logo

नेपालमा लागूपदार्थ दुव्र्यसनको कारण

गम्भीर बहादुर हाडा

सह–प्राध्यापक, अर्थशास्त्र

भक्तपुर बहुमुखी क्याम्पस

चिकित्सकको परामर्शबिना जथाभावी औषधि खाने प्रक्रियालाई लागू पदार्थ दुरुपयोग भनिन्छ । कुनै पनि औषधि वा वस्तुलाई नशाको रुपमा प्रयोग गर्ने प्रचलनलाई पनि लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर यसबाट उत्पन्न हुने असर वा विकृतिहरु वर्तमान समयमा ज्यादै देखिएका हुन् । गाँजा सेवन यसको राम्रो उदाहरण हो । यसको प्रयोगले नेपालको सहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई समेटेको छ । सन् १९६० को दशकपछि सहरी क्षेत्रमा विकसित भएको पश्चिमाहरुको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदियो । लागूपदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद गर्छ नै यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई नष्ट पार्दछ । समाजमा हत्याहिंसा, चोरीडकैती, वेश्यावृत्तिजस्ता विकृतिहरुबाट मानिस आक्रान्त बन्न
पुग्दछन् । नेपालमा खास गरी साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागू पदार्थको दुरुपयोग बढ्दो छ ।विश्व स्वास्थ्य संगठन , को परिभाषाअनुसार लागू औषध भनेको कुनै पनि किसिमको रासायनिक पदार्थ हो । जुन स्वस्थ , शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक , कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ । नेपालको लागू औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागू औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सारतत्व, मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थ सम्झनुपर्छ ।’
नेपालमा लागू औषधको स्थितिलाई केलाउँदा पुरानो समयमा गाँजा, भाङ, धतुरो आदि चाडपर्वहरुमा साधारण मानिसहरुले र जोगी जस्ताहरुले चाडपर्वहरुमा मठ, मन्दिरमा सेवन गर्ने गर्दथे भने कतिपयले बिरामी भएको अवस्थामा औषधोपचारको रुपमा समेत सेवन गर्ने प्रचलन थियो । विकसित देशहरुमा विकासको लहरसँगै आएको विकृतिहरु विगत ३० वर्षको समयमा बढ्दो बेरोजगारिता, मनोविनोदका साधनहरुको उपलब्धी तथा प्रयोग, विशेषतः युवापिढीका बढ्दो आकांक्षाहरुबाट अशान्त मनस्थिति हुनु आदि कारणहरुले लागू औषधप्रतिको बढ्दो भुक्तान यिनै वर्षहरुमा विशेषतः पाश्चात्य देशहरुमा देखिएको र त्यसको प्रभाव हाम्रो देशमा समेत पर्न गएको देखिन्छ । लागू औषधिलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा लागू औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा अफिम, तयारी अफिम, ओषधोपयोगी अफिम, कोकाको झार र पात, तत्कालीन श्री ५ को सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको प्राकृतिक वा कृत्रिम लागू औषध वा मनोदिपक पदार्थ र तीनका लवणहरु तथा अन्य पदार्थहरु समेत सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । लागूऔषधको दुव्र्यसनीको कथा मानिसको दुःखद अन्तको कथा हो भने लागू औषधको व्यापारको कथा मानिसको क्रुरता तथा अन्धो स्वार्थीपनको उत्कृष्ट उदाहरण हो । यौन विकृति तथा बेश्यावृत्ति, परिवार भित्र अशान्ति, झै–झगडा, चोरी, लुटपाट जस्ता सबै अपराधमा लागूऔषधको दुव्र्यसन र दुरुपयोग सदैव अप्रत्यक्षरुपमा सघाउ पु¥याइरहेको हुन्छ । लागूऔषधको कारोवार गर्ने अपराधीहरुलाई समन गर्न विभिन्न देशहरुले यो समस्यालाई विभिन्न नीति निर्धारण गरी कारागार रुपमा प्रयोग गर्न थालेका छन् । र ती देशहरुमा जस्तै लागू औषधबाट उपार्जित सम्पत्ति जफत गर्ने कानूनी प्रकृया अपनाउन नेपालमा पनि प्रयास हुदै आएकोमा प्रभावकारी कानूनी प्रावधानको अभावमा यो उद्देश्य पूरा हुन सकेको छैन । यस्तो कानूनी व्यावधानको निवारणको लागि हाल संसद्बाट पारित भएको नयाँ लागू औषध सम्बन्धी ऐन, २०३३ को संशोधित रुपले यसको प्रयोग र सफलताको लागि बढी आशावादी बनाएको छ । साथै यस ऐनको बलियो आधार भएमा प्रायः लागूऔषध नियन्त्रण कार्य गर्ने निकायहरुले ती अपराधीहरुलाई त्यही प्रहार गर्न सक्दछन् जहाँ उनीहरुलाई बढी मर्म पर्न जान्छ र त्यो हो लागूऔषधको कारोबारबाट उपार्जित सम्पत्तिको सरकारी करण । तर एउटा अति महत्वपूर्ण कुरा के छ भने लागूऔषध नियन्त्रण गर्ने कार्यमा रोकथाम पक्षलाई कम महत्व दिएर कानूनी कार्यान्वयन पक्षलाई मात्र प्राथमिकता दिँदा सम्पूर्ण योजना नै लंगडो जस्तो हुन जान्छ । हामीले समाजको, लागूऔषध समस्याप्रतिको सम्पूर्ण धारणालाई नै परिवर्तन गर्नुपर्दछ । त्यसको लागि कानूनी कार्यान्वयन भन्दा पनि जनचेतना तथा अन्य शैक्षिक नीतिले अझ बढी महत्वपूर्ण र प्रभावकारी भूमिका खेल्न सक्दछ ।
लागू पदार्थलाई २ समूहमा विभाजन गर्न सकिन्छ । अवैध घोषित भएका र रोक तथा कानूनी रोक नलागेका पदार्थहरु । चुरोट, विडी खैनी, रक्सी, जस्ता नरम लागूपदार्थहरुलाई कानूनले यसको सेवन बन्द गरेको छैन । तर यी पदार्थ पनि धेरै समय प्रयोग गरे दम, क्यान्स, ब्रोङ्काईटीस जस्ता रोग उत्पन्न हुँने हुँदा अर्को उस्तै हानीकारक हुन आउँछ ।मानव जीवनका निम्ति स्वस्थ, सफल र दीर्घायु हुन ड्रग आवश्यक छ तर जब एउटा उद्देश्यका लागि निर्माण गरिएको औषधी अर्को उद्देश्यले चिकित्सकको निरीक्षण र सल्लाह बीना नै आफूखुसी प्रयोग गरिन्छ । त्यसलाई औषधीको दुरुपयोग वा दुव्र्यसन भनिन्छ । यस प्रकारको सेवनले पीडा, थकान र दुखाईलाई कम गरी निन्द्रा लगाउनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक संरचना र क्रियात्मक पक्ष नै परिवर्तन गरिदिन्छ । यसैलाई लागू औषधी भनिन्छ । यदि सो ड्रगलाई सही बिरामी, सही मात्रामा, सही रेकर्डका साथ प्रयोग गरियो भने त्यसले सकारात्मक प्रभाव पार्छ । त्यो अमृत बन्छ । यसको विपरित गरियो भने नकारत्मक प्रभाव पर्छ । त्यो विष बन्छ । यस प्रकारको गलत नियमित सेवनले ऊ त्यसप्रति आशक्ति बन्दै जान्छ र त्यो बानीको रुपमा निर्माण हुन्छ, जसलाई हटाउन वा घटाउन कठिन हुन्छ । यसको सेवन बिना केही गर्न नसक्ने अवस्था सिर्जना भएर जान्छ, जसलाई ड्रग डिपेन्डेन्सी भनिन्छ । (स्रोतःनारायण प्रसाद अधिकारी, मानिस किन लागू औषधी दुव्र्यसनमा फस्छ ?, नेचा सन्देश (राष्ट्रिय मासिक), वर्ष १, अंक ९, वैशाख–जेठ, २०६८, पेज नं. ५) । आज लागू पदार्थ दुव्र्यसन मूलतः गाउँघर भन्दा शहरी क्षेत्रमा युवा जवानमा ज्यादै भयानक र नकारात्मक प्रवृत्तिका रुपमा विकास भएको पाइन्छ । यसले सामाजिक संरचना, मूल्य, मान्यता र सद्भावमा नै खलल पु¥याएको पाइन्छ । यो सामाजिक क्यान्सर पनि हो । यो नैतिक, सामाजिक, कानुनी र मनोवैज्ञानिक रुपमा समेत गलत कार्य हो । लागू औषध दुव्र्यसनले सामाजिक अपराधलाई बढाउँछ । प्रसिद्ध शिक्षा शास्त्री तथा समाजशास्त्री ईमाईल डुुर्किमले अपराधलाई मानवीय व्यवहार, समाजको स्वभाविक र अभिन्न अङ्गको रुपमा लिएका छन् । समाजको सिर्जनासँग अपराधको पनि जन्म हुन्छ । अपराध गतिशील हुन्छ । अपराधलाई निश्चित गर्ने आधार भनेको समाज सापेक्ष नियम हो भनेका छन् । अपराध विभिन्न प्रकारका हुन्छन्, लागू पदार्थ सेवन, चोरी, हत्या, ठगी, मारपिट, राष्ट्रद्रोही, आतंक, धोका, घुसखोरी, लुटपाट गर्ने, पाकेट खल्ती मार्ने आदि ।
लागु औषध अपराध एक मानवसृजित विश्वव्यापी समस्या हो । यसले राष्ट्रको आर्थिक, सामाजिक, उत्पादनशील जनशक्तिलगायत सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ । लागु औषध दुव्र्यसन केवल आपराधिक गतिविधिसँग मात्र सम्बन्धित नभएर यो एउटा जटिल सामाजिक समस्याको रुपमा पनि देखा परिरहेको छ । विगतमा गाँजा, चरेस र हेरोइनको सेवनमा सीमित रहेका लागु औषध प्रयोगकर्ताहरुले सन्. १९९० को दशकको शुरुवातसँगै सुईको मा्रध्यमबाट समेत लागु औषध प्रोग गर्न थालेका छन् । त्यसमा पनि १३ देखि १९ उमेरबीचका युवक युवतीहरु लागु औषध दुव्र्यसनमा बढी आकर्षित हुने गरेको विभिन्न अध्ययनहरुबाट थाहा हुन आएको छ । खासगरी भारतसँगको खुला सिमानाको कारणले गर्दा लागु औषधका अन्तर्राष्ट्रिय माफियाले नेपाललाई अवैध कारोबारको परिवहन विन्दुको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी तराईका जिल्लाहरुमा अवैध गाँजा तथा अफिम खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ भने लागु औषध तथा मनोद्दीपक पदार्थहरुको अवैध बेचबिखन तथा ओसार–पसारका कारण हाम्रा सामु बग्रेल्टी चुनौतीहरु देखिएका छन् । त्यसमा पनि अफिमको उत्पादन तथा ओसारपसारको मुख्य केन्द्रं मानिएको गोल्डेन ट्रांगल र गोल्डेन क्रेसेन्ट नजीक रहेको नेपालको भौगोलिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहले अवैध कारोबारको पारवाहन व्रिन्दुका रुपमा नेपालको भूमिलाई प्रयोग गर्ने गरेको र भविष्यमा पनि गर्न सक्ने सम्भावना रहेको देखिन्छ । एक सर्वेक्षणका अनुसार नेपालमा कडा खाले लागु औषध प्रयोगकर्ता को संख्या ४६ हजार भन्दा बढी देखिएको छ । यी मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यका र त्यसपछि पोखरा तथा झापामा छन् । यसको साथै विराटनगर, वीरगञ्ज, धरान, बुटवल, नेपालगञ्ज जस्ता शहरी क्षेत्र लगायत अन्य विभिन्न शहरी तथा शहर उन्मुख क्षेत्रहरुमा समेत यस्ता लागु औषध प्रयोगकर्ताको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । लागु औषधको प्रयोग विशेषगरी किशोर किशोरीहरुमा बढी देखिएको छ । प्राप्त तथ्याङ्ग अनुसार लागु औषध प्रयोगकर्ता मध्ये करिब तीन चौथाई संख्या बीस वर्ष भन्दा कम उमेर समूहको छ । यसैगरी करिब एकसठ्ठी प्रतिशतले सुइको माध्यमबाट लागु औषधको प्रयोग गर्ने गरेको देखिन्छ भने यी मध्ये उनन्तीस प्रतिशतले एक आपसमा सुई साटासाटको माध्यमबाट यस्ता औषधि प्रयोग गरेको देखिन्छ । यसरी असुरक्षित सुईको प्रयोगबाट एच्.आई.भी., हेपाटाईटिस बी÷सी तथा अन्य रगतजन्य रोगहरु सर्न सक्ने खतरा अध्ययनले देखाएको छ । यसका अतिरिक्त लागु औषधको प्रयोगकर्ताबाट हुने असुरक्षित यौन सम्पर्कले पनि माथि उल्लेखित रोगहरु बढाउन थप मद्दत पुग्ने अनुसन्धानले देखाएको छ ।
लागु औषध दुव्र्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्तिको लागि लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागु भैसकेको छ । लागु पदार्थको अवैध ओसार–पसार, कारोवार एवं आपूर्तिमा कडाईका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रमहरु सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ । यसैगरी लागुपदार्थको अवैध खेती एवं ओसार पसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु, आवश्यक देखिन्छ । अतः लागु औषधको प्रयोगबाट जोखिममा परेका समूहहरुको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी लागू पदार्थको माग घटाउ अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ । नेपालमा लागूऔषध दुरुपयोग नियन्त्रणका लागि खासगरी गृह मन्त्रालय कृयाशील रहेको छ । यस क्रममा मन्त्रालय मार्फत् लागुऔषध दुरुपयोगको माग घटाऊ कार्यक्रम, आपूर्ति नियन्त्रण अभियान र क्षति न्यूनीकरणका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन भइरहेका छन् । लागु औषधलाई विभिन्न किसिमबाट वर्गीकरण गर्ने गरिन्छ । लागु औषधको प्राप्तिको स्रोतको हिसाबबाट प्राकृतिक र कृत्रिम गरी दुई किसिमबाट वर्गीकरण गरिन्छ भने कानूनी रुपमा कानूनी, गैर कानूनी र नियन्त्रित गरी तीन प्रकारमा बाँड्ने गरिन्छ । त्यसैगरी लागू औषधको असरको हिसाबबाट हेर्दा यसलाई निम्नानुसार वर्गीकरण गर्ने गरिन्छ । –क) स्वापकजन्य वा पीडाहरु, (ख) अवसादक वा आलस्यजनक, (ग) उत्तेजक (घ) मतिभ्रामक । निद्रा लगाउने, चेतनाको अवस्थामा बदलाव ल्याउने, साथै पीडाहरु कम गराउन प्रयोग गरिने औषधीलाई स्वापकजन्य वा पीडाहरु भनिन्छ । केन्द्रीय स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने औषधीलाई उत्तेजक भनिन्छ । यस वर्गमा पर्ने औषधीहरुले उत्तेजना बढाउने, भोग हटाउने र थकाई मेटाउने जस्ता प्रभाव पार्दछन् ।
लागू औषधिको कारोबार तथा सेवन हाल सबै देशको समस्याको रुपमा रहेको छ । विश्वका प्राय सबै देशमा यसको कारोबार तथा सेवनमा नियन्त्रण गर्ने प्रचार गरिँदै आएको छ । तर झन समस्या विकराल बन्दै गएको छ । नेपालमा लागूपदार्थको सेवन ठूलो समस्याको रुपमा आएको छ । खासगरी युवा वर्ग तथा त्यसमा पनि शहरी क्षेत्रमा यो समस्या जटील बनेको देखिन्छ । मानिसहरु लागूपदार्थको सेवनमा कसरी फस्दछन् तथा किन दुव्र्यसनीको संख्या विगतको तुलनामा बढेर गएको छ भन्ने सवालमा विभिन्न अध्ययनहरु भएका छन् । नेपालमा लागूपदार्थका दुव्र्यसनीहरु मथि गरिएको अध्ययन अनुसार यस्तो आदतमा पर्नुका कारणहरु निम्नानुसार देखिएका छन् ः–बेरोजगारी पारिवारिक बिछोड तथा आवश्यक माया ममताको अभावमा हीनताबोध भई कतिपय युवा युवतीहरु इस्तो कुलतमा परेको पाइएको छ । किशोर अवस्था स्वभावैले कौतुहलपूर्ण हुन्छ । कुनै पनि कुराको अनुभव लिने जिज्ञासा उनीहरुमा हुन्छ । यस क्रममा कहिलेकाहीँ आफै उत्सुक भई नसालु पदार्थको सेवनतर्फ अग्रसर हुन्छन् । लागूपदार्थको सेवन तथा कारोबार नियन्त्रणको लागि सरकारले दबाबका कारणले नियन्त्रणका उपायहरु प्रभावकारि हुन सकेका छैनन र अरु संरक्षण पाइरहेका छन् । मानिसलाई विभिन्न किसिमका आर्थिक, पारिवारिक सामाजिक संकटहरु आईपर्दछन् । यस्ता संकटले तनावको अवस्था निम्त्याउँछन् । उनीहरु त्नावबाट मुक्त हुन नसालु पदार्थको सेवनतर्फ हुँदै क्रमशः कुलततर्फ जान्छन् । कतिपय युवा युवतीहरु ब्ढी महत्वाकांक्षी हुन्छन् । उनीहरु लक्ष्यमा पुग्न नसक्ने अवस्थामा तनावयुक्त हुन्छन् । यस्तो तनावबाट मुक्त हुन लागूपदार्थको सेवन आवश्यक हुन्छ भन्ने गलत सोचाई भएको पाइन्छ ।ठूलो मानिसको सिको गर्न खोज्दा ः  उत्सुकताको कारणले  अज्ञानतावशको कारणले  अधिकार खोज्न – अधिकारको लागि शरीरलाई सुरो तुल्याउनु, समाजको पुरातन धारणा नमान्न लागूपदार्थ लिएर सुरक्षित रहने महशुस गरी बिद्रोह गर्नु आदि ।  शहरीकरण र बेरोजगारी  साथीहरुको अनुरोध हार्न नसकेर ।  छोराछोरीलाई दिएको पैसाको कसरी उपयोग भएको छ भनेर खोजी नीति नगर्नु,  छोराछोरीलाई झूठा आश्वासन दिनु,  छोराछोरीलाई नराम्रो क्रियाकलाप र व्यवहार गर्नबाट नरोक्नु,  छोराछोरीको आवश्यकता, उमेरको परिवेश र बाहिरी वातावरणको तारतम्य मिलाउन नसक्नु ।
पाश्चात्य देशहरुमा लागू औषधको बढ्दो प्रयोग भएबाट त्यसको प्रभाव पर्नु, बढ्दो पर्यटकहरुको आवागमन र तिनीहरुबाट लागू औषधको प्रयोग गर्नु, पुरातन समयदेखि नै लागू औषध प्रयोगको परम्परा रहनु । लुकाई छिपाई लागू औषधको खेती हुनु, लागू औषध नियन्त्रणमा संलग्न संघसंस्थाको समन्वय नरहेको र प्रभावकारी रुपमा समेत कार्य गरेको नदेखिएको, लागू औषध नियन्त्रण ऐनले दोहोरो जवाफदेही काम गरेको हुँदा झन् काम हुन नसक्नु । लागू औषध सेवन तथा बिक्री वितरणको वास्तविक स्थितिको अध्ययन गरी त्यसलाई प्रभावकारी तरिकाबाट नियन्त्रण गर्ने ठोस मार्ग निर्देशन निक्र्योल नहुनु । साथीहरुको बचनलाई नकार्न नसक्नु र लागु औषध सेवन गर्ने साथीहरुको संगत हुनु, कसैले लागू औषध प्रयोग गरेको देखिएमा जानकारी बिना नै त्यसको नक्कल गर्नु । घर परिवार र साथीभाइबाट सकारात्मक र रचनात्मक सहयोग र सुझावको अभाव हुनु र मदिरा तथा धुम्रपानको खुला र वैधानिक कारोबार हुनुको साथसाथै लागू औषधीको प्राप्ति सहज हुनु पनि लागू औषधी प्रयोग गर्नुका केही कारणहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...

कृत्रिम गर्भाधान : गाईभैंसीको वंशाणुगत गुण सुधारको एक उपयोगी प्रविधि

दुग्ध व्यवसाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै