरण लागू हुनु आपत्तिजक विषय नभएको बताए । सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको भन्दै उनले सम्पत्ति सुद्धिकरणले सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्न सहयोग गर्ने बताए ।
राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्न लाग्नुपर्ने बताए । कार्यान्ववयन चुनौती भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उनको भनाई थियो । निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न वाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने बताए । ‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण ऐन लागू नहुनु दुःखद् कुरा हो’ नेपालले भने , ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ ।’ राष्ट्र बैंक अन्र्तगत वित्तीय इकाई भएपनि मनी लाउन्डरिङको रिपोर्ट लिने माध्यम मात्र भएको र इकाईमा गभर्नरको समेत कुनै अधिकार र जिम्मेवारी नहुने उनले स्पष्ट पारे । सहकारीमा अनुगमन प्रभावकारी हुन नसकेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति सुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गरेका छन् । ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मक रुपमा बढी विकृती भएको बताउँदै निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताए । सम्पत्ति सुद्धिकरण शिक्षा देशभरका सहकारीमा लागु गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘कानुन, नीति, नियम स्वीकार नगर्ने सहकारीहरु सहकारी नै होइन’ उनले भने , ‘कतिपय सहकारी नीति, नियममा बस्नुपर्ने भएकाले नेफ्स्कुनको सदस्य समेत बन्नेका छैनन् ।’
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सम्पत्ति सुद्धिकरण निर्देशिका कमाई खाने भाडोँ बन्न नहुने बताएका छन् । विभागद्वारा जारी भएका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको र निर्देशिका कार्यान्वयन गर्न विभाग र सहकारीकर्मीहरु एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै