logo

सन्दीपको आईपीएल यात्रा

नेपाली युवा क्रिकेट खेलाडी सन्दीय लामिछानेले यतिबेला नेपाली क्रिकेट फ्यानलाई खुसीयाली दिएका छन् । नेपाली राष्ट्रिय टोलीका १७ वर्षे किशोर लेग स्पिनर लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित हुँदा मुलुकभरि उत्साह सञ्चारित भएको छ । आर्थिक रुपमा विश्वकै सर्वाधिक ठूलो लिगका रुपमा रहेको आइपीएलमा लामिछानेले खेल्ने मौका पाएसँगै नेपाली क्रिकेट जगतमा नयाँ तरंग संचार भएको छ । नेपाली क्रिकेट खेलाडीले आइपीएलमा खेल्ने यो अवसरले नेपाली क्रिकेटको भविष्य र भावी पुस्तासँग समेत सम्बन्ध जोडिएको छ । त्यतिमात्र होइन यसले यसले खेलकुदले विश्वलाई ग्लोबल भिलेजका रुपमा परिणत गरिदिएका सन्देश पनि नेपालीमाझ छरिदिएको छ । खेलाडीलाई आफ्नो क्षमता पदर्शन गर्न कुनै पनि सिमानाले छेक्दैन भन्ने सन्दीपको आइपिएल यात्राले प्रमाणित गरिदिएको छ ।
खेल सफलताले जहिल्यै नेपालीलाई आशाको सन्देश दिँदै आएको छ । अन्य सबै क्षेत्रमा निराशाका काला बादल मडारिइरहेका बेला पनि युवा खेलाडीले मुलुकवासीको मनमा आशा सञ्चार गर्दै आएको शृंखलामा लामिछाने धेरै नेपाली युवाका निम्ति सपनाका स्रोतसमेत बन्न पुगेका छन् । ५ सय ७८ जनामध्येबाट फ्रेन्चाइज टोली दिल्लीले सन्दीपलाई २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ)मा बोली लगाएका थियो । २१ जनाको खेलाडी रहेको दिल्लीका टिमबाट प्लेइङ ११ मा पर्नु सन्दीपका लागि पहिलो चुनौतीका रुपमा रहेको छ । प्लेइङ ११ मा परेको खण्डमा मात्र उनले विश्वभरिका दर्शक सामु नेपाली खेलाडीका रुपमा मैदानमा आफ्नो प्रदर्शन देखाउन पाउने छन् ।
८ प्र्रmेन्चाइज टोली सहभागी आईपीएल ७ अप्रिल देखि २७ मेसम्म भारतका विभिन्न सहरमा हुनेछ । यो समय अवधिमा सन्दीपले आफ्नो छुट्टै पहिचान देखाउन सक्नुपर्ने छ । त्यसका लागि उनीमाथि चुनौतीका साथ साथै आत्मविश्वासको समेत खाँचो रहन्छ । विश्वका उत्कृष्ट खेलाडीहरु सम्मिलित फ्रेन्चाइज टोलीमा रहेर सर्वाधिक हेरिने मध्येको लिगमा समावेश हुने ठट्टाको विषय होइन । दिल्लीले सन्दीपमाथि बोली लगाउनुको पछाडि उनको कौशलता र क्षमताकै कारण हो । उनीबाट अन्य खेलाडीले पनि सिक्नुपर्छ । गत वर्ष आइपिएल क्लब हैदरावादले अफगानी लेगस्पिनर रसिद खानलाई महत्वपूर्ण खेलाडीमा स्थापित गराएउदै मुल्य बढाउन सफल भए त्यसैगरी सन्दिपले पनि यो पाएको मौकालाई सदुपयोग गर्न सक्ने छन् । सन्दीपको यो अवसरले नेपाली क्रिकेटको भविष्यको मार्गचित्र समेत कोरिने छ । १७ वर्षीय बलर सन्दीप दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्सवेल, कागिसो रावाडा, अमित मिश्र, मोहम्मद सामीजस्ता खेलाडीसँग रहेर खेल्ने अवसर पाउने छन् । त्यतिमात्र होइन उनले विश्वको सर्वाधिक ठूलो लिगबाट त्यहाँ हुने व्यवसायिक अभ्यासलाई समेत सिक्ने अवसर पाउँछन् । जसलाई नेपाली क्रिकेटले अनुभव र अवसरका रुपमा लिन सक्नुपर्छ । उनको यो अवसरबाट प्रत्यक्ष फाइदा नेपाली क्रिकेट खेलाडीलाई हुनेछ । उनको यो उपस्थितिले नेपाली क्रिकेट खेलाडीलाई एउटा सम्मानित अवस्थामा पु¥याएको महसुस भएको हुनु पर्दछ ।
नेपाल क्रिकेट संघभित्रको राजनीतिका कारण घरेलु प्रतियोगितालगायतका खेलहरु प्रभावित भइरहेको समयमा सन्दीपको आइपिएल यात्रालाई सामान्य रुपमा लिनु हुँदैन । राष्ट्रिय खेलकुद परिषद् र संघभित्रको द्वन्द्वका समयमा पनि नेपाली खेलाडीले आफूलाई तिखारी रहेको सन्दीपले प्रमाणित गरिदिएका छन् । विवाद र व्यक्तिगत स्वार्थको भुमरीमा जकडिएको नेपाली खेलकुदमा लामिछानेको अनुबन्धन आफैंमा गौरवको विषय हो । भारत विश्व क्रिकेटकै सबभन्दा बलियो शक्ति हो अनि आइपिएल भारतीय क्रिकेट महत्वाकांक्षाको चरम रुप । पछिल्ला वर्षहरुमा पैसाकै बलमा विश्व क्रिकेटकै सबभन्दा ठूलो व्यावसायिक प्रतियोगिताका रुपमा स्थापित आइपिएल संसारभरका चम्किला खेलाडीको सपनाको गन्तव्य पनि हो । आन्तरिक विवादका कारण देशको क्रिकेट अन्तर्राष्ट्रिय निलम्बनमा भएका बेला सन्दीपले यस्तो मौका पाउनुले नेपाली क्रिकेटभित्रको अपार सम्भावना प्रमाणित भएको छ । देशभित्र कुनै घरेलु संरचना नभएको अवस्थामा विश्वकै सबभन्दा ठूलो लिगमा ठूल्ठूला स्टारको बीचमा छानिनुमात्र पनि सन्दीपको सानो उपलब्धि होइन ।
लामिछानेको यो यात्राले नेपाली क्रिकेट खेललाई भारतलगायत विभिन्न देशसँग जोड्ने छ । विभिन्न देशका खेलाडीहरुसँग रहेर उनले उनीहरुको अभ्यास, सफलताका यात्राहरुलाई बुझ्न पाउँछन् । त्यसैले सन्दीपको आइपिएल यात्रा नेपाली क्रिकेटका लागि ठूलो अवसर हो । सन्दीपका सामु आफूलाई प्रमाणित गर्ने चुनौतीहरु छँदाछँदै पनि उनको यो यात्रा नेपाली क्रिकेटका लागि नयाँ उचाईमा पु¥याउने कोशेढुंगा सावित होस्  । क्रिकेटको विकासमा नाममा व्यक्तिगत स्वार्थका कारण द्वन्द्व सिर्जना गर्ने पदाधिकारीहरुमा समयमा नै बुद्धि फिरोस् । खेलकुदले सबै नागरिकलाई एकतामा बाध्ने काम गर्दछ अब त खेलकुदको माध्यमबाट दुई देशबिचको तित्ततालाई समेत बन्धुत्वमा बदल्ने उदाहरण दक्षिण र उत्तर कोरियाले २०१८ मा हुने विन्टर ओलम्पिकमा सहभागिता जनाउने विषयले देखाएको छ । त्यसैले सन्दीपको यो आइपिएलले नेपाली क्रिकेटमा नयाँ अध्याय लेख्ने छ । त्यसका लागि सरकार, खेलकुद परिषद र संघले बेलैमा सोच्नु पर्ने छ । नेपाली खेलाडी विश्वस्तरका भइसक्दा समेत सामान्य भौतिक पुर्वाधारसमेत निर्माण गर्न नसक्ने तर पदका लागि मरिहत्ते गर्नेहरुमा चेत आओस् ।
दिल्लीले लामिछानेको क्षमतामाथि विश्वासको निर्णय लिन केही मिनेटमात्र समय खर्चियो तर नेपाली क्रिकेट प्रशासनका सरोकारवालाले देशभर छरिएर बसेका सयौं सन्दीपको भविष्य बनाउने निर्णय लिन वर्षौंदेखि सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्रिकेटबारे सोच्ने बानीले गर्दा यस्तो अवस्था आएको हो । पछिल्लो समय खेलाडीले व्यक्तिगत रुपमा हासिल गरेको उपलब्धिले नेपाली खेलकुदलाई विवादरहित बनाउने काममा सकारात्मक ऊर्जा प्रदान गर्न सकोस् ।
लामिछानेको आबद्धताले नेपालमा अरु पनि धेरै क्षमतावान् क्रिकेटर छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा पुगेको छ । यसले नेपालका अरु क्रिकेटरलाई पनि विदेशी लिग खेल्न सम्भावनाको ढोका खोल्नेछ । अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेट र खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछ । लामिछानेलाई दिल्लीले अनुबन्ध गर्ने बित्तिकै यही भएर प्रधानमन्त्री शेरबहादुर देउवादेखि साधारण नेपालीसम्मले यो खुसीमा आफूलाई सामेल गर्दै प्रतिक्रिया व्यक्त गरेका छन् । अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क, इङल्यान्डका पूर्वकप्तान माइकल भोनलगायतले ट्विटरबाट बधाई दिँदा प्रयोग गरेका सम्मानजनक शब्दको पक्कै पनि ठूलो अर्थ छ । सन्दीपको करियर यहाँसम्म पु¥याउन धेरै सहयोग गरेका क्लार्कको प्रशंसालाई सामान्य मान्न सकिएला तर भोनले आइपिएलमा सन्दीपको अनुबन्धनलाई लिएर १० टोलीको विश्वकप गराउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को योजनाप्रति समेत व्यंग गरेका छन् ।
समग्रमा यो वर्ष भारतीय टोलीहरुसँग अनुबन्ध हुने सन्दीप तेस्रो नेपाली खेलाडी हुन् । यसअघि फुटबलका दुई स्टार राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ र युवा स्ट्राइकर विमल घर्तीमगर पनि भारतीय आई लिगका क्लबमा अनुबन्ध भइसकेका छन् । अघिल्लो साता किरण आई लिगको शीर्ष टोली मिर्नेभा पन्जाबसँग अनुबन्धित भएका थिए भने विमल चौथो स्थानको मोहन बगानमा आबद्ध भए । फुटबलका रोहित चन्द केही महिनाअघिमात्र इन्डोनेसियाको पर्सिजा जाकार्तासँग दोस्रो कार्यकालका लागि सम्झौता गरेर खेलिरहेका छन् ।
सन्दीपमाथि आइपिएल लिगको अक्सनमा मूल्य लागिरहँदा देशभित्र भने गत वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) विवाद समाधानका लागि आएको आइसिसी टोली विभिन्न सरोकारवालासँग छलफलमा व्यस्त थियो । सोल्टी होटलको कोठामा आइसिसी पदाधिकारी र क्यान विवादका वादी–प्रतिवादीबीच चर्को बहस भइरहँदा सामाजिक सञ्जालका भित्ता सन्दीपको उपलब्धिमा रमाइरहेका थिए । पछिल्लो समय खेलाडीले व्यक्तिगत रुपमा हासिल गरेको उपलब्धिले नेपाली खेलकुदलाई विवादरहित बनाउने काममा सकारात्मक ऊर्जा प्रदान गर्न सकोस् । सन्दीपको अनुबन्धनले नेपाली क्रिकेटका सरोकारवालालाई विवाद मिलाउन सकारात्मक ऊर्जा प्रदान गरोस् । अर्को वर्ष आइपिएलको अक्सन हुँदा यसपालि जस्तो नेपालबाट एक्ला प्रतिनिधि नहुन् । बंगलादेश, पाकिस्तानलगायतका अन्य देशमा हुने यस्तै व्यावसायिक लिगका लागि पनि नेपाली खेलाडी आकर्षण बन्न सकून् । सन्दीपलाई प्राप्त भएको यो उचाइले हामी सबैको शिर उचो पारेको छ ।
चितवन क्रिकेट एकेडेमीबाट आएका लामिछाने तीन वर्षभित्रै नेपालका स्टार खेलाडी भएका हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको सफलतासँगै प्रतिभावान् खेलाडीहरू आइरहेका छन् र यसमा उनी प्रतिनिधि पात्र हुन् । राम्रो प्रदर्शन गर्नसके त्यसले अरू नेपाली खेलाडीका लागि पनि यस्ता ठूला प्रतियोगितामा अवसर सिर्जना गर्न सक्छ ।
अक्सनअघि ट्रायलका रूपमा नेटमा अभ्यास गर्न उनी दिल्ली पुगेका थिए । सन्दीपसहितको नेपाली टिम विश्व क्रिकेट लिग डिभिजन २ मा खेल्ने तयारीमा अहिले दुबई रहेको छ । नामिबियामा हुने डिभिजन २ मा शीर्ष दुईमा रहनसके नेपाल विश्वकप २०१९ को छनोटमा पुग्नेछ । यो वान डे विश्वकपको छनोटको यात्रा तय गर्दै त्यसमा राम्रो नतिजा हात पार्नसके नेपाली क्रिकेटले मुहार फेर्न सक्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ...

खेलकूद प्रशिक्षक कामविहीन

भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन्...

विश्वकप फुटबलः डेनमार्क र अष्ट्रेलियाका खेल बराबरी

रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै