logo

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

गोपीनाथ मैनाली
करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले व्याख्या गरेको सार्वजनिक प्रशासनमा आजको अवस्थामा आइपुग्दा थुप्रै थुप्रै उतरचढाव आएका छन् । राज्यदर्शनमा आउने कुनै पनि परिवर्तनको पहिलो धक्का राज्यलाई क्रियाशील बनाउने सार्वजनिक प्रशासनमा पर्दछ । समाज व्यवस्था र अर्थतन्त्रमा राज्यको भूमिका जसरी विस्तार हुन्छ वा खुम्चिन्छ, सोहीअनुरुप सार्वजनिक प्रशासनको आकार, भूमिका र कार्यशैलीमा परिवर्तन हुँदै जाने गरेको छ । पहिला यो राजनीतिक र कानुनी सिद्धान्तबाट परिचालित थियो, पछि जनआकाङ्क्षा बढ्ने क्रमसँगै वस्तु सेवा उत्पादनमा राज्यको भूमिका विस्तार भयो, प्रशासन पनि विस्तारित भयो भने राज्यले उदारीकरणको दर्शन अवलम्बन गरेपछि भने यसको भूमिका, कार्यशैली र आकारमा पुनर्बोध हुनपुग्यो । अहिले राज्यलाई समाजशास्त्रीय सिद्धान्तले बढी नै प्रभाव पारेकाले प्रशासनमा समावेशिता र सामाजिक प्रतिनिधित्वका विषयले महत्व पाएको छ । तर खास मूल्य मान्यताबाट परिचालन गर्न सकिए मात्र यो संयन्त्र व्यावसायिक र स्वचालित रुपमा क्रियाशील हुन गई सर्वसाधारणका आशाअपेक्षा पूरा गर्न सक्षम बन्दछ । साथै सामाजिक विज्ञानका अन्य शाखाहरु नागरिक हितका लागि क्रियाशील हुने गर्दछन् ।

आधुनिक लोकतन्त्रको सुरुवात अमेरिकाबाट भएको मान्ने हो भने अमेरिकी स्वतन्त्रतापछि लोकतन्त्रलाई कार्यमूलक बनाउन त्यसपछि सार्वजनिक प्रशासनका क्षेत्रमा थुप्रै कार्यहरु हुँदै आएका छन् । सार्वजनिक प्रशासनका सन्दर्भमा अमेरिकी स्वतन्त्रता सेनानी एवम् संविधानविद् जर्ज वासिङ्टनले भनेका थिए, ‘सरकारी कार्य त्यस्तो व्यक्तिलाई दिनुपर्दछ जोसँग सार्वजनिक कार्यालयका लागि चाहिने गुणहरु हुन्छन् ।’ वासिङ्टनका अनुसार व्यक्ति र पदको सापेक्षिक सम्बन्ध स्थापित नगरीकन सार्वजनिक प्रशासन सञ्चालन गरिनुहुँदैन । किनकि सार्वजनिक प्रशासन व्यावसायिक क्षमताको प्रदर्शन गर्नुपर्ने क्षेत्र हो । यस भनाइले सार्वजनिक प्रशासनलाई राज्यको इच्छा कार्यान्वयनको विशिष्ट अनुशासनको मान्यतामा स्थापित गर्नपुग्यो । यही अवधारणाले योग्यता प्रणालीको पनि विकास ग¥यो । उनी स्वतन्त्र अमेरिकाको पहिलो राष्ट्रपति बनेपछि आफ्नो मान्यतालाई कार्यान्वयन गर्ने जिम्मेवारीमा समेत रहे ।

तर वासिङ्टनको मान्यता ज्याक्सन राष्ट्रपति भएपछि कार्यान्वयनमा आएन । ज्यक्सोनियन प्रशासनका समयमा प्रशासनले गर्ने काम सरल हुन्छ, जसलाई सम्पादन गर्न सामान्य बुद्धि पु¥याए पुग्छ, विशेष क्षमता चाहिँदैन भनेर प्रशासनलाई महत्व नै दिइन छाडियो । ज्याक्सनले वासिङ्टनले भनेजस्तो कामका लागि चाहिने सापेक्षिक क्षमता र गुण होइन, आप्mनो विश्वास र दलप्रतिको विचारसँगको सापेक्षता भएका व्यक्तिहरुबाट प्रशासन चलाए । जनादेश पाएको सरकारले आफ्नो कार्यावधिमा प्रशासनलाई जसरी चलाए पनि हुन्छ भन्ने मान्यता स्थापित गर्नपुगे । तर ज्याक्सोनियन प्रशासनमा विकास भएको बर्बादी प्रणालीले उसको कार्यशैलीका कारण सन् १८५० को दशकबाट व्यापक अलोचना खेप्नुपरेपछि यसलाई पुनर्बोध गर्ने प्रयासस्वरुप १८८३ पछि अमेरिकामा इमानदार, खुला, स्वच्छ र निष्पक्षजस्ता कुरालाई सार्वजनिक प्रशासनको नैतिक मूल्यका रुपमा स्थापित गर्न खोजियो । सन् १८८४ मा प्रशासनविद् उड्रो विल्सनले ‘दी कङ्ग्रेसनल गभर्नमेन्ट’नामको लेखमार्फत सरकार सञ्चालनका सन्दर्भमा राजनैतिक कार्यकारी र सार्वजनिक प्रशासनको सीमारेखा कोर्न खोजे, जुन सन् १८८३ को निजामती सेवा सुधार कानुनको थप व्याख्या थियो । सन् १८८७ मा विल्सनले दुई कुरा जोडदार रुपमा राखे, ‘राजनीति र प्रशासनको सीमा हुनुपर्दछ र नीतिको कार्यान्वयन गैरराजनीतिक प्रशासनबाट मात्र हुनुपर्दछ ।’ यी भनाइ नै प्रशासनिक तटस्थताको आधारविन्दु बने । जसले व्यावसायिक र नैतिक प्रशासनबाट मात्र जनसेवा र जनप्रतिनिधिका अपेक्षा पूरा हुनसक्ने भएकाले यो राजनैतिक शक्ति अभ्यासको अस्वस्थ प्रतिस्पर्धा र रस्साकस्सीबाट सधैँ अलग रहनुपर्दछ भन्ने मान्यता स्थापित ग¥यो । भन्ने गरिन्छ, सार्वजनिक सेवामा व्यावसायिकता, प्रशासनमा दक्षता, कर्मचारीहरुमा तटस्थता र सरकार विश्वसनीय नभए जनअपेक्षा पूरा हुँदैन ।

तर प्रशासनिक तटस्थताका सन्दर्भमा धेरैखाले चर्चा र परस्परविरोधी कुराहरु पनि उछालिएको छ र आआफ्नै ढङ्गले व्याख्या गरिएको छ । तर सरल रुपमा बुझ्दा जुनसुकै राजनीतिक सिद्धान्तप्रति झुकाव राख्ने कर्मचारी भए पनि कर्मचारीबाट सरकारका निर्णयहरु तदारुकतासाथ कार्यान्वयन हुन्छ भन्ने राजनीतिक विश्वास, जुनसुकै दल सरकारमा आए पनि आफूले प्राप्त गर्ने सेवा सुविधा र वृत्ति विकास योग्यता प्रणालीका मान्य सिद्धान्तमा रहेर हुन्छ भन्ने कर्मचारीको विश्वास अनि जुनसुकै विचार राख्ने दल सत्तामा पुगे पनि आफूले प्राप्त गर्ने सेवा सुविधामा फरक पर्दैन भन्ने सर्वसाधारण वा जनताको विश्वास जस्ता तीन पक्षमा यो आधारित हुन्छ ।

प्रशासनको राजनैतिक निष्पक्षता र तटस्थताका विषयमा शास्त्रीय ढङ्गबाट सोचिनुहुँदैन् । राजनैतिक तटस्थताको अर्थ निजामती कर्मचारीमा राजनैतिक भावना नै नहुने भन्ने होइन कि कर्तव्यपालनाको सिलसिलामा यो कत्ति पनि देखिनुहँुदैन भन्ने हो । राजनैतिक कार्यकारीबाट निर्णय भइसकेपछि जे भए पनि यसलाई दक्षता र उच्चतम इमानदारिताका साथ लागू गर्ने काम कर्मचारीको हो । यो नै प्रशासनको धर्म पनि हो । संसदीय लोकतन्त्रमा विभिन्न विचार बोक्ने राजनैतिक दलहरु सरकारमा आउने जाने क्रम जारी रहने भए पनि प्रत्येक सरकारको आफ्ना नीति कार्यक्रम लागू गर्नका लागि सक्षम र सहयोगी संयन्त्रको आवश्यकता महसुस गरिन्छ । जसलाई प्रशासनले उच्चतम इमानदारिताको सिद्धान्तमा रहेर काम गर्नुपर्दछ । बेलायतमा लेबर सरकार कर्मचारीको सहयोगविना ढलेको थियो । तर भारत, इटाली, जापानजस्ता राजनैतिक अस्थिरता भएका देशमा प्रशासनको निष्पक्षता र इमानदारिताका कारण संसदीय व्यवस्थाको सहयोगीका रुपमा कर्मचारीतन्त्र स्थापित छ । हरेक प्रकारको नीतिगत राजनैतिक परिधिबाट गरिने र त्यसको जसअपजस पनि राजनीतिले नै पाउने भएता पनि कर्मचारीको सक्रिय सहभागिता त्यहाँ रहेको हुन्छ । तर त्यसको जस कर्मचारीले लिनुहुँदैन । अर्को अर्थमा कर्मचारीतन्त्रीय अतिसक्रियता हुनुहँुदैन । कर्मचारीको दायित्व बढे पनि त्यसको नामरहितता कर्मचारीको सैद्धान्तिक धर्म र नैतिक कर्तव्य दुवै हो । साथै राजनैतिक रुपमा निष्पक्ष र तटस्थ भएर मात्र पुग्दैन, जनतामा त्यसको विश्वास हुनुपर्दछ ।

प्रशासनभित्र राजनैतिक तटस्थता मागका सन्दर्भमा बेलायत, अमेरिका, भारत, जापानको मात्र होइन, हाम्रै पनि छुट्टै अनुभव छ । ऐतिहासिक घटनाक्रमको विश्लेषण गर्ने हो भने राज्यव्यवस्थालाई क्रियाशील बनाउने प्रमुख संयन्त्र सार्वजनिक प्रशासनलाई खास कारणले तटस्थ र निष्पक्ष बनाउनु आवश्यक भएको हो । तटस्थ प्रशासनले अधिकार र स्रोतको दुरुपयोग रोक्छ, प्रणालीलाई निरन्तरता दिन्छ, पेशागत विशिष्टता विकास गर्छ, संस्थात्मक सम्झनालाई निरन्तरता दिन्छ, सरकार सञ्चालनको आधारलाई वैध र निष्पक्ष बनाउँछ, प्रजातन्त्रको संस्थागत विकास गर्न सहयोग गर्दछ र प्रशासनभित्र नैतिक चरित्रलाई स्थापित गर्दछ ।

प्रशासन तटस्थ मात्र भएर पुग्दैन, यो कार्यमूलक रुपमा प्रतिबद्ध हुनु उत्तिकै आवश्यक छ । प्रशासनिक प्रतिबद्धताका सन्दर्भमा पनि कतिपय सन्दर्भमा गलत बुझाइ रहेको पाइन्छ । धेरैले प्रतिबद्धतालाई राजनैतिक विचार वा सिद्धान्तप्रतिको प्रतिबद्धताका रुपमा पनि लिने गरेका छन् । तर राजनैतिक सिद्धान्त र विचारप्रतिको असंलग्नता निजामती कर्मचारीको प्रमुख चरित्र भएकोले प्रतिबद्धतालाई वैचारिक आबद्धतामा बुझ्नु आवश्यक होइन । प्रतिबद्धताको सामान्य अर्थ जसको जे जिम्मेवारी छ, त्यसलाई हरप्रयत्नले पूरा गर्न लाग्नु हुन आउँछ । प्रशानिक प्रतिबद्धता प्रशासनिक मूल्यप्रतिको अठोट वा समर्पणभाव हो । अर्को शब्दमा कामप्रतिको भावनात्मक संलग्नता नै कार्य प्रतिबद्धता हो । प्रतिबद्धता सङ्गठनको उद्देश्य र प्रभावकारिताका लागि आवश्यक छ, जसको अभावमा न सङ्गठनको औचित्य पुष्टि हुन्छ, न जिम्मेवारी लिने व्यक्तिको । साथै प्रतिबद्धताले प्रशासनलाई जनमुखी र उपलब्धिमूलक समेत बनाउने गर्दछ ।

सामान्य अर्थमा प्रशासनको प्रतिबद्धता उसको कार्यजिम्मेवारीप्रति हो । यसलाई विभिन्न आयामबाट हेर्ने हो भने यो प्रशासनका आधारभूत मूल्य मान्यताप्रतिको निष्ठा हो । सार्वजनिक प्रशासनलाई चलायमान बनाउने कर्मचारीलाई केन्द्रविन्दुमा राखेर हेर्ने हो भनेचाहिँ प्रशासनको प्रतिबद्धता उसले सेवा पु¥याउने सेवाग्राही, ऊ संलग्न रहेको सङ्गठन, सरकार, काम, प्रशासनिक गरिमा र आफैँप्रतिको प्रतिबद्धता हो । प्रतिबद्धताको जाहेरी मात्र सार्थक प्रतिबद्धता होइन, त्यो व्यवहार, कार्यसम्पादन र उपलब्धिमा देखिनुपर्दछ, जसका लागि कर्मचारीमा कामप्रति सक्रिय संलग्नता, काम गर्ने क्षमता, कामप्रतिको समर्पणभाव, विश्वास, सहयोगी भावना र कार्योपलब्धिको सुनिश्चितताजस्ता गुणहरु रहनुपर्दछ ।

सैद्धान्तिक रुपमा नेपालको सार्वजनिक प्रशासन बेलायती ढाँचाबाट प्रभावित छ, जहाँ प्रशासन र राजनीतिको कार्यक्षेत्र सैद्धान्तिक रुपमा नै सीमाङ्कित छन् । प्रशासन सञ्चालनका आधार तथा सिद्धान्तहरु नर्थकोट–ट्रेभेलियन प्रतिवेदनपछि विकास भएको योग्यता प्रणालीमा आधारित छ । वि.सं. २००८ सालमा स्थापित लोकसेवा आयोगले २०१४ बाट योग्यताका आधारमा कर्मचारी छनौटको कार्य गर्दै आएको छ भने वि.सं. २०१३ सालमा प्रथमपटक जारी भएको र पटक–पटक संशोधन, पुनर्लेखन र परिमार्जन हुँदै आएको निजामती सेवा ऐन र नियमावलीमा रहेका आचरणका प्रावधानहरुले प्रशासनलाई निजामती सेवाका मूल्य र तोकिएको कार्यप्रति प्रतिबद्ध एवम् राजनीतिप्रति तटस्थ राख्ने कल्पना गरेको छ । निजामती सेवा लगायतका पदहरुमा नियुक्ति तथा पदोन्नति लोकसेवा आयोगबाट निर्धारित योग्यता प्रणालीका मान्य विधि र मापदण्डअनुसार हुने संवैधानिक सुनिश्चितताले पनि प्रशासनको व्यावसायिकता र योग्यतालाई बल पु¥याएको छ । ऐन तथा नियमावलीमा रहेका आचरणसम्बन्धी प्रावधान तटस्थ निजामती सेवाका आधार हुन् भने कार्यशर्त र प्रोत्साहनका प्रावधानहरु कार्य प्रतिबद्धताका आधार । पदस्थापना हुने कर्मचारीलाई दिइने कार्यविवरणले पनि कामप्रतिको संलग्नता र जवाफदेहितालाई व्यक्त गर्दछ । सुशासन ऐन तथा नियमावलीले पनि कर्मचारी र प्रशासनको कार्यक्षेत्र, सीमा र काम गर्दा अवलम्बन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । त्यस्तै कार्यसम्पादन सूचक र कर्मचारी मूल्यांकनका आधारहरुले उपलब्धिमूलक वा कामप्रति प्रतिबद्ध प्रशासनको अपेक्षालाई संस्थागत गर्न लक्षित छ ।

तर व्यवहारमा निजामती सेवा राजनीति प्रतिबद्ध बन्दै गएको छ र राजनीतिक वैचारिक प्रभावबाट विकृत पनि हुँदै गएको छ । प्रशासनमा हुर्किँदै गएको युनियनवादले तटस्थता साँघु¥याएको छ । राजनैतिक वृत्तबाट कर्मचारीलाई दलीय एजेण्डामा चलायमान बनाउँदा निजामती प्रशासनको आदर्श र मूल्यहरु धमिलिएका छन् । राजनीतिज्ञ र प्रशासनबीच विश्वासको सङ्कट बढ्दै गएको छ । मन्त्रीहरु आफ्नो प्रमुख काम नीति भूमिकाबाट तल झरेर प्रशासनिक काममा बढी नै चाख राख्नथालेका छन्, प्रशासनिक काममा अदृश्य प्रभाव र हस्तक्षेप पनि बढ्दै गएको छ । सरकार परिवर्तनको जानकारी कर्मचारी सरुवा गरेर दिइने गरिन्छ । मन्त्रीहरुले संस्थागत रुपमा आफ्नो संयन्त्र परिचालन गर्नुको साटो सल्लाहकारहरु राख्ने गर्नाले पनि हस्तक्षेप बढाउँदै लगेको छ । परिणामतः नेपालको प्रशासन तटस्थताको आवरणले छोपिएर राजनीतक रुपमा प्रतिबद्ध बन्दै गएको छ । जसले सर्वसाधारणको निष्पक्ष र समयमै सेवा पाउने अधिकारलाई खुम्च्याएको छ भने लोकतन्त्रको वितरणलाई समेत प्रभाव पारेका छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै