logo

मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

एएफपी

माले, माघ २३ 
केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वोच्च अदालतलाई मङ्गलबार बिहानै देखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ । गएको बिहीबारदेखि सुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ । मङ्गलबार बिहान प्राप्त समाचारअनुसार मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उहाँको निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको समाचारमा जनाइएको छ । आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो । सो निर्देशनबमोजिम सोमबार दिउँसैदेखि यहाँको प्रहरी सक्रिय भएको थियो । मालदिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको थियो ।

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो । सोमबारै मध्यराति राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पनि पक्राउ गर्न आदेश दिएका थिए । सोही आदेश बमोजिम नै पूर्व राष्ट्रपति गैयुमलाई मध्यरातमा उनको निवासबाट पक्राउ गरेर राजधानी माले पु¥याएको समाचारमा जनाइएको छ । उनी हाल प्रहरी हिरासतमा रहेका छन् ।

उनले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गरेका थिए । । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा भने उनी पराजित हुन पुगे ।  ‘मैले पक्राउ गर्नुपर्ने त्यस्तो कुनै काम गरेको छैन, तर सरकारले पक्राउ गरेर थुनामा राखेको देख्दा मलाई अचम्म लागेको छ’, उनले आफ्ना समर्थकहरुलाई दिएको भिडियो सन्देशमा भनिएको छ । पक्राउ परेका पूर्व राष्ट्रपति गैयुम वर्तमान राष्ट्रपति यामिनका सौतेला दाजु हुन् । उनी अहिले सम्म कै मालदिभ्स्मा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति समेत हुन । अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमको आलोचना गर्दै आएको थियो । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उनलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि सोमबार गरिएको थियो ।त्यसैले त्यस अगावै सरकारले सोमबारै अपरान्हतिर संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा काम गर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ ।

उता पूर्व राष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताहरुले उनलाई रिहा गर्नुपर्ने माग गर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् । कैयौँ स्थानमा प्रहरी सँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानै देखि प्रदर्शनहरु हुने गरेका छन् । नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका हुन । तर उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ मार्फत हटाइएको थियो । मङ्गलबार बिहान प्रधानन्यायाधीशलाई पक्राउ गर्नु अगावै सर्वोच्च अदातलमा प्रहरीले घेरा हालेको थियो । अहिले पनि अदालत बाहिर प्रहरीको निकै बाक्लो उपस्थिति रहेको बताइएको छ । संसदमा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । त्यसैले पनि राष्ट्रपतिले विपक्षी नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।  तर पनि यहाँका सुरक्षा अंगहरुलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरु भएमा त्यसमा संलग्नहरुलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै