logo

हलमा पटुकी र शेरबहादुर पसेपछि ...........

नेपाली चलचित्र प्रदर्शनको क्रमअनुसार यस साताको शुक्रबार नेपाली कथानक चलचित्र पटुकी र शेरबहादुर प्रदर्शनमा आएपछि नेपाली दर्शकले कतै नेपालका वर्तमान कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवा त नेपाली चलचित्र मैदानमा त उत्रिएका त होइनन् भनेर अचम्ममा परे ।


यसभन्दा अगाडिको साता नेपाली हलमा विदेशी चलचित्रले एकछत्र रजाइँ गरिरहेको अवस्थामा यो क्रमले यस साता पनि निरन्तरता त पाएकै छ किनकि नेपाली चलचित्र वितरकहरुलाई नेपाली चलचित्र प्रदर्शनमा ल्याएरभन्दा विदेशी चलचित्र ठेक्कामा प्रदर्शन गरेर धेरै फाइदा हुनेगर्दछ । त्यसैले पनि नेपाली चलचित्रका वितरकहरुमा नेपाली चलचित्र प्रदर्शन गराउनमा भन्दा विदेशी चलचित्र प्रदर्शनको छुट्टै स्वाद चाख्न पाउने भएकाले पनि विदेशी चलचित्रले नेपाली चलचित्र बजार एकलौटी रुपमा खाइरहेको छ । अघिल्लो साताको विदेशी चलचित्रको ह्याङ अहिलेको यो सातासम्म पनि रहिरहेको छ । यो अवस्थामा पनि साहस निकालेर नेपाली चलचित्र पटुकी र शेरबहादुर हलमा प्रदर्शन भइरहेका छन् । नेपाली संस्कार र संस्कृतिलाई नेपाली चलचित्रको कथावस्तुमा समावेश गराउनुपर्छ, नेपाली लोक संस्कृतिको जगेर्ना गराउनुपर्छ भन्ने हेतुले तयार पारेको चलचित्र पटुकीलाई राम नेपालले निर्देशन गरेका हुन् भने यस चलचित्रमा मुख्य नायिकाको भूमिकामा रजनी केसी देखिएकी छन् भने यस चलचित्रलाई क्याप्टेन कालुले निर्माण गरेका हुन् । यस्तै गरेर अहिले समाजमा व्याप्त चोरहरुका विभिन्न जुक्तिलाई एउटा रिटायर आर्मीले कसरी तह लगाउन सक्छ र समाजलाई सही दिशामा अगाडि लैजान सक्छ भन्ने कथावस्तु चलचित्र शेरबहादुरले बोकेको पाइन्छ ।


यस चलचित्रको निर्देशन आर राजवंशीले गरेका हुन् भने मुख्य भूमिकामा एकताकाका चर्चित खलनायक, राते काइँलाको उपनामले पनि चिनिएका सुनिल थापा छन् । कर्मा, मेनुका प्रधान र रविन्द्र झाको अभिनय रहेको यस चलचित्रले नेपाली दर्शकको कत्तिको मन तान्न सक्छ त्यो भने अहिले यसै भन्न सकिने अवस्था छैन । त्यसका लागि अझै एक साता हामीले पर्खिनुपर्ने नै हुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड,

मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन्...

एकै पटक १८ बाजा बजाउने मानिस चैनपुरे

फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै