logo

मानिसले नचाहँदानचाहँदै उसलाई कसले गलत मार्गमा लगाउँछ ?

शिरीषवल्लभ प्रधान

महाभारत काव्यमा आधारित श्रीमद्भागवत् र भागवत् गीता पूर्वीय दर्शनका महत्वपूर्ण ग्रन्थ मानिन्छन् । अझ गीतालाई त चारै वेद एवं महत्वपूर्ण ११ उपनिषद्हरुको सारसंक्षेप भन्ने गरिएको छ । भगवान् श्रीकृष्ण र अर्जुनको संवाद भएको १८ अध्यायको ग्रन्थ गीतालाई भक्तिमार्ग, ज्ञानयोग र कर्मयोगको त्रिवेणी पनि भन्ने गरिन्छ । गीतामा भगवान् श्रीकृष्ण युद्धभूमिमा आशक्ति र मोहमा परी किंकर्तव्यविमूढ भई हतियार फ्याँक्ने मनस्थितिमा पुगेका अर्जुनलाई आफ्नो कर्तव्यमात्र बोध गराउँंदैनन्, किन्तु उनलाई वेद, उपनिषद्मा उल्लिखित ज्ञानामृत पनि पिलाउँछन् ।

महाभारतको सबैभन्दा महत्वपूर्ण पात्र मानिने श्रीकृष्णलाई कतिपय मानिसले सो संहारकारी महायुद्धका निम्ति जिम्मेवार पनि ठह¥याउने गरेका छन् । आखिर स्वयं भगवान् भएपछि उनले चाहेका भए महाभारत युद्ध टार्न पनि त सक्थे, उनलाई दोष लगाउनेहरु भन्ने गर्छन् । तर भगवान् पनि मानिसको रुपमा जन्म लिएपछि प्रकृतिका नियमहरु उनले मान्नुपर्दो रहेछ । गलत प्रवृत्तिलाई रोक्न र धर्मको स्थापनार्थ युद्ध नै गर्न पनि पछि पर्न हुँदोरहेनछ भन्ने सन्देश त्यसले दिन्छ । त्यसैले त महाभारतको सो युद्धलाई धर्मयुद्ध भनिएको हो । हामीमध्ये धेरैमा आफूले गरेका गल्ती अरु कसैलाई पन्छाएर आफू पानीमाथिको ओभानो र निर्दोष बन्ने प्रवृत्ति यदाकदा देखिने गरेको छ । महाभारतका एक पात्र दुर्योधनले पनि महाभारत युद्धमा सबै दोष कृष्णलाई पन्छाएर आफू अन्जान र निर्दोष बन्ने प्रयास नगरेका हैनन् । आफूमा निहित कुविचार र गलत संस्कारलाई ढाकछोप गर्न एकातिर उनले सबै दोष कृष्णमाथि थोपरेका छन् भने अर्कोतिर धर्म र अधर्म आदि बारे आफूलाई ज्ञान हुँदाहुँदै त्यसअनुरुपको व्यवहार गर्न इच्छुक नरहेको कुरा उनी विना हिच्किचाहट बताउँछन् ।
महाभारतअन्तर्गतको पाण्डव गीतामा दुर्योधन भन्दछन्,
जानामी धर्मं नचमे प्रवृत्ति—
र्जानाम्येधर्मं नचमे निवृत्ति । (पाण्डव गीता श्लोक ५८)
अर्थात् , धर्म के हो भन्ने कुरा मलाई थाहा छ, तर त्यसअनुरुप व्यवहार गर्ने प्रवृत्ति मेरो छैन । त्यस्तै अधर्म के हो त्यो पनि म जान्दछु, तर त्यसलाई निषेध गर्ने कार्य मबाट हुनसक्दैन । यसरी दुर्योधन, धर्म वा अधर्मबारे आफूलाई राम्रो ज्ञान भएको हुनाले त्यसबारे कुनै उपदेश सुन्न तयार नरहेको तर धर्मअनुरुप आचरण गर्न र अधर्मलाई रोक्न आफू अनिच्छुक रहेको बताई सल्लाह र मार्गनिर्देशनका सबै ढोकाहरु बन्द गरिदिन्छन् । सोही श्लोकमा अगाडि भनिएको छ,
केनापि देवेन हृदिस्थितेन,
यथा नियुक्तोक तथा करोमी ।
अर्थात्, भित्री हृदयमा बस्ने कुनै देवले जस्तो प्रेरणा दिन्छ म त्यसैअनुरुप कार्य गर्दछु ।
पाण्डव गीताकै अर्को श्लोकमा भनिएको छ,
यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन
अहं यन्त्र भवान् यन्त्री मम दोषो नदीयताम् । (पाण्डव गीता श्लोक ५९)
अर्थात्, हे मधुसूदन, म यन्त्र समान हुँ तर तिमी त यन्त्री अर्थात् यन्त्रका प्रेरक हौ, त्यसैले मैले जेस्तो गरें त्यसमा मलाई दोष नदेऊ, किनकि प्रेरककै अधीनमा यन्त्रले कार्य गर्दछ ।
तर उता अर्जुनको दृष्टिकोण भने भिन्नै प्रकारको छ । उनी आफ्नो कमजोरीलाई स्वीकार्दै त्यसमा सुधार गर्न श्रीकृष्णसँग सल्लाह र उपदेशको याचना गर्दछन् ।
भागवद् गीतामा श्रीकृष्णसँगको संवादमा उनी भन्छन्, 
अथ केन प्रयुक्तो क यं पापं चरति पूरुषः
अनिच्छन्नपि वाष्र्णेय बलादिवनियोजितः
अर्थात्, हे कृष्ण, मानिसले नचाहँदानचाहँदै पनि कुन शक्तिले बलपूर्वक उसलाई पापको आचरणमा लगाउँछ ?
यहाँनिर केनोपनिषद्को एउटा श्लोकको उल्लेख गर्नु मनासिव हुने छ, जसमा भनिएको छ,
केनेषितं पतति प्रेषितं मनः केन प्राणः प्रथमः पै्रति युक्तः ।
केनेषितां वाचमिमां वदन्ति चक्षुः श्रोत्रं क उ देवो युनक्ति ।। (केनोपनिषद १.१)
अर्थात्, यो मन कसको इच्छाद्वारा प्रेरित भएर आफ्नो विषयतर्फ आकर्षित हुन्छ ? कसको प्रेरणाले मुख्य प्राण चल्छ र प्राणी कसको इच्छाव्दारा प्रेरित भई वाणी बोल्दछ । कुन देवता वा शक्तिले चक्षु (आँखा) र श्रोत्र (कान) लाई विषयहरुमा लाग्न प्रेरित गर्छ ? वास्तवमा यी यस्ता प्रश्नहरु हुन्, जसको उत्तर दिन आजभोलिका आधुनिक मनोवैज्ञानिकहरु पनि समर्थ छैनन् । यी प्रश्नहरुको उत्तरमा नै मानव समाजका आधारभूत समस्याहरु जस्तै हिंसा, क्रोध, घृणा, कामवासनाकोे समाधान निहित छ ।
घमण्ड, अहंकार र कामना (इच्छा) ले ग्रसित भई अन्धोजस्तै भएका दुर्योधन कसैको सल्लाह वा उपदेश मान्न जरुरी ठान्दैनन् । उसले सरसल्लाह वा मार्गनिर्देशनको ढोका सदाको निम्ति बन्द गरिदिएको हुन्छ । ऊ अरुमाथि सम्पूर्ण दोष थोपरेर आफ्ना गलत क्रियाकलापहरुलाई न्यायसंगत ठह¥याउन पुग्छ । दुर्योधनको अहंकार र पद, प्रतिष्ठाप्रतिको मोह तथा आशक्तिले नै महाभारत युद्ध निम्त्याएको कुरा बुझ्न गाह्रो छैन । कृष्ण त निमित्त मात्र हुन् सो युद्धका निम्ति ।
अर्जुनको जिज्ञासाको समाधान गीतामा कृष्ण यसरी गर्दछन् ः
हे अर्जुन, आशक्ति नाश नभएका कारणले यी चञ्चल स्वभाव भएका इन्द्रियहरु बुद्धिमान मनुष्यको मनलाई बलपूर्वक हरण गरेर गलत कार्यतर्फ लाग्न अभिप्रेरित गर्छन् । (गीता २.६०)
त्यस्तै मानिसको मन कसरी गलत प्रवृत्तितर्फ उन्मुख हुन्छ भन्नेबारे थप व्याख्या गर्दै श्रीकृष्ण भन्छन् ः विषयहरुकोे चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुप्रति आशक्ति पैदा हुन्छ, आशक्तिद्वारा कामना उत्पन्न हुन्छ र कामनामा अवरोध आएपछि क्रोध उत्पन्न हुन्छ। (गीता २.६२)
सबै सांसारिक दुःखको कारण अज्ञान नै हो भन्ने वेद तथा उपनिषद्को निष्कर्ष छ । अज्ञानकै कारण सत्यस्वरुप भएको परमात्मा देखिन्न तर असत् स्वरुपको संसारमात्र देखिन्छ, किनभने अज्ञानले ग्रसित मानिसको निम्ति परमात्मामा संसार भासित हुन्छ, जसरी अँध्यारोमा डोरीलाई सर्प भन्ने ठानी मानिस तर्सेर भाग्छ, अद्वैत वेदान्तका प्रणेता आदि शंकराचार्य भन्छन् ।
यही कुरा गीतामा अर्जुनलाई श्रीकृष्ण यसरी सम्झाउँछन्, जसरी धूँवाले अग्नि र मैलोले दर्पणलाई ढाकेको हुन्छ, त्यसैगरी काम (इच्छा)द्वारा ज्ञान ढाकिएको हुन्छ । (गीता ३.३८)
कृष्ण त्यसलाई अरु स्पष्ट पार्दै भन्छन्, यसरी अग्निमा घ्यू थप्दा अग्नि अझ प्रज्ज्वलित भएजस्तै जति भोग गरे पनि कहिल्यै तृप्त नहुने कामरुप ज्ञानीहरुको वैरि समान हो, जसले मानिसको ज्ञान ढाकेको हुन्छ । (गीता ३.३९)
कामना, इन्द्रियहरु तथा मानव मनको अन्तरसम्बन्धलाई व्याख्या गर्दै श्रीकृष्ण भन्छन् ः इन्द्रिय, मन र बुद्धि कामको बासस्थान हो र कामले यी तीन वस्तुद्वारा ज्ञानलाई ढाकेर बसेको हुन्छ । तसर्थ हे अर्जुन, पहिले तिमी इन्द्रियहरुलाई वशमा पारेर ज्ञान र विज्ञानलाई नाश गर्ने कामलाई नष्ट गर अर्थात् त्यसलाई त्याग । किनभने त्यही कामना नै मानव कल्याणको मार्गमा बाधा बनेर रहेको हुन्छ । (गीता ३.४०—३.४१ )
तर के मानिसले चाहँदैमा काम, क्रोध, लोभ, मोह आदिलाई वशमा राख्न सकिन्छ, अथवा के आजको युगमा इन्द्रियहरुलाई नियन्त्रण गरी तिनीहरुलाई विषयबाट अलग राख्न सक्तछ र ? यसरी हामीले मन वा इन्द्रियहरुमाथि नियन्त्रण राख्ने वा तिनलाई वशमा राख्ने परम्परागत धारणाभन्दा भिन्नै दृष्टिकोण अपनाउनु उपयुक्त देखिन्छ । नकारात्मक विषयहरुबाट छुट्कारा पाउन त्यसलाई नियन्त्रणको सट्टा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि ? यहाँनिर प्रसिद्ध दार्शनिक जे. कृष्णमूर्तीका भनाइ स्मरणयोग्य छन् । उनका अनुसार मानिस काम, क्रोध वा घृणालाई नियन्त्रण गर्न कहिल्यै सफल हुँदैन । किनभने त्यसो गर्दा नियन्त्रण गर्ने र गरिने वस्तु एउटै हुन्छ । त्यस्तै क्रोधलाई विश्लेषण गरेर त्यसबाट छुट्कारा पाउन सकिन्न । किनभने यहाँ विश्लेषक र विश्लेषण गरिने वस्तु एउटै हुन् । दि कन्ट्रोलर इज द कन्ट्रोल्ड । द एनालाइजर इज द एनालाइज्ड, उनी भन्छन् । त्यसो हुनाले क्रोधलाई नियन्त्रण गर्ने प्रयास गरी ऊर्जा खेर फाल्नुभन्दा तत्क्षण सचेत हुने हो । अर्थात् होशपूर्वक क्रोध व्यक्त गर्ने, कामना पूरा गर्दा होश कायम राख्ने उनको सुझाव मननीय छ । काम वा क्रोध उत्पन्न हुँदा सचेतनाका साथ त्यसलाई हेर्नसके रुपान्तरण हुने उनको भनाइ छ । तसर्थ काम वा क्रोधलाई नियन्त्रण हैन रुपान्तरण गर्न उनी जोड दिन्छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य

वरिष्ठ नेता रामचन्द्रजी, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरु, सबै जिल्लाका सभापतिजीहरु, संघीय संसद् र...

विकासमा उद्यमशीलताको आवश्यकता किन ?

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संशाधनहरु र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै