logo

अवैध कारोबारबाट उत्तर कोरियाले कमायो २० करोड डलर

एजेन्सी
संयुक्त राष्ट्रसंघ, माघ २२
सन् २०१७ मा संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध अस्वीकार गर्दै उत्तर कोरियाले २० करोड अमेरिकी डलरबराबरको रकम आम्दानी गरेको एक विवरणले देखाएको छ । संयुक्त राष्ट्रसंघले अहिले सार्वजनिक गरेको एक विवरणका अनुसार उत्तर कोरियाले सिरिया र म्यान्मारमा हतियार सप्लाइको काम पनि गरिरहेको छ ।
अहिले सार्वजनिक गरेको विवरणले उत्तर कोरियाले रसिया, चीन, दक्षिण कोरिया, मलेसिया र भियतनामलगायतका मुलुकहरुमा कोइला निर्यात गर्दै आएको उल्लेख गरिएको छ । यसरी निर्यात गरिने कोइलाको गलत विवरण बनाउने गरिएको विवरणमा उल्लेख गरिएको छ । गलत विवरण बनाउने क्रममा उक्त कोइला उत्तर कोरियाको नभई वास्तवमै उक्त मुलुकको रहने गरेको बनाइने गरिएको छ । सन् २००६ देखि उत्तर कोरियाले विस्तार गरिरहेको मिसाइल परीक्षणको विरुद्धमा राष्ट्रसंघ सुरक्षा परिषद्का १५ मुलुकहरुले उत्तर कोरियामाथि प्रतिबन्धको निर्णय गरेका थिए । जसको कारण उत्तर कोरियाको विभिन्न क्षेत्रहरुमा आर्थिक प्रतिबन्ध कायम रहेको छ ।
पछिल्लो समय लगाइएको प्रतिबन्धको कारण उत्तर कोरियाको अर्थतन्त्रमा तरलता देखिएको छ । विशेषगरी तेलको व्यापारमा देखिएको अभावको नतिजाले उत्तर कोरिया संकटमा परेको पाइएको हो । उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको आफूहरुले पूर्णरुपमा पालना गरेको विवरण रसिया तथा चीनले सार्वजनिक गर्दै आएका छन् तर उनीहरुमाथि धेरैले औँला उठाउँदै आएका छन् । सिरिया तथा म्यान्मारमा पनि उत्तर कोरियाले आफ्ना हतियारहरु निर्यात गर्दै आएको २१३ पृष्ठ लामो विवरणमा उल्लेख गरिएको छ । सिरियामा हुने गरेको रासायनिक हतियारको आक्रमण पनि उत्तर कोरियाको हतियार निर्यातकै प्रभाव रहेकै बताइएको छ ।
यस विषयमा सिरियाको तर्फबाट पनि कुनै किसिमको प्रतिक्रिया आएको छैन । यो विवरण संयुक्त राष्ट्रसंघका अधिकारीहरुले अघिल्लो वर्षको विभिन्न समयमा गरेको अनुसन्धानमा आधारित रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै