logo

गरिबको परिचयपत्र पाउनबाट वास्तविक गरिब नै बञ्चित

बाजुरा, माघ २०

सरकारले गरिब परिचयपत्र वितरण गरेको भए पनि बाजुरामा अझै वास्तविक गरिबले गरिब परिचयपत्र पाउन सकेका छैनन् । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिवले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहँुचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष कासीराम थापाले बताए ।  गाउँपालिकामा रहेका कुनै न कुनै रोजगारी भएका घर परिवारका रुपमा सूचीकृत भएको र पाउनै पर्ने दलित तथा वास्तविक गरिब घर परिवारको नाम छुटेको उनले बताए । उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकाका एक हजार ६४५ घर परिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गर्नुपर्ने भए पनि सोही गाउँपालिकाका–४ का पलला संज्याल, विशाख कठायत, सगुन्या नेपाली ५ नं वडाका विउरा विक, कर्णवीरे विक लगायतको गरिब परिचयपत्रमा नाम उल्लेख नभएको गाउँपालिका लेखा सहायक कर्णवीर बुढाले जानकारी दिएका छन् ।

तत्कालीन जिल्ला विकास समितिले तथ्यांक संकलनमा जिल्लाका शिक्षक, कर्मचारी र रोजगार व्यवसायमा लागेको गरिब घरधुरीमा नाम संकलन तथ्यांक त्रुटिपूर्ण रहेको बुढाले बताए । सीमित व्यक्तिलाई सोधपुछ गरी तत्कालीन जिविसका कर्मचारीले तथ्यांक लिएको हुँदा वास्तविक गरिब छुट्न गएको बुढाको भनाइ रहेको छ । स्वामीकार्तिक ४ नं वडाबाट शुरु गरिएको गरिब परिचयपत्र वितरणमा हाल सम्म १५० घरधुरीलाई परिचयपत्र वितरण गरिएको बताइएको छ ।राससका अनुसार ७ नं प्रदेशको कैलालीको मोहन्याल गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण थालिएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपाली...

विदेशीहरुको निशानामा नेपाली बैंकहरु

विदेशी ह्याकरहरुले नेपाली बैंक र नेपाली नागरिकको खातालाई निशाना बनाउने क्रम बढेको छ । नेपालका बैंकहरुको...

मदिरा बेच्न पाउनपर्ने भन्दै व्यापारी आन्दोलनमा

बझाङको दोस्रो सभाले जिल्लाभरि मदिरा पूर्णरुपले बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै