logo

फिफा विश्वकप २०१८ को ट्रफी यात्रा

काठमाडौं, माघ २१
फिफा वल्र्डकप २०१८ को ट्रफी विश्व घुमाउन सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रूसमा सुरु हुँदै छ । विश्वकप २०१८को ट्रफी टुर कोका–कोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडियमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टिनो र रसियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराइनेछ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पु¥याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पु¥याइनेछ ।
सन् २००६ देखि कोका–कोलाले फिफासँग लामो सम्झौता गरेर यो अभूतपूर्व ट्रफीको विश्वयात्रा सुरु गरेको हो । यो सक्कली ट्रफीको यात्रा कोका–कोलाले जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई तीन महिनाभित्र विश्वका ३१ देशमा पु¥याइएको थियो । जसलाई विश्वका लाखौैं फुटबल प्रेमीले प्रत्यक्ष रुपमा देख्ने अवसर पाएका थिए । सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पु¥याइएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए । अहिलेसम्मकै धेरै देशमा भ्रमण गराइएको वल्र्डकप ट्रफी २०१४ ब्राजिल वल्र्डकपको हो । त्यतिबेला १०औँ लाख फुटबलप्रेमीले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।
त्यतिबेला सन् २०१३ को डिसेम्बर २१ मा भुटानबाट ट्रफीलाई नेपाल ल्याइएको थियो । त्यसलाई नेपाल ल्याउन कोका–कोलाले एन्फासँग सहकार्य गरेको थियो । काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गरिएको ट्रफीलाई तत्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका थिए । जहाँ ७५०० भाग्यमानी फुटबल प्रेमीले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । फिफा वल्र्डकपमा दिइने वास्तविक ट्रफीलाई फुटबलका फ्यान्सको बीचमा पु¥याउने र उनीहरुले ट्रफीसँग फोटो खिच्ने अवसर कोका–कोलाले प्रदान गर्दै आएको छ । फुटबल म्याचको फाइनलमा मात्रै प्रदर्शन गरिने र त्यसअघि (दि फिफा वल्र्ड फुटबल म्युजियम)मा राखिने यो ट्रफीलाई विश्वभर पु¥याएर नजिकबाट नियाल्ने मौका कोका–कोलाले प्रदान गर्दै आएको छ ।
२०१८ वल्र्डकप ट्रफी ५४ देशमा पु¥याइनेछ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । जनवरी २४ को दिन श्रीलंकाको सांग्रिला होटलमा राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सार्वजनिक गरेका थिए । शो अवसरमा श्रीलंकाली प्रधानमन्त्री रनिल बिक्रमे सिंन्हेले १५०० भाग्यशाली फुटबल फ्यान्सबाट फुटबल विकासको बारेमा राय÷सुझाव लिएका थिए । जसले श्रीलंकाली फुटबल सन् २०३० सम्म कहाँ पु¥याउने भन्ने लक्ष्य सार्वजनिक गर्न सहयोग पुगेको जनाइएको छ । श्रीलंकामा भएको उक्त कार्यक्रममा कोका–कोला नेपालका कन्ट्री मार्केटिङ म्यानेजर गौरव रामदेव सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै