logo

जलवायु परिवर्तनविरुद्ध काम गर्न भारतलाई दबाब

एजेन्सी
नयाँ दिल्ली, माघ २२
पछिल्लो समय भारतको अर्थतन्त्रका लागि कार्बन उत्सर्जन एक टाउको दुखाइको विषय बन्न पुगेको एक विवरणले देखाएसँगै भारतीय सरकारलाई वातावरणीय संरक्षणको लागि दबाब बढेको छ । वातावरणीय हिसाबमा विश्वका सबैभन्दा खराब वातावरण रहेका मुलुकहरुमा भारत पनि रहेको छ ।
यो नतिजा भारतको अर्थतन्त्रका लागि पनि सबैभन्दा घातक रहेको अर्थविद्हरुले पनि बताएका छन् । खेती सामान्य हिसाबमा कृषिजन्य गतिविधि मात्र नभई यसले अन्य उद्योगहरुलाई उत्पादनहरु सप्लाई पनि गर्ने उनीहरुको भनाइ छ । वातावरणमा देखिएको समस्याका कारण भारतमा अनावृष्टि, अतिवृष्टि तथा खण्डवृष्टिजस्ता समस्याहरु देखिनुका साथै मौसममा देखिएको बदलावका कारण उत्पादनमा गिरावट आएको अधिकारीहरुले बताएका छन् । अहिले तत्काल कुनै महत्वपूर्ण योजना ल्याएर त्यसअनुसारको काम गर्न नसकिएको अवस्थामा त्यो भारतीय अर्थतन्त्रका लागि घातक हुने उनीहरुको भनाइ छ ।
भारत सरकारको एक आँकलनमा भारतका लागि मौसमको समग्र मूल्य १० अर्ब अमेरिकी डलर प्रतिवर्षको दरले रहने देखिएको छ । जुन भारतको अर्थतन्त्रको लागि महत्वपूर्ण हिस्सा हो । यसले समग्र अर्थतन्त्रको १६ प्रतिशतको हिस्सा ओगटेको छ । सामग्र जनसंख्याको ४९ प्रतिशत मानिसहरु पनि मौसममा निर्भर रहने गरेका छन् । कमजोर किसिमको आर्थिक गतिविधिले मुलुकको मुद्रास्फीतिदरको नतिजा निकै कमजोर अवस्थामा राख्ने, किसानहरुलाई निकै तनावको अवस्थामा राख्ने तथा राजनीतिक तथा आर्थिक हिसाबमा पनि यसले ठूलो अर्थ राख्ने भारतीय अर्थविद्को भनाइ छ ।
अहिले सार्वजनिक गरिएको विवरणमा जलवायु परिवर्तनको कारण औसतरुपमा वार्षिक हिसाबमा कृषिजन्य उत्पादनहरुको मूल्यमा १५ प्रतिशतको गिरावट आउने अनुमान गरिएको छ । केही समयअघि सार्वजनिक भएको एक विवरणले वातावरणीय हिसाबमा भारत एक सय ८० मुलुकहरुको सूचीमा एक सय ७७औं स्थानमा रहेको देखिएको हो । जसका कारण पनि अहिले भारतमा वातावरणीय संरक्षणको विषयमा बहस चर्कोरुपमा चलिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै