logo

विश्वकै सबैभन्दा ठूलो भर्चुअल पावर प्लान्ट बनाउँदै अष्ट्रेलिया

एजेन्सी
क्यानबेरा, माघ २२
अष्ट्रेलियाले विश्वकै सबैभन्दा ठूलो भर्चुअल पावर प्लान्ट निर्माण गर्ने भएको छ । इलोन मस्क र अष्ट्रेलियन सरकारको बीचमा भएको सम्झौताअनुसार यस किसिमको पावर प्लान्ट निर्माणको तयारी गरिएको हो । यो योजनाअनुसार अष्ट्रेलियाका करिब ५० हजार घरलाई सौर्य प्यानलको जडान गरिनेछ भने इलोन मस्कको टेस्लाले उनीहरुलाई निःशुल्क ब्याट्री प्रदान गर्नेछ ।
यो योजनाको लगानी विद्युत् उत्पादनको काम सुरु भएपछि बिजुली बिक्री गरेर उठाइने सम्झौतामा उल्लेख गरिएको छ । अहिले अघि सारिएको यस किसिमको योजना टेस्लाका लागि दोस्रो सबैभन्दा ठूलो योजना हो । यसघि पनि टेस्लाले अष्ट्रेलियामा सबैभ्न्दा ठूलो लिथियम ब्याट्री निर्माणको काम गरिसकेको छ । अष्ट्रेलियाको सरकारले यो योजनाका लागि अष्ट्रेलियाका खुद्रा व्यापारीहरु पनि निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुलाई पनि सौर्य प्यानल व्यवस्थापन तथा पावर सप्लाइको जिम्मा दिइने बताइएको छ ।
अहिले केही सौर्य प्यानलहरु परीक्षणको रुपमा सञ्चालन गर्ने तथा केही समयपछि योजनाअनुसारको सबै प्यानलहरु थप गर्ने तयारी गरिएको छ । अहिलेको परीक्षण सफल भएको खण्डमा अष्ट्रेलियाले आगामी चार वर्षको अवधिमा ५० हजार प्रणालीहरुको विस्तारको योजना अघि सारिएको छ । यसले आगामी दिनमा अष्ट्रेलियाका नागरिकहरुलाई पनि फाइदा पुग्ने बताइएको छ । यसले उनीहरुको घरको बिजुलीको समग्र खर्चमा ३० प्रतिशतको गिरावट आउनसक्ने अनुमान गरिएको छ ।
आइतबार एडिलेडमा भएको कार्यक्रममा मस्कले आफूहरु अष्ट्रेलियाका घरहरुलाई नै विद्युत् उत्पादन स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ आएको बताएका छन् । यद्यपि यस किसिमको लक्ष्य पूरा गर्नसक्नु भने ठूलो चुनौती रहेको विश्लेषकहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकामा चीनको प्रत्यक्ष लगानीमा ३० प्रतिशतको गिरावट

चीनको अमेरिकामा गरिएको प्रत्यक्ष वैदेशिक लगानीमा सन् २०१७ मा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ...

डलरको मूल्य ११ महिनायताकै उच्च

पछिल्लो समय अमेरिकाको विषयमा देखिएको राजनीतिक समस्याको असर विहीबारको बजारमा देखिएको छ । विभिन्न आशंकाको कारण...

चीन–कम्बोडिया व्यापार बढ्यो

चीन र कम्बोडियाबीचको व्यापारमा सन् २०१७ को समग्र अवधिमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै