logo

घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्वारा सिरियाको निन्दा , यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया

सिन्ह्वा
संयुक्त राष्ट्रसंघ, माघ २४
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले यस्तो कार्य मानवीय आधारभूत अधिकारका विरुद्धको कार्य भन्दै नागरिकको बाच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथि यस्तो हतियारको प्रयोग गर्नु भनेको पनि जघन्य अपराध भएको बताएका छन् । गत हप्ता मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो । तर यस आरोपको सिरियाको सरकारले भने खण्डन गरेको थियो । अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोही विरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिले देखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।  महासचिव गुथ्रेसका प्रवक्ता फराह हकद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली सरकारले सेनाले पछिल्लो समयमा जारी राखेको सिरियाली उत्तरी प्रान्त इडलिब लगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको उल्लेख गरिएको छ । यस्ता हातहतियारको प्रयोगको बारेमा सिरिया माथि हदैसम्मको कारबाही गरिने महासचिव गुथ्रेसले बताएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाख भन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।  राष्ट्रसंघको शरणार्थी सम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजार भन्दा बढी सिरियाली विस्थापित भएका छन् । ती क्षेत्रमा जारी कारबाहीका क्रममा अरु पनि कैयौँ नागरिक मारिएका छन् । उनीहरुमा यस्ता घातक हतियारको प्रयोग भएको पाइएको पनि अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यस विषयमा अनुसन्धान भने जारी रहेको छ ।
सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका तीन लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।

संयुक्त राष्ट्रसंघका अनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापित मध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।  उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।

यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया

यसैबीच सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ ।
अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । सिरियाली विदेशमन्त्रालयले हालै मात्र एक विज्ञप्ति जारी गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ । आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको स्पष्ट समेत पारेको छ । सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिले देखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै