logo

नेपाल टेलिकमद्धारा चौधौं वार्षिकोत्वसको अवसरमा विशेष छुट अफर

काठमाडौ माघ २२
नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं बार्षिकोत्सवको अवसरमा विशेष छुट अफर सार्वजानिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा छुट अफरको सार्वजानिक गरीएको हो ।

टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने भएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्ने जनाएको छ । कम्पनीले जीएसएम एसेवातर्फ माघ २३ गते देखि फागुन ८ गते सम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ । यस्तै माघ २३ देखि माघ २९ सम्म रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५००र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ । टेलिकमले अन्तराष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्क्भित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ । यस्तै २५ माघ देखि २५ बैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरु ल्याउने पनि टेलिकमले जनाएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेको बताए । उनले नेपाल टेलिकम सेवामूलक र नाफामूलक दुवै ढंगबाट अगाडि बढ्नु पर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिनु पर्ने बताएका छन् । कम्पनीले फोरजी सेवा विस्तार र फाइबर मार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने बताए । सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रुपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएको बताएका छन् । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेम कुमार श्रेष्ठले कम्पनीमा रुपान्तरण भए पश्चात नेपाल टेलिकम थप जिम्मेवार र पारदर्शी भएको बताउदै सरकारी कम्पनी भएकोले विभिन्न ऐन, कानुनका कारण निर्णय प्रक्रियामा ढिलाई हुने भएतापनि कम्पनीले प्रतिस्पर्धात्मक रुपमा सेवा प्रदान गरिरहेको बताए । अक्षरका आधारमा शुल्क लिने आकाशवाणी सेवाबाट यात्रा प्रारम्भ गरेको कम्पनी हाल स्मार्टफोन मार्फत तीव्र गतिको डाटा उपलब्ध गराउनु पर्ने समयमा आइपुगेको जानकारी दिए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धि मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मूख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पु¥याएको बताउदै केही समयमै नेपाल टेलिकम फोरजी मार्फत देशभर सेवा प्रदान गर्न सक्षम हुने जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामीनी राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् । उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ‘नमस्ते क्रेडिट’ सेवाको सफ्ट लन्च गरेका छन् । कम्पनीको जीएसएम प्रिपेड ग्राहकहरुको ब्यालेन्स न्यून भएको अवस्थामा कल गर्दा ब्यालेन्स शून्य भई कल काटिने अवस्थामा क्रेडिटबाट अविच्छिन्न रुपमा सेवा प्रयोग गर्न सकिने छ । त्यसैगरी ब्यालेन्स शून्य अवस्थामा पनि क्रेडिटबाट सेवा प्राप्त गर्न सकिने छ । सो क्रेडिट रकम त्यसपछिको पहिलो रिचार्ज रकमबाट काटिने छ । सो क्रेडिट रकममा ग्राहकलाई अतिरिक्त शुल्क लाग्ने छैन । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ । मन्त्री बस्नेतले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरेका छन् । त्यसैगरी कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा ब्यक्तिगत ग्राहकहरुलाई पनि कदर स्वरुप सम्मान समेत गरेको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै