logo

दोलखामा तीन करोडको किबी फल उत्पादन

नवराज शिवाकोटी
दोलखा, माघ २३
दोलखामा यस वर्ष झण्डै तीन करोड मूल्यको किबी फल उत्पादन भएको छ । किबी फलको खेतीतर्फ किसानहरुको बढ्दो आकर्षणका कारण यसको उत्पादनमा वृद्धि भएको हो ।
जिल्ला कृषि विकास कार्यालय दोलखाका अनुसार यस वर्ष दुई करोड ८२ लाख रुपैयाँ मूल्यबराबरको ९४ मेट्रिक टन किबी फल उत्पादन भएको छ । गत आर्थिक वर्षमा ७८ मेट्रिक टन उत्पादन भएको थियो । यो आर्थिक वर्षमा गत आर्थिक वर्षभन्दा १६ मेट्रिक टन बढी उत्पादन भएको हो । किबी फल खेतीतर्फ किसानहरुको आकर्षण बढी रहेकोले यसको उत्पादन आगामी वर्षमा अझै बढेर जाने जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायण कुमार श्रेष्ठ बताउँछन् । अहिले जिल्लामा हिमाली आयोजना, प्रधानमन्त्री कृषि ब्लक तथा पकेट क्षेत्र कार्यक्रममार्फत तथा व्यक्तिगत रुपमा समेत किसानहरु किबी खेतीतर्फ लागिरहेको श्रेष्ठले बताए ।
हालसम्म किबी खेतीमा सामान्य पात डढ्नेबाहेक अन्य रोग नदेखिएको र दोलखामा यो खेतीको भविष्य राम्रो रहेको श्रेष्ठको भनाइ रहेको छ । दोलखामा किबी उत्पादन तथा यसको प्रचारप्रसारका अगुवा श्याम खड्काका अनुसार अहिले दोलखामा पाँच सयभन्दा बढी फर्म तथा व्यक्तिहरु किबी खेतीमा सक्रिय छन् । किबी फलको माग काठमाडौंका होटलहरुमा उच्च रहेको र व्यापार प्रवद्र्धन गर्नसके किबीको व्यापार अन्तर्राष्ट्रियस्तरमा समेत गर्न सकिने भएकोले किबी फलको बजारका लागि समस्या नरहेको किबी उत्पादक संघ दोलखाका अध्यक्ष समेत रहेका श्याम खड्काको भनाइ रहेको छ । दोलखाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, मेलुङ गाउँपालिकालगायतका ठाउँहरुमा व्यावसायिक रुपमा किबी फलको उत्पादन भइरहेको छ ।
किबी फल अत्यन्त पोषिलो मानिन्छ । साथै यसबाट उच्च गुणस्तरको वाइन तथा जुस समेत बनाउन पनि सकिन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल दोलखामा आठ प्रकारका किबी फलकोे खेती हुँदै आएको छ । हेवार्ड, एलिसन, मन्टि, ब्रुण, रेड ,एबोड, गोल्डेन, मिनी किबी रहेका छन् । दोलखाको स्थानीय बजारमा हाल किबी फलको मूल्य प्रतिकिलो ३०० देखि ४०० सम्म रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल दोलखामा दुई सय दश हेक्टरमा किबी खेती भइरहेको छ भने उत्पादनशील क्षेत्रफल १८ हेक्टर रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन्...

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल...

पाँच बिगाहको गाँजा नष्ट

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै