logo

शिक्षा क्षेत्रमा फस्टाएको बेथिति

सामान्यतया मान्छे जन्मेदेखि अभिभावकले उसका नैसर्गिक अधिकार प्रयोग गर्न दिन हरपल तयार रहन्छन् । उनीहरुले आफ्ना सन्तानलाई उचित शिक्षादीक्षा दिन हरपल कोसिस गरिरहेका हुन्छन् । मान्छे जन्मेपछि उसले उचित शिक्षा पाउनु उसको नैसर्गिक अधिकारभित्र पर्दछ । नैसर्गिक अधिकार प्राप्त गर्न जो कोही नागरिकले सहजै पाउनुपर्ने राज्यको नीतिनियम रहेको छ तर अहिले त्यही नैसर्गिक अधिकार प्राप्त गर्नका लागि मान्छेलाई हम्मेहम्मे परेको अवस्था छ । नेपालका सामान्य नागरिकले पछिल्लो चरण आफ्नो अधिकार प्रयोग गर्नका लागि धेरै कठिन पर्न थालेको छ । राज्यले जनतालाई निःशुल्क सेवा दिन हरेक कुराहरुको स्थापना गरेका छन् तर ती संरचनाहरुको व्यवस्थापन भने सहीढंगले परिचालन हुन सकेको छैन । अन्य क्षेत्रलाई थाती राखेर हामी नेपालको शैक्षिक जगत्को नै कुरा गरौं । नेपाल सरकारले हरेक वर्ष शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आइरहेको छ । राज्यले गरेको लगानी वास्तविक ठाउँमा खर्च भएको छ त ? यो आजको मुख्य प्रश्न बनेर खडा भएको छ ।


नेपाल सरकारले देशभरि नै माध्यमिक तहसम्म निःशुल्क शिक्षादीक्षाको व्यवस्था गरेको छ तर राज्यले स्थापना गरेका ती विद्यालयहरुको उचित व्यवस्थापन नहुुँदा गरिब जनताका छोराछोरी शिक्षादीक्षा प्राप्त गर्नबाट वञ्चित छन् भने निजी विद्यालय सञ्चालन गरेर शिक्षाका नाममा जनताको ढाड सेक्ने गरी शुल्क उठाएर मोजमस्ती गर्नेहरुको भीड नेपालमा प्रसस्त मात्रामा रहेको छ । नेपालमा पछिल्लो चरणमा शिक्षाका नाममा व्यापार गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । विद्यार्थी र अभिभावकहरको भावनामा खेलवाड गरी शिक्षाको नाममा कमाउधन्दा सञ्चालन गर्नेहरुको जमातलाई राज्यकै निकायमा रहेका उच्चतहका व्यक्तिहरुको सहयोग तथा संरक्षण रहेको पाइन्छ । नेपालमा निजी विद्यालयहरुले मनपरी शुल्क असुल्दै आफूखुसी पाठ्यक्रम लागू गरेर पढाउने गरेका कुराहरु तपार्इं हामीलाई थाहा भएको नै हो तर हामी यस विषयमा बोल्न सक्दैनौं किनकि उनीहरुलाई ठालुहरुको भरपुर सहयोग छ । हाम्रो देशका प्रशासकहरु तिनलाई कारबाही गर्ने हैसियतसम्म राख्न सक्दैनन् किनकि उनीहरुबाट हाम्रा प्रशासकहरुको रोजीरोटी चल्दै आएको छ । हाम्रो देशको विडम्बना आफैं निःशुल्क शिक्षाको अवधारण ल्याउँछ अनि आफंै निजी विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने काम गर्छ । तर सरकारी विद्यालयलाई सुधार गर्नेतिर लागेको कहिले छैन । सरकारले बरु सरकारी विद्यालयमा तलब खाने विद्यालयका शिक्षकहरुलाई राजनीतिक दलहरुको एजेण्ट र भरपर्दो कार्यकर्ता बनाउन सहयोग गरेको छ । उनीहरु विद्यालयमा भन्दा बढी आफूले ओढ्ने गरेका राजनीतिक दलको झण्डा बोकेर हरेक कार्यक्रममा कुदेका हुन्छन् । उनीहरु विद्यालयमा पढाउनभन्दा राजनीतिक दलको सदस्यता बढाउनमा तल्लीन रहेका हुन्छन् । राज्यले नै उनीहरुलाई राजनीति गर्न छुट दिएको छ । त्यसको प्रत्यक्ष मारमा भने नेपालका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अबोध बाबुनानीहरु र उनका अभिभावकहरु परेका छन् ।


नेपालमा विद्यार्थीको हकहितका लागि लड्ने भनेर विभिन्न राजनीतिक दलका आ–आफ्ना विद्यार्थी संघ संगठनहरु रहेका छन् । तर ती भ्रातृसंस्थाका नेता भनाउँदाहरुलाई निजी विद्यालयहरु कमाइखाने भाँडो बनेका छन् । एउटा नारा लिएर तालाबन्दी गर्छन्, अनि चन्दा पाएपछि चुप लागेर बस्छन् । सधँै मारमा पर्ने विद्यार्थी र अभिभावक नै हो । चन्दा नपाएसम्म सडकमा गाईजात्रा देखाउँछन्, जब चन्दा पाउँछन् त सबै गुपचुप, तैँ चुप मै चुपको स्थितिमा पुग्छन् । शहरमा बग्रेल्ती खुलेका निजी विद्यालयको भीडमा सरकारी विद्यालयहरुको लोकप्रियता घट्दो छ । सहरमा रहेका सरकारी विद्यालयमा विद्यार्थीको संख्या एकदमै न्यून छ । किनकि सहरका हरेक मान्छेको दिमागमा निजी विद्यालयको भूत चढेको छ । सहरका प्रायः सबै सरकारी स्कुलको अवस्था नाजुक छ । कोठाभाडामा बसेर ज्याला मजदुरी गर्ने, साहुमहाजनको घरमा नोकरचाकर बस्ने, सडकपेटीमा नाङ्ला पसल गरेर जीविका धान्ने, कलकारखाना र उद्योगमा मजदुरी गर्नेका छोराछोरी नभए उहिल्यै सहरका सरकारी विद्यालयका कक्षाकोठा बन्द भइसक्थे । तिनै गरिबगुरुवाका बच्चाको भविष्यमाथि सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले वर्षौंदेखि खेलवाड गरिरहेका छन् । जो होचो त्यसैको मुखमा घोचो भनेझैं हरेक कुरामा निम्नस्तरका मानिस नै समस्यामा परेका हुन्छन् उनीहरुलाई सबैले सकेसम्म चेपेर सिध्याउन लागिपरेका हुन्छन् ।
नेपालको शैक्षिक अवस्था यतिसम्म नाजुक छ कि सरकारी विद्यालयका शिक्षकलाई आफ्नै पढाइ, पठनपाठनप्रति विश्वास छैन । त्यसैले उनीहरु आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउँदैनन् । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा आफ्ना छोराछोरीले पाउँदैनन् भनेर निजी विद्यालयमा भर्ना गरिदिन्छन् । आफ्ना छोराछोरीको भविष्य सोच्ने ती महाशयहरुले अरुका छोराछोरीको भविष्य कहिले पनि सोचेनन्, मात्र तलबभत्ता पचाउनमा सधै तल्लीन रहे । आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गरेपछि आफूले पढाउने विद्यालयमा काम ठग्न पनि सजिलो नै हुनेभयो । पढाउँदा पनि ठीक, नपढाउँदा पनि ठीक । यसो भनिरहँदा धेरैलाई नमिठो पनि लाग्ला, तर वास्तविकता यही हो । यति मात्र कहाँ हो र सरकारी विद्यालयका शिक्षकहरु नै निजी विद्यालयको सञ्चालक बनेर व्यापार गरिरहेछन् । यसका उदाहरणहरु अनगिन्ती छन् । बिहान बेलुका भारी बोक्ने, मजदुरी गरेर खानेसँग निजी विद्यालयमा छोराछोरी पढाउन सक्ने हैसियत हुँदैन । सरकारीमा पढाउन पढाइ नै हुँदैन । आफ्ना छोराछोरीलाई शिक्षित बनाउने चाहना सबैलाई हुन्छ । उचित शिक्षादीक्षा पाउने अधिकार सबैको हुुन्छ ।
सरकारले गत वर्षबाट आधारभूूत शिक्षामा सबै नागरिकहरुको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने नीति लिएको छ । सरकारी विद्यालय र निजी विद्यालयहरुबीचको शैक्षिक गुुणस्तरको अन्तर घटाउने भनेको छ तर ती कुराहरु भने अहिलेसम्म लागू हुन सकेको छैन । नेपालमा नीतिहरु अरु देशका भन्दा कैयौं गुणा राम्रा बन्छन् तर कार्यान्वयन हुने बेलामा भने शून्य । नेपालमा हरेक वर्षको नीति तथा कार्यक्रममा नयाँ योजनाहरु समावेश गरिएका हुन्छन् । वर्षैपिच्छे संसद्मा सुनाइने र बहस गरिने सुुन्दर अक्षरले लेखिएका ती नीति तथा कार्यक्रमभित्र समेटिएका विषयवस्तु सुन्दा कति राम्रा छन् । सबैले हातै भाँचिने गरी ताली पिट्छन्, संसद्मा सबै मिलेर ताली पिटे जस्तै ती नीति तथा कार्यक्रमहरु पनि सबै मिलेर कार्यान्वयन गर्न लागेको भए अहिले हाम्रो देशको शैक्षिक स्तर कहाँ पुगिसकेको हुन्थ्यो । प्रत्येक नौ–नौ महिनामा हुने सरकार परिवर्तन र राजनीतिक दलहरुको खिचातानीले बनाइएका नीति तथा कार्यक्रम लागू गर्ने निकायहरुमा प्रत्यक्ष प्रभाव पारेको छ । सरकार परिवर्तनसँगसँगै शैक्षिक क्षेत्रसँग सम्बन्धित निकायहरुमा हुने कर्मचारीहरुको सरुवा, बढुुवाको चलखेलले त झन् शैक्षिक क्षेत्रको बेथितिलाई मलजल गरेको छ । हाम्रो देशको अस्थिर राजनीति र शिक्षा क्षेत्रमा परेको राजनीतिक प्रभावले शिक्षा क्षेत्रमा धेरै नराम्रो असर पारेको छ । क्षमता नभएकाहरु सोर्सफोर्स लगाएर जागिर खान्छन् । अनि राजनीतिक आवरणमा अभिभावक र विद्यार्थीलाई सताउने काम गर्छन् ।


राज्य पनि यस विषयमा जिम्मेवार छैन । शैक्षिक संस्थालाई कम्पनीमा दर्ता गरेर खुुलेआम व्यापार गर्ने लाइसेन्स वितरण गरिरहेको छ । शिक्षाको नाममा व्यापार गर्नेहरुको प्रतिस्पर्धा बढिरहेको छ, राज्य खुरुखुरु व्यापार गर्न इजाजत दिन खटिइरहेको छ । यस विषयमा चासो दिएर कुरा उठाउने हिम्मतवाला अहिले न कोही अभिभावक नै छन्, न कुनै राजनीतिज्ञ । शैक्षिक माफियाहरु भने रातारात कमाउने र मालामाल हुने व्यवसायका रुपमा परिणत भएका छन् । हुन त कसैले हिम्मत ग¥यो भने सिंगो शैक्षिक माफिया लागेर उसलाई पागल बनाउँछन् त्यसको ज्वलन्त उदाहरण रहेका छन् डा. गोविन्द केसी । उनले मेडिकल माफियाहरुको विरुद्धमा आवाज उठाउँदा पुलिसको कस्टडीमा जानुप¥यो । अदालतको कठघरामा उभिनुप¥यो । यस्ता शक्तिशाली माफियाहरुको विरुद्धमा उभिन कसको आँट ? कि गोविन्द केसीजस्तै पागल हुनुप¥यो हरेक नेपालीको भलो सोच्ने ।
शिक्षा क्षेत्रमा देखिएको विकृतिले कहिलेसम्म प्रशय पाउने हो ? राज्यले निःशुल्क दिने सुविधा बेथितिका कारण अवमूल्ययन भइरहेको छ । तिनै शैक्षिक माफियाहरुले दिने शिक्षा अमूल्य भइरहेछ । यस्तो निर्लज्ज राज्यमा गरिबले पनि उचित शिक्षा पाउने अधिकार सुुरक्षित कहिले हुने ? जनताले तिरेको करबाट तलब खाने शिक्षक कहिलेसम्म निजी विद्यालयको सञ्चालक हुने ?

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै