logo

प्रधानमन्त्रिको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

काठमाडौं माघ २४ 

प्रजातन्त्र दिवश भव्य रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवश मूल आयोजक समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ । फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृह मन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।

फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ । टुँडिखेलमा आयोजना हुने ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवशमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्री लगायतको उपस्थिति रहनेछ । राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जंगी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्यरुपमा कार्यक्रम मनाउने बैठकले निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण देशवासीको सहभागितामा प्रजातन्त्र दिवश मनाइने बताए । उनले प्रजातन्त्र दिवश मनाउन गठन गरिएका समिति र उपसमितिले आवश्यक तयारी र व्यवस्थापनका कामलाई तीव्रता दिने बताएका छन् । तीन तहको निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै अब मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने उनले बताए । २००७ फागुन ७ गते १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ । रासस

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपाली...

विदेशीहरुको निशानामा नेपाली बैंकहरु

विदेशी ह्याकरहरुले नेपाली बैंक र नेपाली नागरिकको खातालाई निशाना बनाउने क्रम बढेको छ । नेपालका बैंकहरुको...

मदिरा बेच्न पाउनपर्ने भन्दै व्यापारी आन्दोलनमा

बझाङको दोस्रो सभाले जिल्लाभरि मदिरा पूर्णरुपले बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै